सहकारीबाटै आर्थिक समृद्धि ः सभामुख

२०७५ मंसिर २०, बिहीबार २०:४२ मा प्रकाशित

देउखुरी । दाङको लमहीमा महिलाहरुले मात्र चलाएको निलकमल सामुदायिक उद्यमी महिला सहकारीको बार्षिक साधारण सभालाई सम्बोधन गदै संघीय संसदका सभामुख कृष्णवहादुर महराले सहकारी मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।

सभाका प्रमुख अतिथि सभामुख महराले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिन सहकारी महत्वपूर्ण माध्यम बन्ने भन्दै
स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरण गर्न सके सहकारीमा आबद्ध महिलाहरुको जिवीका उकास्न धेरै समय नलाग्ने बताउनु भयो ।
पूर्व अर्थमन्त्री समेत भएका सभामुख महराले आफु अर्थमन्त्री रहँदा सहकारी मार्फत आर्थिक शसत्तीकरणको योजना बनाएको उल्लेख गदै अहिले पनि सरकारले पनि तीन खम्बे अर्थ नीतिमा सहकारीलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

महिलाको क्षमता विकास गरि आर्थिक रुपमा शशत्त बनाउने योजनाका साथ स्थापना भएको निलकमल महिला सहकारीमा एक हजार ८६ जना महिलाहरु संलग्न रहेका छन् । आय आर्जनको लागि समुहका महिला सदस्यहरुमा लगानी गदैं आइरहेको सहकारीले अहिले बाख्रापालन,तरकारी खेती ,कुखुरापालन लगायतको क्षेत्रमा लगानी गरेको संस्थाकी उपाध्यक्ष सिता पोख्रेलले जानकारी दिनुभयो ।