लमहीमा नेवा मिसा दबुको अध्यक्षमा सहाना श्रेष्ठ

२०७५ पुष २१, शनिबार २०:३२ मा प्रकाशित

देउखुरी पुष २१ । देउखुरीको लमहीमा नेवा मिसा दबु गठन भएको छ । सहाना श्रेष्ठको अध्यक्षता एबम लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासेको प्रमुख आतिथ्यमा उक्त समिति गठन भएको हो । आज सम्पन्न भएको भेलाले सहाना श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नेवा मिसा दबु समिति गठन भएको छ ।

जसको उपाध्यक्षमा पपीला श्रेष्ठ ,सचिवमा सीमा श्रेष्ठ,कोषाध्यक्षमा कमलेश श्रेष्ठ,सदस्यमा दुर्गा श्रेष्ठ,रमा श्रेष्ठ,सुष्मा श्रेष्ठ,सुजाता श्रेष्ठ,लिला श्रेष्ठ,सन्ध्या श्रेष्ठ,सविता श्रेष्ठ,शारदा श्रेष्ठ र बिमला श्रेष्ठ चयन हुनु भएको छ । नेवार समितिका जिल्ला अध्यक्ष नारायण प्रसाद श्रेष्ठ र नेवा मिसा दबु घोराहीका अध्यक्ष भवानीराजÞ भण्डारीको समेत भेलामा उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण नेवा समिति लमहीका अध्यक्ष दिल कुमार श्रेष्ठले गर्नु भएको थियो ।