सर्रा–सौडियार सडक असोजदेखि कालोपत्रे हुने

दाङ, साउन ३० । एक आर्थिक वर्ष पुरा गरीसक्दासमेत सार्वजनिक सुनुवाइ नगरेपछि चौतर्फी आलोचना खेप्नु भएका घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ ।

आफुले एक वर्ष अवधिमा गरेका राम्रा कुराहरुको मात्रै प्रगति विवरण सार्वजनिक गरेका चौधरीले सुधार्नुपर्ने पक्ष र चुनौतिका कुराहरु कुनै उल्लेख गर्नु भएको छैन । सार्वजनिक प्रगति विवरणमा उनले सरकारको केन्द्रिय कार्यक्रम अनुसार घोराहीको सर्रा, सौडियार , ववई हुँदै धर्नासम्म जोड्ने सडक आफैले बजेट पारेकोसमेत दावि गर्नु भएको छ । यद्यपि, यो शहरी विकास मन्त्रालयले आफ्नो केन्द्रिय कार्यक्रम अनुसार सर्रा–सौडियार–धर्ना हुँदै जोड्ने ववई सडक र घोराही १० नारायणपुरको सडक एकैपटक कालोपत्रे हुन लागेको घोराही उपमहानगरपालिकाकि उपमेयर सिता न्यौपाने जानकारी दिनु भयो । ‘केन्द्रिय कार्यक्रम अनुसार हामिले घोराही उपमहानगरपालिकाकोतर्फवाट सर्रा–सौडियारको सडक, घोराही १० नारायणपुरको एउटा सडक गरेर थुप्रै सडकहरु चालु आवमा कालोपत्रे गर्नका लागि सिफारीस गरेका हौ–उपमेयर न्यौपानेले भन्नुभयो–उपमहानगले सबै ठाउमा सडक सञ्जाल विस्तार गर्ने प्रमुख उदेश्य राखेर यसअघि पनि कालोपत्रेका लागि प्रस्ताव भएपनि विभिन्न कारणले सर्रा–सौडियारको सडक कालोपत्रे हुन सकेको थिएन, हामि नेतृत्वमा आएपछि विभिन्न सडकहरुलाई केन्द्रिय कार्यक्रम अनुसार कालोपत्रे गर्न शहरी विकास मन्त्रालयलाई उपमहानगरकोतर्फवाट सिफारीस गरेका हौ’ ।

घोराही ७ का वडा अध्यक्ष चौधरीले सुधार्नुपर्ने पक्षभित्र सौडियार स्वास्थ्य चौकिको वर्षौदेखी अलपत्र रहेको प्रसुति गृह सञ्चालन र मावि सौडियारलाई प्राविधिक शिक्षालय बनाउने कुराको वारेमा ठोसरुपमा उल्लेख गर्नु भएको छैन् । वडाका सामाजिक परीचालक विमल योगिले वडा अध्यक्षकोतर्फवाट सार्वजनिक गरेको प्रगति विवरणमा कति योजना सम्पन्न भए, कति योजना सम्पन्न हुने चरणमा छन्, एक आर्थिक वर्षमा कतिले जन्मदर्ता बनाए, नागरीकताको सिफारीस कति जना लिए लगायतका थुप्रै कुराहरु छुटेका छन् । यद्यफि वडा अध्यक्ष चौधरीले नेतृत्व गरेको एक वर्ष पुगिसक्दासमेत उक्त वडाका सरोकारवाला सबैलाई राखेर अहीलेसम्म सार्वजनिक सुनुवाई गर्न नसकेको स्थानियवासिहरुले बताएका छन् । आफै पनि वडा अध्यक्ष चौधरी सहयोग समाज नेपालमा महत्वपुर्ण जिम्मेवारीमा रहदा सुसासन र पारदर्शिताको लामोसयम वकालत गर्दै आउनु भएको थियो । तर, आफु नेतृत्वमा आएपछि उहाले वडा कार्यालयभित्र मात्रै समिक्षामात्रै गर्नु भएको थियो । सुसासन र पारदर्शिताका लागि महत्वपुर्ण मानिने सार्वजनिक सुनुवाई नगरेपछि काग्रेसले आलोचना गर्दै आएको छ । त्यतिमात्र होइन्, प्राविधिक शिक्षालयका लागि छुट्याईएको ५० लाख बजेट अन्तरक्रीया र निरीक्षणमा सिद्धिएको छ । वडा अध्यक्ष चौधरीले प्राविधिक शिक्षालयका लागि पहल भइरहेको बताइरहदा प्राविधिक शिक्षालयका लागि यो आर्थिक वर्षमा बजेट नै नछुट्टीएको विद्यालयले जनाएको छ ।

यसैविच दाङको घोराही उपमहानगरपालिका वडानम्वर–१६ सर्रादेखि सौडियार, धर्ना हँुदै बबई पुलसम्मको सडक आगामी असोजदेखि कालोपत्रे हुने भएको छ । सडक कालोपत्रेका लागि ठेक्का लिएको रमण के।एस।जे।भी।कम्पनी कैलालीले असोजको पहिलो हप्तादेखि सडक कालोपत्रे गर्ने बताएको हो । घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालले घोराहीको सर्रा–सौडियार–धर्ना हुँदै ववई पुलसम्मको सडक वडा नं ७ को पहलमा मात्रै नभएको भन्दै सार्वजनिकरुपमा आलोचना गरेका छन् । उनले वडा नम्बर १६, ५ र ७ को पहल तथा समन्वयमा केन्द्रिय कार्यक्रम अनुसार उक्त सडक कालोपत्रे हुन लागेको जानकारी दिनु भयो । उहाले भन्नुभयो–‘कसैले गर्दा कालोपत्रे भयो भन्नु भन्दा हामि सबैको पहलमा यो सम्भव भएको हो, यसमा वडा नम्बर ७ को मात्रै भुमिका छैन्, वडा नम्बर १७, ५ र ७ को भुमिका र घोराही उपमहानगरसमेतको जोड हो, एउटा ब्यक्तिलाई केन्द्रित गर्दा राम्रो शन्देश जाँदैन’ ।

भदौको दोस्रो हप्ता कम्पनीको कार्यालय स्थापना गरी असोजदेखि सडक कालोपत्रे गर्ने कार्यको थालनी गरिने निर्माण कम्पनीले जानकारी दिएको छ । शहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिको नगर कार्यपालिकाको विगतदेखी नै कालोपत्रेका लागि प्रस्ताव गरीएपनि अड्किएको सर्रादेखि सौडियार, धर्ना हँुदै बबई पुलसम्म सडक कालोपत्रे गर्न भ्याट बाहेक ३५ करोड बजेट विनियोजन भएको वडा नं ५ का वडा अध्यक्ष दाहालले बताउनु भयो ।

स्थानीय तहको चुनावका समयमा काग्रेस, एमाले र माओवादि, राप्रपा लगायत सबै पार्टिले सर्रा सौडियार सडक कालोपत्रेलाई आफ्नो घोषणा पत्रमा पहिलो प्राथमिकतामा राखेको बताएका वडा अध्यक्ष दाहालले सडक कालोपत्रेका लागि बजेट हालिदिएर सहयोग गर्ने घोराही उपमहानगरसहीत सबैलाई धन्यवाद दिएक छन् । तीन वर्षभित्र काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । सडक कालोपत्रे हुने भएपछि धर्ना र सौडियार, सर्रालगायतका हजारांै नागरिकलाई घोराही आवतजावत गर्न सहज हुनेछ ।

सडक कालोपत्रे नहँुदा वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । जसका कारण सडक आसपासमा बसोवास गर्ने र हिडडुल गर्ने नागरिकले हैरानी व्यहोरिरहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिका–७ नम्वर वडा कार्यालय भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । आगामी असोजसम्म काम सक्ने गरी ठेकेदार कम्पनीले काम गरिरहेको छ ।

अहिले भित्ता पलस्तर र भुई ढलाईको काम भइरहेको छ । वडा कार्यालयको तीनकोठा, एउटा सभाहल, शौचालय, गेट र पर्खाल समेत निर्माणका लागि नगरपालिकाले ५७ लाखमा ठेक्का दिएको थियो । ठेकेदारले भने अनुसार काम भए आगामी असोजभित्रै नयाँ भवनबाट काम थालिने वडाध्यक्ष चौधरीले बताउनुभयो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडानम्वर–७ ले गत आर्थिक वर्षमा करिव २० किलोमिटर सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेको छ । सडकलाई पहिलो प्राथमिकता राखी गत आ।व।२०७४र०७५ मातयार गरिएको बजेटबाट वडाका विभिन्न टोलमा सडकको स्तरोन्नति तथा सडक नपुगेको ठाउँमा नयाँ ट्रयाक खोलिएको वडाध्यक्ष खोपीराम चौधरीले जानकारी दिनुभयो ।

बिगतका वर्षमा सडकले नछोएका र साँघुरा सडकलाई चौडा गरी बाह्रै महिना यातायात सञ्चालन गर्ने गरी काम गरिएको उहाँको भनाई छ । घोराही उपमहानगरपालिकाको सहयोगमा वडाले गतवर्ष तल्लो दामोदर सडकलाई चौडा बनाउने, ह्यूम पाइप राख्ने र ग्राभेलिङ गर्ने कार्य सम्पन्न गरेको थियो । यद्यपी वजेट अपुगका कारण सो सडकमा पुरै ग्राभेल गर्न नसकिएको र यस वर्ष ग्राभेल गर्ने वडाध्यक्ष चौधरीको भनाई रहेको छ ।

यस्तै कनरियादेखि हनरिया हँुदै सिसहनिया नापी डाँडासम्मको सडकलाई चौडा गरी ग्राभेल गरिएको छ । भने डवरगाउँ, सौडियार, भैसहवा, राजपुरलगायत स्थानमा सडकको नयाँ ट्याक खोलिएको थियो । प्रत्येक वर्ष एक क्षेत्रलाई प्राथमिकता राखी काम गर्ने वडाको निर्णय अनुसार गतवर्ष सडकका धेरै काम गरिएको भए पनि सिँचाई, विद्युत, खानेपानी, सामाजिक विकासका काम पनि प¥याप्त मात्रामा गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यसका साथै चालु आ।व।२०७५र०७६ मा सिचाई र कृषिलाई प्रमुख प्राथमिकतामा राखी योजना बनाइएको छ । जसअन्तर्गत डवरगाउँ लिफ्ट सिचाईका लागि पाँच लाख, जवरपुर गनारी सिँचाईका लागि २ लाख ५० हजार, राजपुर भेरुवा बाँध निर्माणका लागि ३ लाख, घुस्रा सिचाई कुलोका लागी २ लाख, हनरिया लिफ्ट सिचाईका लागि तीन लाख बिनियोजन गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँका अनुसार साना सिचाई, सडक ग्राभेल, सामुदायिक विद्यालयको शैक्षिक सुधारलगायतका क्षेत्रमा पनिउल्लेख्य मात्रामा बजेट बिनियोजन गरिएको छ । वडाध्यक्ष चौधरीले मावि सौडियारमा प्राविधिक शिक्षा सञ्चालनका लागि पनि पहल भैरहेको छ । पहिलो चरणमा विद्यालयमा प्राविधिक कक्षा सञ्चालनको आवश्यकता छ, छैन भनि सरोकारवालासँग छलफल र प्राविधिकशिक्षा सञ्चालन गरिरहेको, विद्यालयसँग छलफल गरी सुझाव संकलन गरिएको र आगामी दिनमा प्राविधिक कक्षा नै सञ्चालन हुने गरी काम थालिएको छ । जसका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासनसँग समन्वय गरी काम भइरहेको छ ।