सहयोगार्थ महायज्ञको तयारी तिब्र

२०७५ पुष २६, बिहीबार २१:२५ मा प्रकाशित

घोराही, २६ पुुस
बराहक्षेत्र माध्यमिक विद्यालयको भौतिक पुर्वाधार सुुधार तथा प्राविधिक शिक्षा संचालनका लागि सहयोगार्थ हुुन लागेको महायज्ञको तयारी तिब्र पारिएको छ । घोराही उपमहानगरपालिका–१३ सेवार बनगाँउमा रहेको विद्यालयले यही माघ ३ गते देखि ११ गते सम्म संचालन गर्न थालेको महायज्ञको तयारी तिब्र परिएको हो ।

महायज्ञ सफल बनाउन दाताको पहिचान, विभिन्न शिक्षा संग सरोकावाला संघ भेटघाट एवं प्रचार प्रसार तिब्र पारिएको महायज्ञ मुल आयोजक समितिका संयोजक विमला योगीले जानकारी दिनुुभयो ।

SPONSORED

महायज्ञ संचालनका लागि घोराहीको कर्मचारी मिलन केन्द्र महायज्ञस्थल सरसफाई अन्य कामहरु भईरहेको उहाँले बताउनुुभयो । मुुल आयोजक समितिले आज घोराहीमा पत्रकार भेटघाट गरेर शिक्षाको विकासका लागि महायज्ञ सफल बनाउन सबैमा आग्रह गर्नुुभएको छ ।

SPONSORED

मुुल समिति संयोजक केसीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा विद्यालयका प्रधानाध्यापक बाल्मी केसी, प्रध्यापक अर्जुुनकुुमार बुुढाथोकी, महायज्ञ उपसमितिका संचार संयोजक विष्णुु आर्टले महायज्ञ सफल गर्न सबैमा आग्रह गर्नुुभयो ।

SPONSORED