धारापानीलाई धार्मिक धामका रुपमा विकास गर्न महायज्ञ

२०७५ फाल्गुन १८, शनिबार १९:४० मा प्रकाशित

विष्णुराम आचार्य

महायज्ञ मूल आयोजक समितिका महासचिव

SPONSORED

कुनै समय धार्मिकस्थलका रुपमा मात्रै परिचित पाण्डवेश्वर धारापानी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको छ। जहाँ पूजाआजा, भक्तजनहरु मात्रै नभई पर्यावरणीय सुन्दरता अवलोकन गर्न देश तथा विदेशबाट पर्यटकहरु भित्रिने क्रम बढ्दै गइरहेको छ। जसले दाङको पर्यटन विकास मात्रै नभई आर्थिक विकासमा पनि ठूलो टेवा पु¥याउँदै गइरहेको छ। जसको बृहत विकासका लागि पाण्डवेश्वर महादेव मन्दिर धारापानीले यही फागनु ११ गतेदेखि धार्मिक ज्ञान महायज्ञ सञ्चालन गरेको छ। यसैक्रममा युगबोधकर्मी गिरिराज नेपालीले महायज्ञ मूल आयोजक समितिका महासचिव विष्णुराम आचार्यसग गर्नुभएको कुराकानी यहा प्रस्तुत छ। –सम्पादक

 

महायज्ञ के का लागि ?

SPONSORED

पाण्डवेश्वर महादेव धारापानी धार्मिक पर्यटकीय क्षेत्रका रुपमा महत्व बोकेका छ। पछिल्लो समय धारापानी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हु“दै गइरहेको छ। तर यसको विकास अझै फष्टाउन सकेको छैन। यसको विकास र विस्तारका लागि मन्दिर व्यवस्थापन समितिले महायज्ञ सञ्चालन गर्ने सोच बनायो। त्यही सोचका साथ हामीले महायज्ञ सञ्चालन गरेका हौं। धारापानीलाई धार्मिक धाम अर्थात धार्मिक केन्द्रका रुपमा विकास गर्न महायज्ञ सञ्चालन गरिएको हो। वेद विद्यालय, गौशाला, ध्यान केन्द्र र प्राकृतिक शान्ति पार्क निर्माणका लागि महायज्ञ सञ्चालन गरिएको हो।

महायज्ञले पूरा गर्न सक्ला त यी सबै योजनालाई ?

 

महायज्ञ सञ्चालन केका लागि भन्दा हामीले यी योजना निर्माणका लागि भन्ने सोच ग¥यौं। हामीले यति उति रकम संकलन गर्छौं भन्ने सोच राखेका छैनौं। महायज्ञले धारापानीलाई धामका रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको सोच राखेका छौं। यसलाई महायज्ञले पूरा पनि गर्नेछ। दाताहरुकै सहयोगले पाण्डवेश्वर महादेव मन्दिरको विकास यहा“सम्म आइपुगेकाले हामीले यो पनि पूरा गर्छौं र गराउछौं भन्ने संकल्प लिएका छौं। जसले धारापानीमा छुट्टै आस्थाको केन्द्र निर्माणमा सघाउ पु¥याउनेछ।

महायज्ञमा भक्तजनहरुको उपस्थिति र सहयोग कस्तो छ नि ?

महायज्ञको उद्घाटनको पहिलो दिन शनिवार पनि भक्तजन, दर्शनार्थीहरुको ठूलो उपस्थिति रह्यो। आइतवारबाट महायज्ञका नियमित कार्यक्रमहरु शुरु भइसकेका छन्। भक्तजन तथा दर्शनार्थीहरुको सहयोगले हामीले महायज्ञ सञ्चालन गरेका हौं। महायज्ञ मूल आयोजक समितिले भक्तजनहरु महायज्ञ स्थलसम्म ल्याउन लैजान निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ । बिहान ८ देखि दिउ“सो २ बजेसम्म हामीले विभिन्न रुटमा निःशुल्क यातायात सेवा सञ्चालन गरेका छौं। जसले महायज्ञमा भक्तजनहरु आउने निकै सहयोग पु¥याइ रहेको छ भने हामीले महायज्ञमा आउने भक्तजन तथा दशनार्थीहरको भोजनको व्यवस्था गरेका छौं।

भात पनि, बस पनि दुबैमा पैसा लाग्दैन ? खर्च बढ्ला नि ?

हामीले यहा आउने भक्तजनहरुलाई खाना पनि निःशुल्क, बस पनि निःशुल्क रुपमा सेवा दिएका छौं। अब बजारमै भएको भए, त्यो नहुन पनि सक्थ्यो। बजारदेखि टाढा हिडेर आउन पनि सम्भव छैन। बिहान खाना खाएर आउदा यहा भोक पनि लाग्छ। जसका कारण हामीले महायज्ञ भर नियमित सञ्चालन गर्ने सोच राखेका हौं। यति मात्रै होइन, हामीले महायज्ञपछि थोरै शुल्कमा यहा आउने भक्तजन तथा पर्यटकहरुलाई नियमित भोजनको सेवा सञ्चालन गर्ने सोच राखेका छौं।
धार्मिक ज्ञान महायज्ञ पछिल्लो समय फेशन जस्तै बनिरहेको छ। तपाइहरुले सञ्चालन गरेको महायज्ञ कस्तो छ ?

पछिल्लो समय मन्दिरका नाममा, विद्यालयका नाममा धार्मिक ज्ञान महायज्ञ चलिरहेका छन्। जस्तो कि केही विद्यालय बनाउन महायज्ञ, मन्दिर निर्माण गर्नका लागि महायज्ञ, संस्था स्थापना गर्न महायज्ञ। महायज्ञ सञ्चालन गर्नु राम्रो कुरा हो। तर आर्थिक लाभ उठाउने उद्देश्यले सञ्चालन गर्नु राम्रो कुरा होइन। पाण्डवेश्वर धारापानीले सञ्चालन गरेको महायज्ञ आर्थिक लाभका भन्दा पनि धारापानीलाई आध्यात्मिक केन्द्र, गुरुकुल सञ्चालनका लागि हो भने अर्काे कुरा धारापानीको प्रचारप्रसारका लागि पनि हो। महायज्ञको एक÷दुई दिनपछि नै रहेकाले महायज्ञ अवधिभर हामीले धारापानीमा पा“च लाख भक्तजन झार्ने सोच गरेकाले धारापानीमा सञ्चालन गरेको महायज्ञ धार्मिक धामका रुपमा विकास गर्नका लागि हो।

तपाइले भनेझै धारापानीलाई धार्मिक धाम बनाउन पूर्वाधार आवश्यक पर्ला, त्यसका लागि पैसा चाहिदैन ?

धारापानी दाताहरुकै सहयोगले यहा“सम्म आएको हो। त्यो सबैलाई थाहा छ। राज्यको लगानी यसमा न्युन छ। हामीले सोचेको यो महान पवित्र कार्यमा पनि दाताहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौं। जसका लागि आर्थिक चाहिन्छ ।  हामीले पैसा नभई दाताहरुबाट संरचना निर्माण गराउने सोच गरेका छौं। कसैले गौशाला बनाउनु होला । कसैले कुटी बनाउनुहोला, कसैले धर्मशाला बनाउनुहोला । कसैले गुरुकुल बनाउनुहोला । कसैले पोखरी बनाउनुहोला। तर हामीले पैसा उठाएर आफै बनाउ“दैनांै। तपाइ“हरुलाई थाहै होला धारापानीदेखि सुनकोट भगवती मन्दिरसम्म पदमार्ग निर्माणका लागि हामीले एकसय आठ सिढी बनाउन लागेको छौं। एकजनाले एउटा मात्र सिढी बनाउने, एक हजार वरपिपल, एकसय आठ शिवलिङ्ग, बनाएका छौं। त्यो पनि एक÷एकजनाबाटै बनाएका हौं। अब धारापानीलाई धामका रुपमा विकास गर्न पनि हामीले त्यसैगरी काम गर्ने सोच बनाएका छौं।

गुरुकुलका लागि गुरु र बटुक चाहिएलान् त ?

हामीले प्रारम्भ गरेपछि यी सबै कुरा पूरा हुन्छन्। बटुकको अभाव रहदैन। गुरुको पनि अभाव रह“दैन। किनकि दाङमै संस्कृत विश्वविद्यालय छ। त्यहॉ“ जति पनि गुरुहरु हुन्छ। जहा“सम्म बटुकका कुरा हो, धारापानी गाउ नै गाउले भरिएको क्षेत्र हो। धार्मिक विद्या अहिले सबैका लागि आवश्यक छ। बालक विद्यार्थीहरु मात्रै होइन यो सबैका लागि आवश्यक छ। त्यसका लागि चिन्ता छैन।

यहा नजिकै रहेको सौडियारमा गुरुकुल छ ? यहा फेरि किन चाहियो ?

असाध्यै राम्रो प्रश्न, धारापानीको नजिकै रहेको सांैडियारमा गुरुकुल छ। त्यो अति राम्रो कुरा हो । तर यहा हामीले किन गुरुकुल सञ्चालन गर्न खोजेका हौं भने धारापानीको धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण छ। जहा पाच भाइ पाण्डवहरु महाभारतको युद्धका क्रममा यहा बसेका थिए। जुन महिमाका कारण धारापानीमा गुरुकुल सञ्चालन गर्ने सोच अघि सारेका हौं। गुरुकुलले यहाको विकासमा अझ धेरै टेवा पु¥याउनेछ।

धारापानी जस्तै ऐतिहासिक धार्मिक क्षेत्र भनेर सुनकोटलाई पनि भन्ने गरिन्छ। धारापानी फष्टायो। सुनकोट ओझेलमा छ नि ?

धारापानी र सुनकोट दुबै धार्मिक ऐतिहासिक क्षेत्र हुन्। धारापानीमा पॉ“चपाण्डव र सुनकोटमा सत्यदेवीको अङ्ग पतन भएको भन्ने धार्मिक किम्बदन्ती छ। सुनकोटमा उत्खनन गर्दा केही पुराना त्रिशूल र चा“दीका सिक्काहरु पनि भेटिए। धारापानी भन्दा सुनकोट पछि परेकै छ। त्यो सत्य हो । त्यसको विकासका लागि हामीले पदमार्ग निर्माण गर्दछौं। हामी सुनकोट भगवती मन्दिर मात्रै होइन देउखुरीको रिहारबाट पनि धारापानीस“ग जोड्ने लक्ष लिएका छौं । सुनकोट पदमार्ग प्रारम्भ भइसकेकाले अब धारापानीस“गै सुनकोटमा पनि पर्यटक भिœयाउने सोच बनाएका छौं।

अब धारापानी कस्तो बन्दैछ ?

अब कुरा गर्नुहुन्छ भने सुन्नुस् हामीले धारापानीलाई एउटा छुट्टै स्वर्ग बनाउन चाहेका छौं। मानव वस्ती दिनप्रतिदिन बढ्दैछ । शान्त र सुन्दर वातावरण हराउ“दै गइरहेको छ। कतै गएर थकान मेटम् भन्ने ठाउ“ छैन। जसका कारण हामीले धारापानीलाई ध्यान तथा आध्यात्मिक केन्द्र, धार्मिक पर्या–पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सोच गरेका छौं। जसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुई करोड रुपैया“ विनियोजन गरेको छ भने दाताहरुको सहयोग पनि उत्तिकै छ। हामीले अबको पा“च वर्षभित्र धारपानीलाई दाङको पर्यटकीय क्षेत्र मात्र नभइ प्रदेशकै नमूना धार्मिक पर्या–पर्यटकीय क्षेत्र बनाउने सपना देखेका छौं। सपना साकार बनाउने प्रयास गरिरहेका छौं। धारापानीमा गुरुकुल, गौशाला, ध्यान केन्द्र, शान्ति पार्क बनाउने सोच हाम्रो ठूलै छ। सपना पनि राम्रै छ। यसका लागि अब हामीले तीन तहकै सरकारस“ग समन्वय गरी अघि बढ्ने प्रयास गरिररहेका छौं।

अघि भन्नुभयो राज्यको लगानी न्युन छ ?

यसअघि राज्यको लगानी न्युन थियो। यस वर्षमा मात्रै दुई करोड रुपैया“ विनियोजन गरेको छ। धार्मिक पर्यटकीय क्षेत्रका रुपमा फष्टाउदै जान थालेपछि राज्यले पनि यस क्षेत्रमा लगानी गर्नुपर्छ। यस क्षेत्रको विकास र विस्तारको आवश्यकता महसुस गरेकाले लगानी बढाउन राज्य आकर्षित बन्दै गइरहेको छ।

अन्त्यमा महायज्ञका लागि भक्तजनलाई केही भन्नु छ ?

धारापानीको बृहत् विकासका लागि हामीले महायज्ञ सञ्चालन गरिरहेका छौं। तपाइ“हरुको साथ र सहयोगले धारापानी यो स्थानसम्म पुगेको हो। आउनुहोस् जति सक्नुहुन्छ त्यति दिनुहोस्। नसके कथा श्रवण गर्नुहोस्। यसको विकास र विस्तारका लागि सञ्चारको काम गर्नुहोस् । धारापानीको विकास सम्भव छ। यसलाई नमूना धार्मिक पर्या–पर्यटकीय क्षेत्रका रुपमा विकास गरौं। यसका लागि सबैको साथ र सहयोग जरुरी छ।