तुल्सीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रशिक्षण शुरु

२०७५ मंसिर २०, बिहीबार १९:४३ मा प्रकाशित

शरद रेग्मी, दाङमा आजदेखि प्रदेश स्तरिय नेपाल तेक्वान्दो सङघको प्रशिक्षण सुरु भएको छ । बिहीबार नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५को आयोजनामा एक कार्यक्रमका बीच प्रशिक्षणको समुद्घाटन गरिएको हो ।
१२ जिल्लाका ५० बढि खेलाडीहरु सहभागी रहेको प्रशिक्षण कार्यक्रम प्रदेश सभाषद डिल्लीबहादुर चौधरिले उदघाटन गर्नुभएको थियो ।

नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ का अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दाङजिल्ला खेलकुद बिकास समितिकाअध्यक्ष डिल्ली डागि,प्रशिक्षक नवीन कुमार श्रेष्ठ ,लगायतले शुभकामना
ब्यक्त गर्नुभएको थियो ।

दाङमा आजदेखि पहिलोपटक तेक्वान्दोको निर्णायक प्रशिक्षण शुरु भएपछि खेलाडीहरु थप हौसिएका छन । प्रशिक्षण चारदिनसम्म सञ्चालन हुने प्रशिक्षक सुमन घलेले जानकारी दिनुभएको छ