दाङ
४ पुस/दाङमा तराई मधेस समृद्धि कार्यक्रमका लागि १६ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १६ वटा योजनाका लागि ७ करोड ७५ लाख बजेट छुट्याईएको छ । सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेस समृद्धि कार्यक्रम लागू गरेको छ ।

तराई–मधेसमा बसोवास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो ।

SPONSORED

जसमा शक्ति प्राबि लमहीलाई ५० लाख, दलित सचेतनाको लागि भवन निर्माण लमहीका लागि ३० लाख, जनता उच्च माबि गढवाका लागि ७० लाख, साधारण माबि गंगदी राजपुर भवन निर्माणका लागि ४० लाख, जनज्योती माबि बेला राजपुर भवन निर्माणका लागि ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरका लागि ४० लाख बजेट परेको छ ।

थारू संस्कृति भवन निर्माण राप्ती गाउँपालिकाका लागि ५० लाख, अस्पताल भवन निर्माण राप्ती गाउँपालिकाका लागि २५ लाख, साबिक धर्नाको नैनावारमा थारू महिला भवन निर्माण गर्न ३० लाख, घोराही उपमहानगरपालिकामा मुक्त कम्लहरी भवन निर्माण गर्न ८० लाख, स्वास्थ्य चौकी भवन निर्माण गर्न घोराही उपमहानगरपालिका १,३ र ८ वडाको लागि ५० लाख बजेट विनियोजन भएको उनले जानकारी दिए ।

यसै गरेर हाटबजार पूर्वाधार निर्माण घोराही उपमहानगरपालिकामा ५० लाख, प्राबि तिमिले बङ्गलाचुली भवन निर्माणका लागि ३० लाख, आधारभूत बिद्यालय कडुले बङ्गलाचुली भवन निर्माण गर्न ४० लाख, तरकारी तथा फलफूल बजार भौतिक पूर्वाधार तुलसीपुर उपमहानगरपालिका ६ का लागि १ करोड र राजापुर कपडादेबी थारू गाउँ हुँदै एयरपोर्ट सुकुमबासीटोल सडक कालोपत्रे तुलसीपुरका लागि ५० लाख बजेट पारेको उनले जानकारी दिए ।

SPONSORED

साथै प्रतिनिधिसभा सदस्य मेटमनी चौधरीले थप महत्वपूर्ण योजनाको लागि प्रयास भइरहेको भन्दैसाबिक राजपुर गाउँपालिकामा तुलनात्मक रूपमा अलि धेरै वजेट पारिएको दावी गरे ।

यसैविच तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तरगत दाङवाट परेका सबै सडक खण्डमा १ करोडको दरले वजेट परेको छ । जस अन्तर्गत दाँङ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कालाकाँटे– गोठुवा राजपुर सडक खण्ड अन्तर्गत (घोराहा मानपुर हुँदै मकनहवा झारबैरा हुँदे कान्छि गाँउ भएर सेमरि सम्म पुग्ने बाटोको लागि १ करोड, पूर्व पश्चिम राजमार्गबाट भालुबाङ ( सिसहनिया हुँदै रनियापुर बुट्कहवा भएर घुमना हुँदै सेमरहवा बलरामपुरमा लमहि ( कोइलाबास जोड्ने बाटोसम्म) का लागि १ करोड, धारपानि गोग्लि डाँडागाँउ हुँदै सवारिकोटसम्मका लागि १ करोड, भैसाहि डाँडागाँउ हाँसिपुर हुँदै प्यूठानको वडडाँडा सम्मका लागि १ करोड, भौवा नाका ( भाउनेपुर कुसुम सडक) का लागि १ करोड, सिर्सिया नाका( किरनि–बेला सडकका लागि १ करोड, कुइरेपानि–तुल्सिपुर सडकका लागि १ करोड बजेट विनियोजन गरीएको सांसद मेटमणि चौधरीले जानकारी दीए । उनले कालाकाँटे–गोठुवा सडक खण्ड अन्तर्गतको सडक खण्डमा टेण्डर खोल्ने तयारि ४ वर्ष भित्र कालोपत्रे गरिसक्ने नेपाल सरकारको योजना रहेको पनि बताए । साथै चौधरीले सबै सडक खण्डको लागि सडक डिभिजन कार्यलय दाँङमा पैसा पठाइसकिएको र अबको केहि दिनभित्र सबै सडक खण्डको लागि टेण्डर खोल्ने तयारि भइरहेको पनि जानकारी दिए ।