सहयोग गर्नका लागि तत्परता देखिएको छ– मुल समिति महासचिव विष्णुराम आचार्य

२०७५ फाल्गुन ११, शनिबार १९:१५ मा प्रकाशित

 विष्णुराम आचार्य, महासचिव, धारपानी महायज्ञ आयोजक मुल समिति

घोराही उपमहानगरपालिकाको वडा नं. ५ धारापानीमा महायज्ञ आयोजना गरिएको छ । फागुनको ११ गते देखि आयोजना गरिएको महायज्ञको तयारीका बारेका महायज्ञ मुल आयोजना समितिका महासचिव तथा त्रिशुल स्थापनाका लागि गठन गरिएको समितिका संयोजक विष्णुराम आचार्यसंग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ राप्ती पोष्ट राष्ट्रिय दैनिकले गरेको कुराकानी (सम्पादक)÷

SPONSORED

महायज्ञ किन ?

दाताहरुले हामीलाई पनि मौका दिनुप¥यो भनेर आउनुभएको छ । यस बाहेक अन्य सवै कुराहरु हेर्दा र सहभागिता देख्दा महायज्ञको कुराले हामी अत्यन्त उत्साहित भएका छौं ।

महायज्ञबाट उद्देश्य प्राप्त हुन्छ भन्नेमा कति आशावादी हुनुुहुन्छ ?

SPONSORED

हामी त पुरै आशावादी छौं । रकमका हिसावले हामीले कुरा गरेका छैनौं । हाम्रो मुख्य उद्देश्य भनेको धारापानीको प्रचार प्रसार गर्ने हो । धारापानीको ऐतिहासिक महत्व छ । पर्यटनका हिसावले महत्व रहेको छ । धारापानीमा हरेक बर्ष लाखौं मानिसहरु गइरहेका छन् । हामीले यस पटक पहिलो पटक आयोजना गरेको महायज्ञमा कम्तीमा पनि पाँच लाख भक्तजन भित्राउने कुरा गरेका छौं । हामीले पैसाका हिसावले कुनै टार्गेट बनाएका छैनौं । रकम बच्यो भने त्यो पैसाको सदुपयोग गर्ने योजना हामीसंग रहेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा सहयोग कति उठ्ने भन्ने आशा गर्नुभएको छ नि ?

हामीले पैसाको हिसावले कुनै कुरा गरेका छैनौं । पैसा चाहियो वा दिनुपर्छ भनेका छैनौं तर हामीलाई विश्वास के छ भने धारापानीको विकासका लागि आवश्यक पर्ने केही रकम प्राप्त हुनेछ । हामीलाई सहयोग गर्नका लागि विभिन्न निकायबाट आश्वासन पाएका छौं । जिल्लाका विभिन्न निकायका साथै पर्यटन मन्त्रालयबाट पनि आश्वासन पाएका छौं । अन्य निकायसंग पनि हामीले पहल गरिरहेका छौं । हामीले व्यक्तिसंग धेरै रकम माग्ने भन्दा पनि धेरै व्यक्तिले थोरै थोरै सहयोगको आशा गरेका छौं । धेरै व्यक्तिले दिने थोरै रकम पनि धेरै हुन्छ । यस्तो भयो भने धेरैको माया धारापानीमा बढ्छ । हाम्रो कमाई आर्थिक भन्दा पनि प्रचार प्रसार गर्ने कुरालाई मानेका छौं । धारापानीको प्रचार प्रसार अझै धेरै गर्ने, अझै धेरै मानिसहरुलाई धारापानीमा ल्याउने कुरालाई मुख्य केन्द्र बनाएका छौं ।

यो महायज्ञले दिर्घकालिन रुपमा के महत्व राख्ला ?

यो महायज्ञ पछिसम्मका लागि संझिरहने अवश्यै हुनेछ । यो आध्यात्मीक क्षेत्रका रुपमा मात्रै होइन पर्यटकिय हिसावले अघि बढाउने योजना हाम्रा्े रहेको छ । धारापानीमा एक पटक आएको मानिस अर्को पटक वा भनौं पटक पटक आउने बनाउने योजना हाम्रो रहेको छ । एक पटक आएका मानिसलाई भोलिपल्ट पनि आउने बातावरण बनाउने योजनामा छौं । महायज्ञका कारणले धेरै मानिसले चासो दिएका छन् । महायज्ञ सकिए लगत्तै शिवरात्री पनि शुरु हुन्छ । यस हिसावले महायज्ञ शिवरात्रीसंग जोडिएको छ । यो महायज्ञले दिर्घकालिन महत्व राख्नेछ । धारापानी धाममा पहिलो पटक महायज्ञ आयोजना गरिएको छ । यो महायज्ञले दिर्घकालिन महत्व राख्नेछ ।

तपाईले रकमलाई प्राथमिकता नदिने कुरा गर्नुभएको छ । रकम दानका रुपमा प्राप्त भयो भने के गर्नुहुन्छ ? केही योजना बनाउनु भएको होला ?

रकम आयो भने हामीले केही निर्माणका काम गर्ने योजना बनाएका छौं । खासगरी हामीले धारपानीलाई पर्या–पर्यटनका रुपमा विकास गर्ने कुरा गरेका छौं । धारपानीमा गौशाला निर्माणको काम तुरुन्तै अघि बढउने योजना बनाएका छौं । यसका साथै हामीले धारपानीको विकासका लागि गुरुयोजना निर्माण गर्ने काम थालेका छौं । गुरुयोजना प्रदेश सरकारले विनियोजन गरेको दुई करोडमध्य २० लाख खर्च गर्दैछौं । डिभिजन वन कार्यालयले २० लाख रुपैया उपलव्ध गराएको छ त्यसलाई गुरुयोजनाका लागि खर्च गर्ने योजना छ । गुरुयोजना बनाएर बचेको पैसाले त्यहाँ विशाल पोखरी निर्माण गर्ने हो । करिव २६ विगाहाको पोखरी निर्माण गर्ने योजना हामीले पहिले नै बनाएका थियौं । यस्तै सुनकोटसम्म जानका लागि चार हजार नौ सय ६३ सिंढी बनाउने कुरा छ । सुनकोटमा ३३ क्यून्टलको घण्ट राख्ने कुरा छ । पर्यटकिय पार्क निर्माण गर्ने कुरा छ । धार्मिक तपोवन निर्माण गर्ने, ध्यान केन्द्र निर्माण गर्ने योजना छ । यसका लागि नै हामीले रकम खर्च गर्नेछौं ।

धारपानी धार्मिक हिसावले अघि बढ्ने देख्नुहुन्छ कि पर्यटनका हिसावले ?

हामीले धार्मिक र पर्यटनलाई संगै अघि बढाउने योजनामा छौं । जस्तो त्रिशुल निर्माणको काममा हिन्दु धर्मबाहेकअरुले पनि सहयोग गर्नुभयो । दाङ जिल्लामा विश्वकै ठूलो त्रिशुल राख्ने कुरा गरेपछि सवैको सहयोग प्राप्त भयो । धारपानीलाई हिन्दु धर्मावलम्वीहरुको मात्रै होइन अरुहरु पनि जान सक्ने बनाउने योजना छ । हामीसंग करिव ५० विगाहा जमिन रहेको छ । गुरुयोजनाले मागेको खण्डमा डिभिजन बन कार्यालयसंग सल्लाह गरेर थप जमिनको व्यवस्था गर्ने योजना छ । धारापानीलाई एउटा पर्यटकिय गन्तव्य बनाउने कुरा नै मुख्य रुपमा अघि बढ्ने देख्छु म त ।

धारापानीको समग्र विकासका लागि के कस्ता योजनाहरु छन् ?

हामीलाई धारापानीलाई घोराहीको पर्यटकिय क्षेत्रका रुपमा मात्रै विकास गर्न खोजेका छैनौं । हामीले दाङ जिल्लामा नै पर्यटकिय सर्किट निर्माण गर्न खोजिरहेका छौं । हामी दाङ जिल्लाको मात्रै होइन अन्य पर्यटकिय स्थलको पनि विकासको कुरा गरिरहेका छौं । दाङ भन्दा बाहिर बागेश्वरी र लुम्विनी र सुपा देउरालीसंग पनि हामीले जोडेका छौं । धार्मिक मात्रै होेइन यसलाई हामीले दाङकै महायज्ञ भनेका छौं । धारापानीले नेतृत्व गरेपनि अन्य धार्मिक र पर्यटकिय स्थललाई जोड्ने योजना हाम्रो रहेको छ । धारापानीको विकासका लागि केही योजनाहरु मैले अघि पनि भनिसकेको छु । आगामी दिनमा गर्नुपर्ने थप कामका बारेमा गुरुयोजना अनुसार अघि बढ्छौं ।

विभिन्न निकायको सहयोग कस्तो रहेको छ ?

सवैले सहयोग गर्ने कुरा गर्नु भएको छ । अन्य संघ संस्थाहरुले सहयोग गर्ने कुरा गर्नुभएको छ । टोल विकास संस्था लगायतले सहयोग गर्ने कुरा गर्नुभएको छ । मोटरसाइकिल ¥यालीले पनि राम्रो सन्देश दिएको छ । व्यक्ति मात्रै होइन संस्थागत रुपमा पनि सहयोग गर्नका लागि तत्परता देखिएको छ ।

अन्यमा थप केही भन्न चाहनुहुन्छ ?

हामीले पहिलो पटक महायज्ञ आयोजना गरेका छौं । हिन्दुधर्मको प्रचार प्रसारका साथै धारापनीको विकासका लागि महायज्ञले टेवा पुराउने विश्वास रहेको छ । महायज्ञको प्रचार प्रसारका लागि सवैको सहयोग रहेको छ । संचारले हामीलाई गरेको सहयोग पनि राम्रो रहेको छ । राप्ती पोष्टले धारापानीको विकासका लागि ठूलो योगदान गरेको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । अन्त्यमा यहि फागुनको ११ गते देखि आयोजना गरिएको महाज्ञयमा सवैलाई चुलेनिम्तो गर्न चाहन्छु ।