दुइ बर्ष अगाडि थन्किएको दुरबिन प्रबिधि प्रतिष्ठानमा सुरु गर्ने यी हुन सर्जन डा. गकुल भट्ट

२०७५ फाल्गुन १, बुधबार २१:१४ मा प्रकाशित

खेमराज रिजाल
दाङ। घोराही उपमहानगरपालिकाकि २६ बर्षिय सविना चौधरी(नाम
परीवर्तन)को सोमवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुरवीन प्रविधिबाट
एपेण्डिक्सको सफल सल्यक्रिया भयो । दश हजार रुपैया शल्यक्रिया शुल्कमा उनको
सफल शल्यक्रिया संपन्न भयो । संभवतः उनको बुधवार अस्पतालबाट डिस्चार्ज हुने
छ । त्यसैगरी सोमवारै घोराहीकै ५१ ब्र्षिय महिला सर्मिला शर्मा(नाम
परीवर्तन)को पनि सोहि प्रतिष्ठानमा पित्तथैलिको पत्थरीको सफल शल्यक्रिया
सम्पन्न भयो दुरवीन प्रविधिबाटै । त्यसको शुल्क प्रतिष्ठानमा १५ हजार जम्मा
गर्नुपरेको थियो । उनको पनि स्वास्थ्य सामान्य रहेको छ । बुधवारै उनको
पनि डिस्चार्ज हुने बताइएको छ ।
दुइ बर्ष अघि देखि दुरवीन प्रविधिबाट शल्यक्रिया गरीने तयारी अनुसार सामान
ल्याइएपनि त्यहां दुरवीन प्रविधिको प्रयोग हुन सकेको थिएन । अहिले भने
प्रतिष्ठानमा आएका चिकित्सकले दुरवीन प्रविधिको प्रयोग थालेका छन् ।
प्रतिष्ठानमा कार्यरत सर्जन डा गकुल भट्टले सोमवारदेखि दुरवीन प्रविधि सुरु
गरेका हुन् । ‘ठुलो मोनिटरीङ मेसिन यहिं थियो, केहि औजारहरु थप गरी
सोमवारदेखि ल्याप्रोस्कोपिक सर्जरी सुरु भएको हो, चिरेर गरीने शल्यक्रिया
भन्दा यो उत्तम र सहज विकल्प हो’, डा भट्ट भन्छन्, यो प्रविधिमा इन्फेक्शन
लगायत अन्य समस्या अत्यन्तै न्युन हुन्छ । त्यस्तो प्रविधिबाट शल्यक्रिया गरेका
विरामीहरुले बढिमा दुइरात मात्र अस्पताल भर्ना भए पुग्ने चिकित्सकले बताएका छन्

धुलिखेल अस्पतालमा लामो समयसम्म अनुभव प्राप्त डा भट्टसंगै एनेस्थेसियाका
चिकित्सक र तालिमप्राप्त नर्सिङ स्टाफहरुको सहयोगमा अस्पतालमा सानाठुला गरी
दैनिक ५÷६ वटा शल्यक्रिया हुन थालेका छन् । यसमा पछिल्लो समयमा डा इश्वरी
भुषालपनि सर्जनका रुपमा कार्यरत छन् ।
यो प्रविधिसंगै अव राप्ती स्वास्थ्य प्रतिष्ठानमा गर्भवती महिलाको शल्यक्रिया,
छालाका गांठागुंठि, हाइड्रोशिल तथा हर्नियाको समेत शल्यक्रिया सुरु भएको छ
। यो सेवासंगै करीव एक महिनालामो आन्दोलनका कारण थलापरेको
प्रतिष्ठानले गतिलिन थालेको देखिएको छ । ओपिडिमा पनि विरामीहरुको
चहलपहल थपिन थालेको छ । प्रतिष्ठानले जनरल मेडिसिनमा समेत फिजिशियन सेवा
उपलव्ध गराउन थालेको छ । अव चांडै प्रतिष्ठानमा इन्डोलुमिनल प्रविधिबाट
मुत्रनलि र मृगौलाको पत्थरी शल्यक्रिया विनै गरीने तयारी भैरहेको छ । यो
प्रविधिमा मुत्रद्धारबाट पाइप छिराएर मृगौला र मुत्रनलिमा रहेको पत्थरीलाइ
फुटाएर वाहिर निकालिन्छ ।
प्रतिष्ठानमै दुरवीन प्रविधिसुरु भएसंगै अव निजि अस्पतालमा महंगो शुल्क तिरेर
दुरवीन प्रविधिबाट शल्यक्रिया गरीने बाध्यता हटेको छ । निजि अस्पतालहरुले
दुरवीन प्रविधिबाट शल्यक्रिया गरेमा न्युनतम ३५ हजार रुपैया सम्म शल्यक्रिया शुल्क
लिने गरेका छन् ।
लहमीमा ट्रमा हस्पीटलको तयारी
यसैबीच पुर्वपश्चिम राजमार्गमा रहेको लमही प्रार्थमिक स्वास्थ्य उपचार केन्द्रमा
नेपाल सरकारले ट्रमा हस्पीटल सन्चालनको तयारी गरेको छ । यसैसाता स्वास्थ्य
मन्त्रालयका सहसचिव डा विकाश देवकोटा सहितको टोलिले त्यसका न्युनतम
पुर्वाधारका विषयमा प्रारम्भिक छलफल समेत गरीसकेको छ । नेपाल सरकार संघिय
स्वास्थ्य मन्त्रालयले प्रारम्भिक कार्यकालागी लमही नगरपालिकालाइ यो बर्ष ५० लाख
रुपैया उपलव्ध गराइसकेको छ । यो विषयमा लमही नगरपालिकाका कार्यकारी
कुलवहादुर केसी र स्वास्थ्य मन्त्रालयका अनुगमन अधिकारीहरुबीच प्रारम्भिक छलफल
अघिल्लो साता भएको थियो ।
‘संघिय सरकारले त्यो बजेट लमही नगरपालिकामा पठाइसकेको छ, प्रारम्भिक काम
सहित गुरुयोजना बनाएर छिटोभन्दा छिटो मन्त्रालयमा पठाउन आग्रह गरेका
छौं’—स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखा प्रमुख डा देवकोटा भन्छन्, ट्रमा
हस्पीटल निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भैसक्यो । झण्डै दशकदेखि
यसकालागी केन्द्रमा पहल भैरहेपनि केन्द्रिय कार्यक्रममा पर्न सकेको थिएन ।
नेपाल सरकारले राजमार्गमा हुने दुर्घटनाका विरामीहरुलाइ लक्षित गरी ट्रमा
हस्पीटल निर्माण सुरु गरेको हो । अस्पताल सन्चालन भए जस्तोसुकै गम्भीर
दुर्घटनाका विरामीलाइ पनि सोहि अस्पतालमै उपचार सम्भव हुने बताइन्छ ।

SPONSORED

क्या दामी च्यावनप्रास
विजौरी(दाङ),२९ माघ । ‘क्या दामी च्यावनप्रास, डावरको भन्दा झन मिठो,
झनै ताजा र अर्गानिक’ नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यपिठ विजौरीमा
कविराज पढ्ने विद्यार्थिहरुले बनाएको च्यावनप्रासको स्वाद लिंदै नागरीक समाज
दाङका सल्लाहकार टिकाराम रेग्मीले भन्दै थिए । यसको व्यवसायीकरण हुन सके
यहांको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने थियो ।
जनता विद्यापिठमा आयुर्वेद चिकित्सा अन्तर्गत प्रमाणपत्र तह कविराज पढ्ने
दोस्रो र तेस्रो बर्षका विद्यार्थिहरुले मंगलवार आफैले बनाएको च्यावनप्रास
प्रदर्शनसंगै सहभागि पाहुनाहरुलाइ स्वाद पनि चखाएका छन् । यस अघि विद्यापिठमा
करीव १७ बर्षपछि पहिलो पटक क्याम्पसमा च्यावनप्रास बनाइएको थियो । त्यसपछि
यो दोस्रो प्रयास हो । क्याम्पसले विभागिय कार्यक्रम अन्तर्गत एक औपचारीक
कार्यक्रमको आयोजना गरी विद्यार्थिले बनाएको च्यावनप्रास सार्वजनिक गरेको
हो । आयुर्वेद चिकित्सा कविराज तहमा दोस्रो बर्षमा पढ्ने २६ जना
विद्यार्थिहरु र तेस्रो बर्षमा पढ्ने ३८ गरी जम्मा ६४ जना विद्यार्थिहरुको
सामुहिक प्रयासले च्यावनप्रास निर्माण सम्भव भएको हो ।
दाङ जिल्लामै उपलव्ध १६ प्रकारका जडिबुटि र भारतीय बजारबाट ल्याइएका २३
प्रकारका जडिबुटि र केहि रसायनको सम्मिश्रणबाट च्यावनप्रास बनाइएको हो ।
यसकालागी ति विद्यार्थिहरुलाइ झण्डै डेढ महिना लागेको कविराज तेस्रो बर्षमा
अध्ययनरत विद्यार्थि मिलन आचार्यले बताएका छन् । रस सास्ध अन्तर्गत प्रयोगात्मक
अभ्यासका क्रममा ती विद्यार्थिहरुले प्रति विद्यार्थि ६ सय रुपैया चियाखर्च कटाएर
जडिबुटि किन्न जम्मा गरेका थिए । ‘पकाउने दाउरा र जनश्रम वाहेक च्यावनप्रास
बनाउने द्रव्य बनाउन मात्रै ९० हजार रुपैया लागेको थियो । यसले उनीहरुले १ सय
८० केजी च्यावनप्रास बनाएका छन् । बजारमुल्य ११ सय रुपैया पर्ने भएपनि नमुना र
मेहनत उठाउन लागत मुल्य मात्रै अर्थात प्रति केजी ६ सय रुपैयामा विक्रि गर्ने
योजना पनि विद्यार्थिहरुले बुनेका छन् । च्यावनप्रासमा वहुमुल्य चांदिवर्क र
मकरध्वज सवैभन्दा महंगा जैविक रसायन हुन् ।
विद्यार्थिहरुलाइ च्यावनप्रास बनाउन आयुर्वेद चिकित्साका वरीष्ठ रसशास्त्री प्राध्यापक
डा सुनिल कुमारले गाइड गरेका थिए । रसशास्त्रका मुख्य विशेषज्ञ तथा आयुर्वेद
अध्ययन संस्थान, आयुर्वेद क्याम्पसका प्राचार्य समेत रहेका सुनिल कुमारले
भारतीय बजारबाट यहां नपाइने जडिबुटि ल्याएर विद्यार्थिलाइ च्यावनप्रास बनाउन
सिकाएका थिए । यसकालागी कम्तिमा कम्तिमा डेढ महिना बढि समय लागेको थियो ।
प्रयोगात्मक अभ्यासका क्रममा निर्माण भएको च्यावनप्रासको ब्राण्ड भने दिइएको
छैन । आयुर्वेद अध्ययनरत विद्यार्थि विजौरीद्धारा निर्मित मात्रै भनिएको छ ।
क्यामपस प्रमुख माधव अधिकारीको अध्यक्षतामा भएको च्यावनप्रास प्रदर्शन तथा
जानकारी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख
घनश्याम पाण्डेले च्यावनप्रासको व्यावसायीक प्रवद्र्धनकालागी उपमहानगरपालिकाले
सहयोग गर्ने घोषणा गरे । ‘तपाइहरुले व्यवसायीक रुपमा उत्पादन गर्न सक्नुहुन्छ
भने यसै बर्ष कम्तिमा १० लाख रुपैया आर्थिक सहयोग र तपाइले उत्पादन गरेको
१० क्वीण्टल च्यावनप्रास उपमहानगरपालिकाले खरीद गरीदिन्छ’, प्रमुख अतिथि
पाण्डेले भने । यहांबाट खरीद गरेको च्यावनप्रास उपमहानगरपालिकाले ज्येष्ठ
नागरीक र सुत्केरी महिलालाइ निशुल्क वितरण गर्ने पनि पाण्डेले बताए । ‘मलाइ
तुलसी दुनाटपरी उद्योगको दुनामा राखेर विजौरीमा उत्पादन भएको च्यावनप्रास
खाने रहर छ’, पाण्डेले भने, यसकालागी तपाइलाइ आवस्यक पर्ने सवै जडिबुटिका
विरुवा उपमहानगरपालिकाले जुटाइदिने छ । अहिले नेपालले वहुमुल्य
जडिबुटिहरुलाइ टनमा भारत चिनमा बेच्ने र त्यसैबाट बनेका औषधिहरु ग्राममा
नेपालमा किन्ने परीपार्टिको अन्तगर्न जडिबुटि प्रदर्शन उद्योगको आवस्यकता
भएको पनि औल्याए ।
कर्यक्रममा च्यावनप्रासका वारे प्रस्तुतीकरण देखाउंदै प्रा डा शुनिल कुमारले
च्यावनप्रास मानव शरीरमा बुढ्यौली आउन नदिने रोग प्रतिरोधात्मक बस्तु
भएको उल्लेख गर्दै यसमा नेपालमा पाइने अमलाको अधिक प्रयोग हुने बताए । ५
हजार बर्ष पुरानो च्यावनप्रासलाइ केहिले औषधिका रुपमा तथा केहिले टनिकका
रुपमा पनि प्रयोग गर्न सक्ने बताए । यहां निर्मित च्यावनप्रासमा कुनैपनि
प्रिजर्भेण्टिभको मिश्रण गरीएको छैन । यसलाइ मानव शरीरका इन्द्रिय आनन्दित
हुने अचुक दवाइका रुपमा पनि लिइंदै आएको छ । नेपालमा यसको व्यवसायीक
उत्पादन सिहदरवार बैद्यखानाले मात्रै गर्दै आएको छ भने यहांको मागको मुख्य
बजार डावर च्यावनप्रासले दिंदै आएको छ ।
कर्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन प्राडा
सन्जय पोखरेलले आयुर्वेद चिकित्सा ‘टाइमटेष्टेड’ विज्ञान भएको बताउंदै
आयुर्वेदको माध्यमबाट स्वास्थ्यमा समृद्धिसंगै मुलुकको आयुर्वेदिक पहिचानलाइ
विश्वव्यापी बनाउन सकिने बताए । ‘सरकारले आयुर्वेदको क्षेत्रमा चाहिनेजति
सहयोग गरेको छ, तर यहां हाम्रो तर्फबाट प्रतिफल दिने काम हुन सकेको
छैन’ पोखरेलले भने, सरकारले बोटानिकल गार्डेनकालागी बर्षदिन पहिले
दिएको एक करोड रुपैया पनि विश्वविद्यालयले चलाउन सकेको छैन ।
आयुर्वेद विभागका कार्यक्रम संयोजक डा मनोज अधिकारीको स्वागत मन्तव्यबाट
सुरु भएको कार्यक्रममा विद्यार्थिहरुका तर्फबाट दिपेश आचार्य, दिपा रावतले
मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण आयुर्वेद विद्यपिठ विजौरीका
सहायक प्रशासक विरेन्द्र चन्दले गरेका थिए ।

SPONSORED

SPONSORED