सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमा : निर्माण महासंघ

२०७५ मंसिर २४, सोमबार १७:४५ मा प्रकाशित

काठमाडौँ, २४ मंसिर । संघीय (केन्द्रिय), प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय नहुँदा देशभरका निर्माण व्यवसायीहरु ठूलो मारमा परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघले विभिन्न तहका सरकारबीच समन्वय नहुँदा संघीय सरकारले सम्झौता गरी संचालनमा रहेका सडक, भवन, पुललगायतका परियोजनाहरुको भुक्तानीमा अन्यौल देखिएको र त्यसको ठूलो मार निर्माण व्यवसायीलाई परेको बताएको हो ।

SPONSORED

पछिल्लो समय भुक्तानीको समयमा संघीय सरकारले प्रदेश तथा प्रदेश सरकारले संघीय सरकारलाई देखाउँदा ठूलो अलमलको अवस्था सिर्जना भएको महासंघका महासचिव रोशन दाहालद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै अन्यौलकाबीच परियोजनाहरुको निर्माणमा ढिलाई हुँदा दोषीको भागिदार भने निर्माण व्यवसायीलाई मात्र बनाइने गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।

SPONSORED

हाल आएर निर्माण व्यवसायीहरुले जारी गरेको बैंक ग्यारेण्टी समेत केन्द्र वा प्रदेश कुन सरकारको नाममा हुने भन्ने द्विविधा उत्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । केन्द्रीय स्तरका परियोजना निर्माणका लागि हाल प्रदेश सरकार सबल नभएको अवस्थामा समस्या समाधानका लागि परियोजनाहरु सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म सम्झौता भएको निकाय केन्द्रीय सरकारबाट नै व्यवस्थापनका लागि महासंघले माग गरेको छ ।

SPONSORED

देशभरका करिब १५ हजार भन्दा बढी सदस्यहरु रहेको महासंघ निर्माण व्यवसायीहरुको मात्र नभई तमाम विकास निर्माण कार्यको जिम्मा लिएका, लिने व्यवसायीहरुको समेत छाता संगठन हो भन्दै विज्ञप्तिमा पूँजीगत खर्चको राष्ट्रको बजेटको ६५ प्रतिशत खर्च गर्ने यस क्षेत्रलाई व्यवस्थित नबनाइँदासम्म विकास सम्भव नभएको गरिएको छ