सहकारी समृद्धिको आधार हो

२०७५ चैत्र २३, शनिबार २२:१९ मा प्रकाशित

 गोविन्दप्रसाद शर्मा
जिल्ला सहकारी संंघका अध्यक्ष

दिगो विकास लक्ष प्राप्तिका लागि सहकारी भन्ने नारासहित ६२ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। दाङमा पनि जिल्ला सहकारी संघलगायत संघमा आवद्ध विषयगत सहकारीहरुको सक्रियतामा सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइयो । समान हैसियत र उद्देश्य मिल्नेहरुबीच भएको सानो पूजीलाई एकतृत गर्दै सहकारी सदस्यहरुको जीवनस् तरलाई माथि उठाउन सहकारी सञ्चालन गरिएका छन् तर लक्ष र उद्देश्यभन्दा ऋण, अनुदान र बचत संकलनको कामभन्दा माथि उठ्न नसकेको दाङको सहकारी अभियानका विषयमा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्मासग युगबोधकर्मी जे.एन.सागरले गर्नुभएको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ। –सम्पादक

SPONSORED

सहकारी दिवस कसरी मनाइयो ?

यसपालि ६२ औं सहकारी दिवस सप्ताहव्यापीरुपमा मनाइयो । चैत १४ देखि २० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरियो  पहिलो दिन सप्ताहव्यापी कार्यक्रमको जानकारी दिने काम भयो भने १५ गते तेरौंटे स् िथत ज्येष्ठ नागरिकका लागि उपभोग्य वस् तु वितरण गरियो। सोही दिन तुलसीपुर उपमहानगरपालिकामा दिगो विकास लक्ष प्राप्तिका लागि सहकारी विषयक माध्यमिक विद्यालयस् तरीय जिल्लाव्यापी निबन्ध प्रतियोगिता गरियो। १६ गते रिहारमा गौ सेवा कार्यक्रम भयो। यसैगरी १७ गते घोराही उपमहानगरपालिकाको सहयोगमा घोराहीमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेका छौं। १८ गते पद्मोदय क्याम्पसमा क्याम्पसस् तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ भने १९ गते घोराहीमा रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगिता गरिएको छ भने २० गते जिल्लाका दशवटै स्थानीय तहमा भव्य कार्यक्रम गरियो । घोराही उपमहानगरलगायत सबै पालिकामा सम्बन्धित क्षेत्रका सहकारीहरुको सहभागितामा ¥याली, अन्तरक्रिया कार्यक्रम गरियो। यसरी जिल्लामा रहेका दाङ जिल्ला सहकारी संघ, जिल्ला बचत सहकारी संघ, कृषि सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, स् थानीय पालिकाहरुको अगुवाइमा विभिन्न सचेतनामूलक, रचनात्मक कार्यक्रम गरेर दिवस मनाइयो ।

यो दिवस किन मनाइन्छ ?

SPONSORED

मुख्यतयाः सहकारीको महत्वलाई जनमानसमा पु¥याउन यो दिवस मनाइन्छ। सचेतना र महत्वका कुरालाई जनमानसमा लैजान दिवसलाई माध्यम गराइएको हो। वि.सं. २०१३ चैत २० गते नेपालमा सहकारी स् थापना भएको हो। सोही दिनलाई सहकारी दिवसका रुपमा विभिन्न कार्यक्रम गरिन थालिएको हो।

सहकारीमार्फत दिगो विकास लक्ष हासिल गर्ने सम्भावना छ ?

सहकारीले मात्रै गरेर लक्ष पूरा हु“दैन। तर दिगो विकासका विभिन्न १७ वटा लक्षमा एउटा लक्ष सहकारीमार्फत गर्न सकिन्छ। हामीले आफ्ना वार्षिक कार्यक्रम, रणनीतिक योजना निर्माण गरेका छौ। मुख्यगरी गरिवी हटाउने र हरेक सदस् यहरुको समृद्धिको पाटोमा सहकारीले ठूलो भूमिका खेलिरहेका छन्।

दाङमा सहकारीको अवस्था त्यति राम्रो त देखिदैन नि ?

अवस्थाको विश्लेषण विभिन्न पक्षबाट गर्नुपर्छ। एउटै हिसावले सबैलाई हेरिनुहु“दैन। जिल्लामा छ सय २५ वटा छन्। संख्यात्मक हिसाबले पर्याप्त नै छन् तर गुणात्मकरुपमा सोचेजस् तो हुन सकिरहेको भने छैन। राप्तीका अन्य जिल्लाको तुलनामा हेर्दा त दाङमा सहकारीको अवस् था माथि नै छ । समग्रमा जति हुनुपर्ने हो त्यति गुणात्मक विकास हुन सकेको छैन। हामी गुणात्मक विकासतर्फ उन्मुख छौं। खासगरी स–सानो पू“जीलाई एकीकृत गर्ने काम गरेको छ। विषयगत सहकारीहरुले आफ्नो लक्ष, उद्देश्यअनुसारको लक्ष हासिल गर्ने कुरामा केही कमी देखिन्छ। यो समस् या दाङमा मात्रै होइन, देशका ३४ हजार पा“च सय १२ वटै सहकारीको समस् या हो। दाङका छ सय २५ सहकारीले एक हजार दुई सयजनालाई प्रत्यक्ष रोजगारी दिने काम गरेको छ। अप्रत्यक्षरुपमा २२ हजारलाई रोजगारी, एक लाख ६५ हजार सदस् यहरुको परिचालन र सरकारलाई कर उपलव्ध गराउने काम गरेको छ। दाङको मात्रै हेर्ने हो भने वार्षिक पा“च करोड राजस् व बुझाउने काम भइरहेको छ। समग्रमा समृद्धिको यात्रालाई टेवा पु¥याउने कार्यमा सहकारीहरु लागेका छन्।

सबैको अवस्था सुधारोन्मुख छ त ?

होइन, सबै राम्रो छ भन्ने छैन। सहकारीमा पनि विकृति होलान्। कमीकमजोरी हुन्छन्। तर सहकारीमा देखिएका विकृति हटाउन र उनीहरुलाई दिशातर्फ सञ्चालन गर्न अब पालिकाले भूमिका खेल्नुपर्छ। ठूला कार्यक्षेत्र भएकाहरु कोही प्रदेशमातहत भए पनि धेरैजसो सहकारी स् थानीय तहअन्तर्गत आएका छन्। उनीहरुको रेखदेख, आवश्यकतालाई पालिकाले निगरानी गर्नुपर्छ। पालिकाहरुले सहकारीलाई सही तरिकाले बुझ्ने काम भएको छैन। बुझाउन सकिएको पनि छैन। हामी स् थानीय तहका अंग हौं। सहकारी पालिकाका सन्तान हुन्, छिमेकी होइनन्। पालिका सहकारीका अभिभावक हुन्। त्यसैले आवश्यक परे सहकारी जन्माउने, प्रवद्र्धन गर्ने, नियमसंगत नचले दर्ता खारेज गर्नेलगायत यावत काम गर्ने अधिकार स् थानीय तहमा छ। त्यसैले सहकारी स् थानीय तहका सन्तान हुन्। छिमेकी होइनन्। छिमेकीलाई गर्ने व्यवहार हेलो हाइ गरे पुग्छ तर सन्तानलाई जन्माउनुप¥यो । पालन पोषण गर्नुप¥यो, रेखदेख गर्नुप¥यो र अंश पनि दिनुप¥यो।

यो कुरा त तपाइहरुले पनि भन्नुपर्ने हैन र ?

हो। हामीलाई अभिभावकत्व दिनुस् भन्ने बुझाउने क्रममा छौं। सहकारी पालिका मातहत आइसकेपछि उनीहरुको उचित सञ्चालनको काम पालिकाले पनि अग्रसरता लिनुपर्छ। समृद्धिका लागि सहकारीको भूमिकालाई उहा“हरुले पनि बुझ्नु भएको छ भन्ने हामीलाई लागेको छ। हामी पनि सबै पालिकामा बुझ्ने बुझाउने काम गर्छौं। कतिपय पालिकाले यो कुरा बुझ्नु भएको पनि छ। हामी पनि समृद्धिका लागि काम गरिरहेका छौं भने सरकारले पनि समृद्धिकै लागि काम गरिरहेका छन्। समान उद्देश्य भएर पनि हो तीन खम्बे अर्थनीतिमा सहकारीलाई पनि एउटा खम्बाका रुपमा लिइएको छ।

तर सहकारी मुनाफामुखी भएको देखिन्छ नि ?

 

यो हल्ला मात्रै हो। सहकारीको ऐन कानुन छ। जति मन लाग्यो त्यति नाफा खान मिल्दैन। यो निजी क्षेत्र होइन। यो लघु वित्त वा बैंकिङ कारोवार पनि होइन। सहकारी र बैंकबीचको फरक बुझ्न जरुरी छ। जसरी बैंकले एउटा दुलोबाट चेक लिने र अर्को दुलोबाट पैसा दिने काम गर्छ त्यस् तै सहकारीहरुले पनि गरेको देखेर सहकारी पनि मुनाफामुखी भए जस् तो लागेको होला। त्यो भ्रम मात्रै हो। सहकारीले लिने र दिने व्याजदरको बीचमा छ प्रतिशत अन्तर राखेर कारोवार गर्नुपर्छ। सहकारीले एक सय आम्दानी ग¥यो भने २५ रुपैया“ जगेडा कोषमा जम्मा गर्नुपर्छ। त्यो रकम संस् थाको सम्पति हो। त्यसलाई बा“डेर खान पाइ“दैन। बा“की बचेको ७५ लाई एक सय मानेर त्यसैको १८ प्रतिशत मात्रै लाभांश खान पाउछ। सदस् यले १८ प्रतिशत भन्दा धेरै खानै पाउ“दैन। अरु विभिन्न कोषमा रकम राखिन्छ। त्यसैले गलत प्रचार गरिएको मात्रै हो।

खान नपाएरै होला उसो भए सहकारी गठन गर्ने पछि सुतेर बस्ने ?

हो। समस् या पनि छन्। केही गर्ने मेसो परेन भने सहकारी खोलौं भन्ने चलन छ। मल किनबेच गर्न सहकारी खोल्ने गरिएको छ। तर सबै सहकारी त्यसैगरी खोलिएका छैनन्। सहकारी खोल्नुपूर्व सहकारी पूर्वशिक्षा लिन जरुरी छ। अझ कुनै एनजीओ, आइएनजीओले सहकारी बनाइदिने कार्यक्रम सकिएर एनजीओ, आइएनजीओले हात छोडेपछि सहकारी अलपत्र पर्ने जस् ता काम पनि भएका छन्। त्यस् ता सहकारीबाट काम हुन सकेको छैन। जसले सहकारीलाई बुझेको छ र आवश्यकताका आधारमा सहकारी खोलेको छ भने त्यस् ता सहकारीलाई समस् या पनि छैन र उनीहरुले नमूना काम गरेका पनि छन।

दाङका छ सय २५ वटै सहकारी क्रियाशील छन् ?

सबै छैनन्। ती मध्ये जिल्ला सहकारी संघमा चार सय १५ वटा सहकारी आबद्ध छन्। अरु आबद्ध नै भएका छैनन्। कुनै सहकारीको कार्यालय कहा“ छ ? कर्मचारी छन् कि छैनन् ? साधारणसभा हुन्छ कि हु“दैन ? केही पनि थाहा छैन। तर कुनै सहकारीका आफ्नै भवन छन्। स् थायी कर्मचारी छन्। आफ्नो स्रोत छ र ऐन कानुनअनुसार चलेका छन्।

संघले नै सबैलाई गोलबद्ध गर्ने र क्रियाशील बनाउने होइन र ?

हामीले सक्रिय हुनुस् भन्ने हो। काम गर्ने त उहाहरुले नै हो। हामीले सबै सहकारीलाई क्रियाशील बनाउन लागिरहेका छौं। तथापि कतिपयको कार्यालय आज यहा“, अर्कोदिन जादा कहा छ थाह हुदैन। यस्तो अवस्थामा सबैलाई क्रियाशील बनाउन भनेजस् तो सजिलो छैन। तर हामी लागेका छौं।

सहकारी पूर्वशिक्षा कार्यक्रम छैनन् ?

सहकारी खोल्नलाई स् वीकृति दिने नदिने कुरा स् थानीय तहले हो। जहा“नेर आवश्यकता छ त्यहा“ सहकारी खोल्न दिनुपर्छ। जहा“ आवश्यकता छैन त्यहा“ मर्ज गर्ने काम पनि स् थानीय तहले गर्नुपर्छ। जहा“ सहकारीको आवश्यकता छ स् थानीय पालिकाले सहकारी संघस“ग समन्वय गरेमा हामी सहकारी पूर्व शिक्षा कार्यक्रम दिन सक्छौं। हामीसग जनशक्ति छ। तर कुन सहकारी कहा“ खुल्दैछ भन्ने हामीलाई थाहा नहुुने भएकाले पालिकाले हामीलाई जानकारी दिनुपर्छ। पूर्वशिक्षा र आवश्यकता पहिचान नगरी सहकारी खोलियो भने लक्ष, उद्देश्यअनुसार सञ्चालन गर्न गाह्रो हुन्छ। एउटै सदस् य धेरै ठाउ“मा रहने देखियो। समान प्रकृतिको सहकारीमा एकभन्दा धेरैमा सदस् य हुन पाइदैन।

एउटै व्यक्तिले पा“चवटा पासबुक बोकेको देखिन्छ त ?

त्यही भएर सहकारी कानुनअनुसार शुद्धिकरणका लागि हामीले प्रयास गरिरहेका छौं। तर शुद्धिकरण सहज छैन। हामीले सहकारीहरुको अनुगमन, निरीक्षण गरिरहेका छौं। उहा“हरुलाई देखिएका कमीकमजोरीबारे सुझाव पनि दिएका छौं। सबै सहकारीको अनुगमन हुन सकेको छैन । किनभने सहकारी संघ स्रोत साधनविनाको छ। स् वयंसेवाको हिसावले सकेजतिको अनुगमन, निरीक्षण र आवश्यक सुझाव दिने काम गरिरहेका छौं। हामीले भनिरहेका छौं कि समान प्रकृतिका सहकारीमा एउटै व्यक्ति सदस् य हुनुह“ुदैन। नराख्नुस् भनेका छौं।

दोहोरो सदस्य भए के समस् या हुन्छ र ?

जस् तो कुनै व्यक्ति पाच ठाउ सदस् य छ भने उसको सहकारी संस् था कुन हो त ? उसलाई सहकारीप्रति अपनत्व नै हुदैन। बजारमा अहिले कुनै एउटा पसलमा जाने हो भने त्यसको घर्रामा छ÷सात वटा पासबुक हुन्छन्। दैनिक बचत गर्ने र ऋण लिने मात्रै उनीहरुको उद्देश्य हुन्छ। बचत गरेको पैसा एक÷दुई वर्षमै निकाल्यो खायो। बचत भनेपछि त १०÷२० वर्षसम्म गरेर आफ्नो जीवनको उत्तराद्र्धमा केही काम लागोस् भन्ने हुनुप¥यो नि। त्यस्तो छैन।

बचतसगै दाङमा त कृषि सहकारीको सम्भावना राम्रो होला नि ?

दाङमा कृषि सहकारी नै धेरै छन्। नाम अनुसारको काम छैन। अहिले कृषिमा को लाग्छ ? कसले गर्छ कृषि कर्म ? कृषि कर्म गर्नेलाई कुन हिसावले हेरिन्छ ? त्यसैले समस् या छ। तर पनि केही उदाहरणीय काम गरेका सहकारी पनि छन। बेलामा सहकारीले नै बीउ उत्पादन, चामल उत्पादन गर्ने काम गरेको छ। उरहरी साना किसान सहकारीले कोल्डस् टोर स् थापना गरेको छ। त्यसैगरी लमहीमा उद्यमशील सहकारीले बगर खेतीदेखि दूध उत्पादनको काम गरेको छ। त्यस् तै कृषि फार्म, गाई, भैंसी पालन, कुखुरा पालनलगायतका थुप्रै काम दाङमा कृषि सहकारीहरुले गरेका छन्। तर अपेक्षित काम अझै हुन सकेको छैन।

बचत र ऋणमै अलि बढी आकर्षित भएर हो कि अपेक्षित उत्पादनको काम हुन नसकेको ?

सहकारीका सातवटा सिद्धान्तमध्ये एउटा आर्थिक सहभागिता हो। पैसाबिना केही पनि हु“दैन। कुरा जति आदर्शका गरे पनि चाहिने भनेको पैसा नै हो। जबसम्म मान्छे आर्थिकरुपले सबल ह“ुदैन तबसम्म ऊ सुखी र सम्पन्न हु“दैन। त्यसका लागि बचत चाहिन्छ तर कृषि सहकारीहरुले दिनदिनै पैसा उठाउने काम गर्दैनन्। उनीहरुले क्षमताअनुसार महिनामा एकपटक बचत गर्ने काम गर्छन्। उनीहरुले उत्पादन गरेको वस् तु बिक्री गरेर आएको रकम बचत गर्ने काम गर्छन्। जति कमायो उति खर्च गर्ने कुरा त भएन। जति कमायो उति खर्च गर्ने हो भने समृद्धि कसरी हुन्छ ? त्यसैले उनीहरुले मासिक रकम बचत गर्ने र फेरि अर्को कृषकलाई भैंसी, गाई, बाख्रा वा अन्य कृषिजन्य कामका लागि ऋण उपलब्ध गराउने काम गर्छन्। त्यसका लागि पनि बचत आवश्यक छ। तर त्यो बचत ऋण लिनका लागि मात्रै होइन।

कृषि सहकारी पनि सरकारी अनुदानका लागि मात्रै देखिने गरेको साचो हो ?

यदाकदा त्यस् तो पनि होला तर सबै कृषि सहकारी अनुदान कसले देला भनेर खोलिएका छैनन्। बरु अनुदान दिदैमा सबैले लिदैनन्। अनुदान लिएका केहीले राम्रो काम पनि गरेका छन्। अनुदान खानलाई मात्रै खोलिएका कतै भए तपाइ“ले भनेजस् तो होला, नत्र अनुदान लिदा पनि सहकारीको उद्देश्य, नीति, कार्यविधिअनुसार छ छैन हेर्ने गरिएको छ। नीतिभित्र पर्ने देखियो भने अनुदान लिएकाहरुले नमूना काम पनि गरेका छन्। राज्यले दिएको अनुदान लिनै हु“दैन भन्ने पनि छैन । लिएर काम गर्नुप¥यो। अनुदान पाइएला भनेर सहकारी खोलिदैन । बरु आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्छ। राज्यबाट के पाइन्छ भन्दा पनि राज्यलाई के दिन सकिन्छ भन्ने सोच्नुपर्छ। तथापि राज्यबाट कृषि सहकारीलाई केही सेवा सुविधा दिइन्छ भने लिनु अपराध पनि होइन।

दोहोरिएको कार्यकालमा थप के गर्ने मन छ ?

०३५ सालमा जिल्ला सहकारी संघ स् थापना भयो तर कोमामा रह्यो। ०७२ मा आएर मेरो नेतृत्वमा जिल्ला सहकारी संघ अस् ितत्वमा ल्याइयो। त्यतिबेला संघमा ४३ वटा सहकारी आबद्ध थिए। बितेको तीन वर्षमा संघमा आबद्ध संख्या चार सय १५ पुगेको छ। कार्यालय व्यवस् िथत छ। कर्मचारी हुनुहुन्छ। संघका कार्यसमितिमा रहने साथीहरुले चाहिएको बेलामा समय उपलव्ध गराउनुभएको छ। म त २४ सै घण्टा सहकारीमै छु। सहकारी र अन्य सरकारी, गैरसरकारी निकायस“ग जोड, समन्वय गर्न पुलको काम हामीले गरेका छौं। अब सबै सहकारीहरुलाई संघमा आबद्ध गर्ने र सबैलाई सहकारी शिक्षा तालिमको व्यवस् था गर्ने, संघको भवन निर्माण, कर्मचारीलाई स् थायी बनाउने, सबै सहकारीलाई नीति, विधि र प्रविधिसंगत चलाउने, अनुगमन, निरीक्षणलाई प्रभावकारी गराउ“दै दाङलाई सशक्त सहकारीको जिल्ला बनाउने योजना छ।