20180822_122712

केएम निष्ठुरी(केशरमान बुढाथोकि)

समय पनि कति निष्ठुर
नियति पनि कति कठोर
पाहुना छाक नै टार्न नपाइ
सबै संग न्यानो माया साट्न नपाइ
मन खोलेर भित्रैबाट हाँस्नै नपाइ
सैलेरीहरु संग उत्सवमा नाच्नै नपाइ

ब्यस्तै ब्यस्तमा
मस्तै मस्तमा
खै कसरी बितायौ ती ८ बर्ष ?
मात्र ८ दिन लाग्छ तिमी आएको
न कसैलाई रुवायौ
न कसैलाई चिडायौ
आँखामै राखेनी नबिझाउने तिम्रो सालिनता
आक्रोशितलाई झुकाउने तिम्रो नम्रता
मृत्यु शैयामा छटपटाइ रहेकालाई ढाडस दिने तिम्रो सुशीलता
यी सबै तिम्रा आभुषण
तिमी आफैले लगेर गयौ
सबै दङ्गालीको हृदयमा अमिट छाप छोडेर
अर्को कर्मभुमीमा ।

जरुर !
जरुर डक्टर तिमी फेरि आउ है
तिमीलाई
पर्खिरहनेछन
ती रोगी बज्यै , आमा , काकी र दिदीहरु
जसरी कुखुराले आफ्ना बच्चाहरुलाई
पखेटाले ढाकेर ओत दिन्छ नि !
त्यस्तै तिम्रो पखेटाको
न्यानो ओत खोजिरहेछन हजारौं बिरामी नारीहरु ।

हेर
यो प्यारो उपत्यकाबाट तिमी बिदाइ भैरहदा
सोध्नै चहान्न म दाङको बास्मती चामलको स्वाद कस्तो छ भनेर ?
थाहा छैन मलाई कहिलेकाही बदिया खायौकी खाएनौ ?
धारापानी , चमेरी र मौलाबोट घुम्यौ कि घुमेनौ ?
कहिलेकाही घोरदौडाको आँखिझ्यालबाट
दाङ उपत्यका नियालेउ कि नियालेनौ ?
तिम्रा पदचापले हात्तिखर्क
कुल्चिएकी कुल्चिएनन ?

यी सबै बाँकी छन तिम्रा लागि
सबै सबैले तिम्रो स्पर्श खोजिरहेछन
छिटै तिमी यो तिमिलाइ स्नेह गर्ने ठाउँ फर्किनुपर्छ

अहिलेलाई
के दिउ बिछोडमा मीठो कोसेली ?
हृदय भरी न्यानो माया बोकेर जाउ
अञ्जुली भरी स्नेहको पोको बोकेर जाउ
तिम्रो बिछोडमा
सिङ्गो दाङ गहभरी आँसु निकाल्दै
भन्दैछ शुभयात्रा डक्टर सन्देश शुभयात्रा  ।