अश्वार स्कुललाई सांसद वलीकोे साढे ५५ हजार सहयोग

२०७५ माघ ९, बुधबार १८:१५ मा प्रकाशित

दाङ । प्राबिधिक शिक्षालय निर्माणकालागी मावि अश्वारामा लगाइएको धार्मिक महायज्ञ तथा शैक्षिक महोत्सवमा प्रदेश सांसद उत्तरकुमार वलीले ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गर्नुभएको छ ।

आज महोत्सव स्थलमा पुगेर सांसद वलीले उक्त रकम दिनुभएको हो । महोत्सवलाई सम्बोधन गर्दै सांसद वलीले सरकारी र निजि बिद्यालय बीचको खाडल पुर्न आफू सधैँ सक्रिय हुने बताउनुभयो । सामुदायिक बिद्यालयको शैक्षिक स्तर सुर्धान प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउने उहाँको भनाई छ । अबको केही बर्षमा सामुदायिक बिद्यालयमा भर्ना गर्नेको लहर आउने किसीमले शीक्षा नीती तर्जुमा गर्ने उहाँले बताउनुभयो । प्रत्येक सामुदायिक बिद्यालयलमा प्राबिधिक शिक्षा लागु गरेर बेरोजगारीको समस्यालाई अन्त्य गर्ने साँसद वलीले बताउनुभयो ।

शैक्षिक महोत्सवलाई राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितीका अध्यक्ष सुरेस हमालले २१ हजार रुपैँया सहयोग गर्नुभएको छ ।