प्रादेशिक माघ महोत्सवको तयारी तीव्र, महटावाँ महासंघसंग छलफल

२०७५ पुष २३, सोमबार २०:०८ मा प्रकाशित

घोराही २३ पुस । प्रादेशिक माघ महोत्सव २०७५ को तयारी तीव्र पारिएको छ । यही पुस २६ र २७ गते दुई चल्ने महोत्सवको व्यापक तयारी गरिएको हो । व्यापक तयारी अन्र्तगत गाउँगाउँमा प्रचार प्रसार संगै आज सोमवार महटावा महासंघ र थारु कल्याणकारिणी सभा दाङवीच व्यापक छलफल भएको छ ।

घोराही उपमहानगरपालिका भरिका उपस्थित महटावा बीच छलफल भएको हो । छलफलका क्रममा महटावाहरुले प्रादेशिक माघ महोत्सव भव्य रुपमा सफल बनाउन गाउँगाउवाट थारु नाच सहभागि गराउने प्रतिवद्धता जनाएका थिए । महोत्सवलाई व्यापक र भव्य बनाउन महटावाहरुले ग्रमिण स्थानवाट सहयोग पुर्याउने बताएका थिए ।

SPONSORED

यसैगरी सभाले पनि महटावाहरुको आयोजनामा माघ ३ गते हुन लागेको घोराही उपमहानगरपालिका ८ स्थित नरैना ताल मेलामा सहयोग पुर्याउने छलफल भएको छ । छलफलमा थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, थारु वुद्धिजिवि परिषद्का केवि चौधरी, सभाका सचिव प्रकाश चौधरी, दिप नाराण चौधरी लगायतको सहभागिता थियो भने महटावा महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी, अन्य महटावाहरु जगविर चौधरी, चिडिया चौधरी, हरिप्रसाद चौधरी, बल्ल चौधरी, मंगल चौधरी लगायतका महटावाहरुको उपस्थिति थियो ।