सिभिल बैंक घोराही शाखाद्वारा आफ्नो ८ औ बार्षिकोत्सबमा माबी झिङ्निमा छात्रवृत्ति प्रदान

२०७५ पुष ११, बुधबार २३:०२ मा प्रकाशित

घोराही, पुस ११ । सिभिल बैक घोराही शाखाले आफ्नो ८ औ बार्षिकोत्सबको अवसरमा घोराही ३ स्थित मावि झीङ्नि वन्जारी विद्यालयमा छात्रबृत्ति प्रदान गरेको छ ।

विहिवार विद्यालयमा एक कार्यक्रमका विच छात्रबृत्ति रकम बैँकले विद्यार्थिलाई हस्तान्तरण गरेको हो । सामाजीक उत्तरदायित्व बहन गर्नेक्रममा माबी झिङ्नि बिद्यालयकि कक्षा १० कि छात्रा सुनिता कुमाललाई छात्रवृत्ति बाफतको ५ हजाररुपैयाको चेक हस्तान्तरण गरेको छ । बैंकका ब्रान्च म्यानेजर बिनय कुमार न्यौपाने, बैकका ब्यबस्थापक शशि केसि, कर्जा शाखा प्रमुख आरती केसिसहितको बैंकको टोलिले सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश चन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जागरण अनलाइनका सम्पादक निशानदाजु भट्टराई, विद्यालयका प्रधानाध्यापक कृष्णप्रशाद अधिकारी लगायतले बैँकले सामाजिक उत्तरदायित्कव वहन गर्नेक्रममा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई छनौट गरेकोमा बैक परीवारलाई धन्यवाद दिदै आउदा दिनमा थप सहयोग बढाउने विश्वास ब्यक्त गरेका थिए ।

SPONSORED