कार्य समिति सदस्यमा निर्विरोध भएपछि युवा ब्यवसायि प्रमोद बस्नेतले धन्यवाद दिए

२०७५ मंसिर १९, बुधबार १९:१४ मा प्रकाशित

घोराही, मंसिर १८ । युवा ब्यवसायि प्रमोद बस्नेतले प्रजातान्त्रिक उद्योगि ब्यवसायि संघको कार्य समिति सदस्यमा निर्विरोधरुपमा आफुलाई चयन गर्न सहयोग गर्ने ब्यवसायिहरुलाई धन्यवाद दिएका छन् ।

उनले सघको साधारणसभाबाट आफुलाई सर्वसम्मत सदस्य बनाउन सहयोग गर्ने अग्रज ब्यवसायि, संघका अध्यक्ष लगायत सम्पुर्णमा धन्यवाद दिदै आभार एंव कृतज्ञता ब्यक्त गरेका छन् । उनले सकारात्मक सल्लाह सुझावको अपेक्षा गरेको भन्दै ब्यबसायीहरुको हकहितको लागिपर्ने प्रतिवद्धता ब्यक्त गरे ।