पाण्डवेश्वरी यातायात प्रालिको टिकट काउण्टर घर्तिगाउँमा, टिकट काउण्टर उद्घाटन

२०७५ मंसिर १९, बुधबार २०:५७ मा प्रकाशित

 रोल्पा । पाण्डवेश्वरी यातायात प्रालिको टिकट काउण्टर घर्तिगाउँमा पनी उद्घाटन गरिएको छ । काउण्टर स्थापना भए संगै घर्तिगाउँ वाट विभिन्न स्थानका लागी गाडिहरु छुटाउने प्रालीले जनाएको छ । पाण्डवेश्वरी यातायात प्रालिका इन्चार्ज तिरस्पती वुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा प्रालिका अध्यक्ष शरोज शाह रहनु भएको थियो कार्यक्रमको विशिष्ट अतिथीमा नेपाली कांग्रेस रोल्पाका पुर्व पार्टि सभापति, समाजज सेवी तथा वुद्धिजिवी कृष्ण बहादुर घर्ति रहनु भएको थियो ।

कार्यक्रमको अन्य अतिथीहरुमा नेपाली काग्रेसका जिल्ला सदस्य टेक बहादुर विक, नेपाली काग्रेस क्षेत्र नं. २ का क्षेत्रिय अध्यक्ष गोपाल घर्तिमगर, नेकपाका प्रतिनिधी विजय कुमार घर्तिमगर, नेपाल मजदुर किसान पार्टिका प्रतिनिधी चित्र बहादुर डागी, जलजला यातायात व्यवसायि समिती घर्तिगाउँका इन्चार्ज पशुपति घर्तिमगर, इलाका प्रशासन कार्यालय घर्तिगाउँका प्रतिनिध गणबहादुर विक, इलाका प्रहरी कार्यालयका चुनबहादुर कार्कि, वजार व्यवस्थापन समितीका अध्यक्ष कमल घर्तिमगर, होटेल व्यवसायि समितीका अध्यक्ष हिरालला घर्तिमगर लगाएतको रहनु भएको थियो ।

प्रालिका सल्लाहकार नारायण रेग्मिले संचालन गर्नुभएको कार्यक्रमको अवसरमा स्वागत मन्तव्य सल्लाहकार शेर व थापाले दिनुभएको थियो । प्रालीले अबका दिनमा घर्तिगाउँ देखि दाङ सम्म विहान ७ वजे, वुटवल सम्म विहान ८ बजे र नेपाल गंन्जका लागी विहान ८ः३० बजे गाडि छुटाउने जनाएको छ । रोल्पा क्षेत्र नं. १ का लागी सुलिचौरमा काउण्टर स्थापना गरेर सेवा दिइरहेको प्रालीले क्षेत्र नं. २ मा घर्तिगाउँ वाट सेवा दिने जनाएको छ । प्रालीले १–२ महिना भित्र रोल्पामा विभिन्न ग्रामिण सडकहरुमा पनि यातायात सेवा प्रदान गर्ने इन्चार्ज वुढाले जानकारी दिनुभएको छ ।