दाङ उवासंघका पुर्ब उपाध्यक्ष ओबिन्द्र महरा भन्छन–उपाध्यक्ष भइसकेको ब्यक्ति अध्यक्षमा दाबी हुनु स्वाभाबीक हो, तर मलाई नै पद चाहीन्छ भन्ने कुरा छैन (भिडियोसहीत)

२०७५ चैत्र २१, बिहीबार २१:०९ मा प्रकाशित


ओविन्द्र महरा

पुर्व उपाध्यक्ष, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ

SPONSORED

दाङ जिल्ला उद्याेग बाणिज्य सघका पुर्ब उपाध्यक्ष ओबिन्द्र महरा भन्छन- उपाध्यक्ष भइसकेको ब्यक्ति अध्यक्षमा दाबी हुनु स्वाभाबीक हो, तर मलाई नै पद चाहीन्छ भन्ने कुरा छैन, म भन्दा योग्य साथीहरुलाई दिदा राम्रो हुन्छ, अग्रज रसाथीभाइहरुले नै भनेमा फरक कुरा हो

Posted by jagaranonline.com on Thursday, 4 April 2019

 

SPONSORED

उद्योग क्षेत्रका अब्बल ओविन्द्र महरा दङालीहरुका लागि परिचित नाम हो । युवा अवस्थामा नै जिल्लाका सबै जसो सामाजिक, व्यवसायीक क्षेत्रमा अगुवा नामका रुपमा स्थापित महराको नेतृत्वमा दाङमा विभिन्न खालका उद्योग व्यवसायी सञ्चालनमा छन् ।

उहाँ दाङ जिल्ला उद्योग वाणिज्य संघको पुर्व उपाध्यक्ष पनि हुनुहुन्छ । सबैसँग मिल्न सक्ने भएकाले पनि उहाँ सबैको प्रिय मानिनुहुन्छ । जसले गर्दा जिल्लाका सबैसंग समन्वय गर्ने खुवि उहाँमा रहेको छ । सङ्घका पुर्व उपाध्यक्ष महरासँग प्रादेशिक राजधानी, दाङमा लगानीको स्थिति, लगायत विषयमा केन्द्रित रहेर गरीएको कुराकानि ।

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले प्रदेश पाँचको राजधानी दाङ हुनुपर्छ भनेर आवाज उठाइरहेको छ । दाङ राजधानी बन्ने आधार के के छन् ?
प्रादेशिक राजधानी बन्न दाङमा धेरै आधार छन् । सबैभन्दा महत्त्वपूर्ण दाङमा प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि प्रशस्त जमीन छ । सरकारी स्वामित्वमा रहेका गुठी संस्थानको हजारौं बिगाहा जग्गा दाङमा छ । यसले गर्दा सरकारले मुआब्जामा धेरै लगानी गर्नुपर्दैन । दाङ वातावरणीय हिसाबले निकै उपयुक्त जिल्ला हो । यहाँ ३ सय ६५ दिन नै हवाई उडान गर्न सकिन्छ । मौसम सधैं सफा हुने र तापक्रम पनि त्यति उच्च र न्यून नहुने भएकाले यहाँ राजधानी बनाउन सकिन्छ भन्ने हाम्रो तर्क हो ।

दाङ नै केन्द्र बन्ने आधार के छ ?
प्रस्तावित पाँच नम्बर प्रदेशको पूर्व नवलपरासीदेखि पश्चिममा बर्दियासम्मको भूगोल अध्ययन गर्ने हो भने दाङ मध्य भागमा पर्छ । अर्को कुरा दाङमा दुईओटा उपत्यका छन्, देउखुरी र दाङ । दाङ उपत्यका प्रत्यक्ष भारतको सीमासँग जोडिँदैन । भारत जानका लागि देउखुरी उपत्यका भएर जानुपर्छ । रणनीतिक सुरक्षाका दृष्टिले पनि दाङ राजधानी बन्न उपयुक्त छ । पछिल्लो समय दाङमा धमाधम उद्योग खुलिरहेका छन् । दाङमा औद्योगिक कोरिडोर र विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ । राजधानी बन्नका लागि आवश्यक पर्ने सबै कुरा दाङमा छ । अस्थायि राजधानि हो बुटवल । हाम्रा नेताहरु सभामुख कृष्णबहादुर महरा र मुख्यमन्त्रि शंकर पोख्रेल लागि रहनु भएको छ । नतिजा हाम्रो पक्षमा आउछ भन्नेमा म ढुक्क छु । संघीयताको मर्म अनुसार राजधानी दाङ नै बनाउनु पर्छ, ।

पछिल्लो समय दाङमा ठूला तथा साना उद्योग खुल्ने क्रम बढेको छ । दाङमा यसरी लगानीकर्ता किन आकर्षित भएका होलान् ?
दाङमा लगानीका प्रशस्त आधार छन् । यहाँको समथर भूमि, उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ र पश्चिम तथा पूर्वका लागि बजार विस्तार गर्न सजिलो हुने भएकाले लगानिकर्ता आकर्षित भएका हुन् । दाङमा मजदूरको पनि कुनै समस्या छैन । अन्यत्रको तुलनामा मजदूरले सस्तो दरमा काम गर्ने भएकाले पनि लगानीकर्ता थप उत्साहित भएका हुन् । सामान निकासी र पैठारीका लागि पनि दाङमा सजिलो छ । लमही–कोइलावास सडक कालोपत्रे हुन थालेको छ । कोइलावास नाका सञ्चालन हुने तयारीमा छन । अव त्यो नाका खुल्नासाथ दाङको ब्यापार ब्यवसाय बढ्ने निश्चित छ ।

दाङ जिल्ला उवा सङ्घले दाङमा औद्योगिक कोरिडोर र विशेष आर्थिक क्षेत्रका लागि पहल गरिरहेको छ । तर, हालसम्म किन सरकारले घोषणा नगरेको होला ?
म उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष भएदेखि सबैभन्दा पहिलो एजेण्डाका रूपमा औद्योगिक कोरिडोर र विशेष आर्थिक क्षेत्रका लागि पहल गरिरहेको छ । हामीले यसका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था गरिसकेका छौं । सरकारी स्वामित्वको जग्गा भएकाले मन्त्रिपरिषद्बाट जग्गा प्राप्तिका लागि निर्णय गर्नुपर्छ । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतसहित वर्तमान सभामुख र अर्थमन्त्रीले पनि हामीले प्रस्ताव गरेको स्थानको अवलोकन गरिसक्नु भएको छ । उहाँहरू सबै सकरात्मक हुनुहुन्छ । तर, छोटो समयमा हुने सरकार परिवर्तनले यसका केही अप्ठेरो परेको छ । हामीलाई विश्वास छ अब केही समय भित्र हामीले औद्योगक कोरिडोर र औद्योगिक क्षेत्रको काम सक्नेछौं । यसका लागि घोराही उपमहानगरपालिकाले पनी पहल गरीरहेको छ । ब्यावसायिक एकता भएमा हामि त्यो एजेण्डा कार्यान्वयन गर्न सक्छौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले गैर ब्यवसायिलाई भन्दा पनि ब्यवसायि गरीरहेका सच्चा ब्यवसायिहरुलाई गोलवद्ध गर्ने कुरामा हामि सबैले ध्यान दिनुपर्छ ।
तपाई उद्योग वाणिज्य संघको उपाध्यक्ष भइसकेको ब्यक्ति, अध्यक्षमा तपाइको दावि रहन्छ कि नाई ?
निश्चितरुपमा दाङ जिल्ला उद्योग वाणिज्य संघको उपाध्यक्ष भइसकेको नाताले मेरो इच्छा वा दावि रहनु स्वाभाविक हो , यसलाई अन्यथा लिनु हुँदैन् । तर, मैले नै पद पाउनुपर्छ भन्ने पक्षमा म छैन । योग्य, सक्षम ब्यक्तिले उद्योग वाणिज्य संघको नेतृत्व लिनुपर्छ भन्ने कुरामा म दृढ छु । मलाई पद नै चाहीन्छ भन्ने छैन । विगतमा पनि मैले पद नलिएर अग्रज तथा सहकर्मि ब्यवसायिहरुलाई नेतृत्वमा पु¥याउन सहयोग गरेको पनि छु । साथि भाइ र अग्रज ब्यवसायिहरुको सल्लाह वमोजिम अघि बढ्ने कुरा बताउन चाहन्छु । संघको अध्यक्ष नभई नहुने वा म वाहेक अरु नै छैनन् भन्ने मेरो धारणा होइन् । म भन्दा एकसेएक योग्य ब्यवसायिहरु हुनुहुन्छ । तर, साथिभाई, अग्रज ब्यवसायिहरुको जिम्मेवारी दिएमा त्यो वेला सल्लाह गरौला ।