निधारमा नाम्लो , पिठ्युमा डोको र घैलामा पानी बोकेर बसेकीछिन,
ठेला परेका हातहरुले जङ्गलमा दाउराको भारी कसेर बसेकी छिन ।
म सङ्ग बिहे गरेर तिमी खुशी हुन कसरी सकौली र पृया ,
मेरी आमा त भोको पेटमै पानी घट्टमा पालो कुरेर बसेकी छिन ।।

महङ्गाइले घाँटी थिच्नलाई ,निमुखा र सोझा हेरेर बसेको छ,
छोरा छोरीको स्कुलको बिल , खाली भएका गोजा हेरेर बसेको छ ।
तिमीलाई त कर थपेर आए श्रोत बढाउन सजिलो छ सरकार,
आमाका फुटेका पैतालाले पसलका मोजा हेरेर बसेको छ ।।

छोरा स्कुल जान मान्दैन ,कलम पर्खेर बसेको छ,
मासु भात खानलाई दशैको रमझम पर्खेर बसेको छ।
पैसाको मुल्य घट्यो या महङ्गाइ बढ्यो सोच्दैछ बैरागी,
श्रीमतीको फुटेको कुर्कुच्चा मलहम पर्खेर बसेको छ ।।

राजिब गौतम घोराही
उप महानगर पालिका -१५ दाङ्ग