व्याडमिन्टन खेलाडी छनौट तयारी शुरु

२०७५ मंसिर २०, बिहीबार २०:३९ मा प्रकाशित

घोराही, २० मंसीर
दाङमा आठौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको लागि खेलाडी छनौट तयारी थालिएको छ ।
प्रदेश नम्बर पाँच अन्तर्गत दाङमा जिल्ला स्तरिय व्याडमिन्टन खेलाडी छनौट हुने छनौट समितिले जनाएको छ ।

जिल्ला स्तरिय छनौट समितिले आज घोराहीमा खेलाडी छनौट उद्घाटन कार्यक्रम गरेको छ । छनौट समितिका अध्यक्ष तिलक रावतको अध्यक्षता तथा प्रदेश सांसद अर्जुुनकुुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं निवर्तमान सांसद राजुु खनालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

दिलीप श्रेष्ठको स्वागत मन्तव्यबाट शुुरु भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले स्वस्थ्य र अनुुशासनका खेल क्षेत्रको विकास अनिवार्य रहेको बताएका छन् । उद्घाटन कार्यक्रममा प्रदेश सांसद श्रेष्ठले प्रदेश सरकारले खेलको विकासका लागि पुुर्वाधार र खेलाडी उत्पादन गर्ने बताउनुुभयो । कार्यक्रमका निवर्तमान सांसद राजुुखनालले स्वस्थ समाज निर्माणमा खेल क्षेत्रको विकास अनिवार्य भएको बताउनुुभयो ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस दाङ तीन नम्बर क्षेत्रिय सदस्य भुुपबहादुर डाँगी, जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष कैलाश रोका मगर, दलित संघका अध्यक्ष बावुुराम विक, ३ नम्बर क्षेत्रीय सचिव बद्री खड्का घोराही नगर प्रहरी प्रतिनिधि रेशम खत्री लगायतले मन्तव्य राख्नुुभएको थियो । कार्यक्रमको संचालन बालकृष्ण शाह र व्याडमिन्टन संघका सचिव लालबहादुुर केसीले गर्नुुभएको थियो ।