दाङको सिडिओको यस्तो छ रचना

२०७५ मंसिर २८, शुक्रबार १८:०९ मा प्रकाशित

गोविन्दप्रशाद रिजाल
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय दाङ

हाल्यो उसले आज मुहार ऐनामा
र चिन्यो आफ्नै अनुहार ऐनामा ।।

अनुहारभित्रका वक्ररेखाहरू पढेरै
खोज्यो जिवनको मुलधार ऐनामा ।।

SPONSORED

आफ्नै आकृति देवता देख्यो क्यारे
गरयो पुजाआजा र पुकार ऐनामा ।।

समयसँगै वदलिन जानेन ऐनाले
अझेै गर्न बाँकि छ सुधार ऐनामा ।।

हाल्यो आज उसले मुहार ऐनामा
खोज्यो जिवनको मूलधार ऐनामा ।।

SPONSORED