36985540_943558605829211_6144660254115233792_n
दाङ ।  नेपाल सञ्जीवनी ई. अफ हेल्थ साइन्स प्रा लि.को बिदाई कार्यक्रम सम्पन्न भएको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरी सञ्जिवनी नर्सिंङमा अध्ययनरत तेस्रो वर्षका विद्यार्थीहरुलाई बिदाई गरीएको हो ।

कार्यक्रमलाई उत्साहित बनाउन प्रथम तथा दोश्रो श्रेणीका विद्यार्थीहरुले कार्यक्रममा सांगीतिक र मनोरञ्जनात्मको खेलको आयोजना गरेका थिए । सांगीतिक कार्यक्रममा चिज रोकामगर,मदिना मियां,चांदनी घर्तीमगर लगायतले आफ्नो प्रस्तुति पेस गरेका थिए । सञ्जीवनी नर्सिंङमा तीन वर्षको अनुभवहरुलाई उत्साहित हुदै तेस्रो वर्षका आस्था देवकोटाले आफ्नो अनुभवलाई प्रस्तुत गर्नु भएको थियो ।

सञ्जीवनी कलेजले लगनशीलता,उच्च शिक्षा,क्षमता प्रदान गरेको छ ,त्यसैले सञ्जीवनी कलेज प्रति आभार प्रकट गर्दै पहिलो र दोश्रो वर्षका विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्नुका साथै देवकोटाले शिक्षालाई लगनशीलताको एकदमै आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा राप्ती पोस्टका सम्पादक शरद अधिकारी,गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक सुलोचना गौतम,नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन,सञ्जीवनी नर्सिंङका प्राध्यापिका बिनु न्यौपाने,सञ्जीवनी नर्सिङ कलेजका सञ्चालक खड्ग बुढाथोकी लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा कलेजका प्राध्यापिका बिनु न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने अध्ययनरत गीता खड्काले स्वागत मन्तव्य रख्नु भएको थियो । सञ्जीवनी नर्सिंङका सँचालक खड्ग बुढाथोकी अध्यक्षतमा भएको उक्त बिदाई कार्यक्रमको सहजीकरण मदिना मियांले गर्नु भएको थियो ।

सञ्जीवनि नर्सिङ कलेजले एच ए को कक्षा पनि सुरु गरेको छ । ४० जनाको कोटा पाएको कलेजका डाइरेक्टर खड्ग बुढाथोकिले जानकारी दिनु भयो ।