प्रदेश नम्बर ५ का दुई सय बढि निर्माण ब्यवसायिहरु घोराहीमा, भोलिदेखी प्रथम साधारण सभा तथा अधिवेशन सुरु

२०७५ मंसिर १२, बुधबार १८:५४ मा प्रकाशित

रीता लामा

विभिन्न नयाँ योजनाको साथ निर्माण व्यवसायी संघको प्रदेश स्तरिय भेला दाङ हुने भएको छ । देशमा संघियता लागु भएसँगै निमार्ण व्यवसायी समितीको प्रदेश स्तरिय समिती गत माघ महिनामा गठन भएको थियो । समिती गठन भएको दश महिना भित्र निर्माण व्यवसायी समिती पाँच नम्वर प्रदेशले प्रदेश स्तरिय भेला गर्न लागेको हो ।


निर्माण व्यवसायी समिती पाँच नम्वर प्रदेश पदाधिकारीहरुले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी गराएका हुन । पत्रकार सम्मेलनमा बोल्दै समितीका प्रदेश प्रमुख बलिभद्र रानाले पछिल्लो समयमा विकासे काममा हुदै गरेको ढिला सुस्तीले व्यवसायीको गरिमा माथि आच पुगिरहेको भन्दै त्यसलाई व्यवस्थीत गर्नका लागि पनि आफुहरुले प्रदेश स्तरको भेला गर्न लागेको जानकारी दिए ।

साथै उनले ठेक्काको कामलाई व्यवस्थित बनाउन, निर्माणको काम गर्नेलाई समाज र देशप्रति जिम्मेवार बनाउनको लागि भेलाले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले अव आफुहरुले प्रदेश सरकारसँग मिलेर निर्माणको काम गर्नेलाई व्यवस्थित गराउने खालको कानुन निर्माणको तयारीमा रहेको र सोही अनुरुपको ऐजेन्डा पनि विहिवार घोराहीमा हुने कार्यक्रममा प्रस्तुत गरिने जानकारी गराए ।

‘हामीले व्यवसायीलाई राजनीति मुक्त गराइ सामाजिक सेवामा समर्पित गराउन लागेका छौ ।’ उनले भने ‘राजनीति गर्नको लागि अन्य बाटाहरु छन हामीले त निर्माण र विकासको काम गर्ने हो ।’

साथै उनले अव निश्चित हैसिएत भएकालाई मात्र व्यवसायमा आउने वातवरणको सिर्जना हुने बताए । अहिले जतातजै छयाप्छयाप्ती निर्माण व्यवसायी बन्नेको होड चलेको हुदाँ उनीहरुलाई निश्चित दायरामा ल्याउने तयारी आफुहरुको गरको बताए । अव निर्माणको काम गर्नको लागि जिल्लाको निर्माण व्यवसायीमा दर्ता भएको, नविकरण भएको र जिल्लाले सिफारिस दिएमा मात्रै काम गर्न पाउने नियम निर्माण गरिने उनले बताए ।

यस्तै भेलाले दुइ करोडसम्मको योजना जिल्लाका व्यवसायीले मात्र गर्न पाउने, १५ करोडसम्मको योजना प्रदेशभरीका व्यवसायीले गर्न पाउने र ३५करोडसम्मको योजना देशभरीका व्यवसायीले गर्नपाउने तर जिल्लाको कुनै पनि निर्माण व्यवसायसँग सहकार्यमा काम गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु गर्ने उनले सुनाए ।

कार्यक्रमलाई प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंखर पोखरेलले उत्घाटन गर्नेछन भने निर्माण व्यवसायी समितीका केन्द्रिय अध्यक्ष र अन्य पदाधिकारीहरुको पनि सहभागिता रहने छ । भेलामा प्रदेश नम्वर पाँचका १२ वटा जिल्लाका करिव दुइ सय निर्माण व्यवसायी र सुरक्षाकर्मी, संचारकर्मी र आमन्त्रीत पाहुना गरि करिव तीन सय जना सहभागि हुने आयोजकले बताएको छ । घोराहीको होटेल माला इनमा विहिवार विहान साढे नौ बजे देखि सुरु हुने कार्यक्रममा समितीले सबैलाई सहभागि हुनको लागि अनुरोध समेत गरेको छ ।

निर्माण व्यवसायी प्रदेश समिती गत २०७४ माघमा गठन भै गत जेठ महिना मै प्रदेश सरकारलाई विधान पेस गरेको थियो ।