प्याब्सन दाङकाे स्थापना दिवस सम्पन्न

२०७५ पुष २४, मंगलवार २१:५९ मा प्रकाशित

पाैष २४ दाङ ।
निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन, नेपाल दाङकाे २९औं प्याब्सन अाज एक कार्यक्रमका बीच सम्पन्न भएकाे छ । प्याब्सन दाङका अध्यक्ष रेशम बुढाको अध्यक्ष तथा केन्द्रीय सदस्य जीवन कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरूले निजी विद्यालयले राज्यकाे शिक्षामा पुर्‍याएकाे याेगदानकाे चर्चा गर्दै अागामी दिनमा पनि देशकाे शैक्षिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा प्याब्सन का केन्द्रिय पूर्व सल्लाहकार नारायण अधिकारी, प्याब्सन दाङका वरिष्ठ सल्लाहकार तथा पुर्व अध्यक्ष शरद कुमार शर्मा , वरिष्ठ सल्लाहकार तथा प्याब्सन दाङका पुर्व अध्यक्ष केशव थापा, प्याब्सन प्रदेश नं ५ का बरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, प्याब्सन दाङका सदस्य टिम अधिकारी, एपेक्स कम्प्युटर प्रा.लि.का प्रोप्राईटर धर्म वहादुर के.सी लगायतले मन्तव्य दिएका थिए ।

प्याब्सन दाङको आयोजनमा संचालन भएकाे मा.वि. तहको हाजिरीजवाफ कार्यक्रममा प्रथम स्थान हासिल गर्ने तुलसी मा.वि. का गरिमा भण्डारी , यादव पोख्रेल, रुषान लम्साल , लाई नगद रु. ५,००० र प्रमाणपत्र, दोश्रो स्थान हासील गर्ने अमर मा.बि. कालाखोलाका मन्जील रिजाल, विविसा के.सी. अनुप बुढाथोकीले प्रमाणपत्र तथा नगद रु. ३,००० ।– र तेश्रो स्थान हासिल गर्ने मेचीकाली आ.मा.वि.का अश्मीता चौधरी, हेमन्त पौडेल, दामोदर ओलीलाई प्रमाण पत्र तथा नगद रु २०००।– प्रदान गरिएकाे थियाे ।

त्यसैगरी क्षेत्रगत रुपमा संचालन गरिएको आधारभुत तह ( १– ५) को चित्रकला प्रतियोगिता मा तुलसीपुर क्षेत्रका लिटिल फलावर का आर.पि. घिमिरे ले प्रथम स्थान , गोरखाका शिशिर सुनार ले दोश्रो स्थान तथा सप्तरंगी बो.स्कुलका का गोविन्द ओलीले तेश्रो स्थान प्राप्त गरेका थिए । घोराही क्षेत्रका प्रथम स्थान हासील गर्ने गोर्खा ईन्टरनेश्नलका गणेश जि.एम., दोश्रो स्थान हासिल गर्ने ज्ञानज्योती बो.स्कुलका नविन बुढा र तेश्रो स्थान हासिल गर्ने ज्ञानज्योती बो.स्कुलका आकाश बुढा लाई नगद तथा पुरस्कारले सम्मान गिरएको थियो । लमही क्षेत्रका प्रथम स्थान हासिल गर्ने प्रतिष्ठा एकाडेमी कालाकाटेका आभाष योगी, दोश्रो स्थान हासिल गर्ने राप्ती ग्यालेक्सी बुद्धीप्रकाश के.सी. र तेश्रो स्थान हासिल गर्ने राप्ती ग्यालेक्सी का मनिशा चौधरीलाई समेत नगद तथा प्रमाण पत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी प्याब्सन दाङको आयोजना, गोरक्ष राष्ट्रिय दैनीको को मियिापार्टनर तथा एपेक्स कम्प्युटर प्रा.लि.को प्रायोजनमा संचालन गरिएको मेधावी छात्रा प्रतियोगितामा हिमाल एकाडेमीकी आरजु शर्मा तृतीय स्थान, जनज्योती विद्यामन्दिरकी निर्विना सरवानी श्रेष्ठ दोश्रो स्थान, गोरखा मा.वि.की कुसुम शर्मा प्रथम स्थान हासील गरेका छन् । उक्त छात्राहरुलाई नगद, शिल्ड तथा प्रमाणपत्रले सम्मान गरिएको थियो भने माउन्ट भ्यु बो.स्कुलकी भावना पोख्रेल र निलम अधिकारी, लिटिल हेभनकी पुर्णीमा बुढाथोकी, तुलसी बो.स्कुलकी गरिमा भण्डारी , प्रसीका शर्मा तथा सदीक्षा पण्डीत , फोर्टीनाईन बो.स्कुलकी धारण गौतम, गोरखा सेकेन्डरी स्कुलकी कुशुम शर्माले सान्तवना को प्रमाण पत्र ले सम्मान गरिएको थियो ।

प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष मधु सुदन के.सी.को स्वागत मन्तब्य बाट सुरु गरिएको कार्यक्रममा प्याब्सन दाङका उपाध्यक्ष बिजय जि.एम.ले धन्यवाद ज्ञापन गरेका थिए ।कार्यक्रमकाे सहजीकरण सचिव खगेश्वर पौडेलले गरेका थिए ।