औद्योगिक भ्रमण–विवादित गोवा भ्रमण,त्यसपछि अहिले जम्वो टोलि नैनिताल हुँदै दिल्ली टुर

२०७५ कार्तिक २८, बुधबार २०:२४ मा प्रकाशित

दाङ उवासंघको अघिल्लो गोपटक गोवा भ्रमण १७ सदस्यिय र अहिले टोलि २७ सदस्यिय जम्वो टोलि , गोवामा दाङ उवासंघको पदाधिकारी र सदस्य कोगोवा भ्रमण र अहिलेको उवासंघकै पदाधिकारी र सदस्य, राजनितिक दल, पत्रकारसहीतको टोलिको नैनिताल हुँदै दिल्ली टुर

दाङ उवासंघको दिल्ली टुरमा उवासंघकै महासचिव र कार्य समिति सदस्य नगएपछि हल्लीखल्ली

दाङ कार्तिक २८ ।  दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा सर्वपक्षिय, सर्वदलिय टोली विभिन्न स्थानको अवलोकनमा गएको आइतवार दाङ उवासंघको टोलि नैनिताल हुँदै दिल्ली जानेछ । उवासंघका अध्यक्ष नारायण भुसालको नेतृत्वमा जिल्लाका राजनितिक दलसमेतको सहभागिता टोलि अवलोकनमा निस्किएको हो , तर, टुरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव र कार्य समिति सदस्य गएका छैन् । महासचिव नरेश कार्कि र कार्य समिति सदस्य महेन्द्र बुढाथोकि उवासंघकै नेतृत्वमा जाने टोलिमा गएनन् ।

कार्य समिति सदस्य बुढाथोकिले आफ्नो घरायसी काम परेकाले टुरमा नगएको बताएका छन् । आइतवारदेखी एक साताका लागि संघको अगुवाईमा संघका कार्य समिति, पूर्व अध्यक्षहरु, जनप्रतिनिधी, राजनीतिक दल, पत्रकारसहितको टोली विभिन्न उद्योग वाणिज्य संघ, पन्तनगरस्थिति कृषि विश्वविद्यालय, कृषि उद्योग, कृषि फर्ममा अवलोकनका लागि जान लागेको छ ।

यसैगरी उक्त टोली नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा दिल्लीमा हुने इण्डिया इन्टरनेशनल टे«ड फेयरमा समेत सहभागि हुने कार्यक्रम तय गरिएको संघका अध्यक्ष नारायण भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अवलोकन भ्रमणकाक्रममा जिल्लामा उत्पादन हुने कच्चा पदार्थ प्रयोग गरेर खोल्न सकिने उद्योग कलकारखाना विषयमा पनि विशेष अध्ययन हुने बताइएको छ ।यसअघि औद्योगिक क्षेत्रको अवलोकनका लागि गोवा जादा उद्योग वाणिज्य संघ विवादमा तानिएको थियो । मेलावाट बचेको पैसामा संघको टोलि भारतिय विभिन्न औद्योगिक क्षेत्रको अवलोकन गरेर आएको भन्दै ब्यवसायिहरुको विचमा आलोचना निकै भएको थियो । यद्यपि, संघका पुर्व अध्यक्ष तथा पुर्व पदाधिकारीले नेपालभित्रैका राम्रा उद्योगहरुमै अवलोकनकैक्रममा जान सकिने भन्दै सुझाव दिएका थिए । अध्यक्ष भुसालको नेतृत्वमा दाङ उबासघका पदाधिकारि, सदस्य,राजनितिक दल, वडा अध्यक्षसहित जम्बो टोलि नैनिताल हुदै दिल्लि टुरमा निक्लिएको भ्रमण टोलि २७ सदस्यिय रहेको छ । भ्रमणमा जाने टोलिले प्रतिब्यक्ति ५ हजारका दरले उठाएका छन् । भ्रमणको खर्च ब्यक्तिगतरुपमा वेहोरेको बताएपनि टोलि अवलोकनवाट फर्केपछि यस विषयमा थाहा हुनेछ ।

उद्योग वाणिज्य संघका सदस्यले घुमाउरो पारामा ब्यङ्ग्यात्मकरुपमा भ्रमण वारे टिप्पणि पनि गरेका थिए । भ्रमण ब्यक्तिगतरुपमा भनिएतापनि उद्योग वाणिज्य संघवाट हिसावकिताव मिलाउन खोजे भ्रमणमा विवादमा पर्नेछ । अघिल्लो बर्षमा उबासघको मेलावाट बचेको रकम गोवा भ्रमणमा खर्च भएको कुरा सार्वजनिकरुपमा सञ्चारमाध्यममा आएको थियो । उद्योग वाणिज्य संघले यस अगाडि लगाएका विभिन्न महोत्सववाट लाखौरुपैयाँ संघको खातामा देखीन्छ । धेरैलाई कतै उद्योग वाणिज्य संघको पैसावाट हिसाव किताव मिलान गर्ने गरी दिल्ली टुर त भएको छैन भन्दै विभिन्न शंका उपशंका भइरहेका छन् । यो भन्दा अगाडिको गोवा भ्रमणमा पत्रकार, राजनितिक दल र वडा अध्यक्ष सहभागि थिएनन् । अहिले भ्रमण विवादमा नआओस भन्नका लागि पत्रकार र राजनितिक दलसमेत सहभागि गराईएको छ ।

अघिल्लो पटक गोवा भ्रमणको वारेमा यस्ता समाचार आएका थिए

सभागृह बनाउने पैसाले गोवामा मोजमस्ती गरेपछि उद्योग वाणिज्य संघ दाङमा ठूलो विवाद
दाङ। दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले केही दिनअघि भारत भ्रमण गरेको विषय आलोचित बनेको छ ।

औद्योगिक क्षेत्रको अध्ययन अवलोकन भ्रमण गर्नुपर्नेमा गोवामा लाखौँ रकम सिध्याएको भन्दै दाङका स्थानीय व्यवसायीहरू आक्रोशित भएका हुन् । संघका पदाधिकारी, पूर्वअध्यक्ष तथा कर्मचारीसहितको १७ सदस्यीय टोलीले कात्तिक १८ देखि ३० गतेसम्म भारतको हैदराबाद , मुम्बई र गोवाको भ्रमण गरेको थियो ।

संघमा आबद्ध सरोकारवालाले भ्रमणपूर्व नेपालका औद्योगिक क्षेत्रको अध्ययनका लागि जाने र नजानेवीच बिबाद पनि भएको थियो । बिबाद हुँदाहुँदै वर्तमान कार्यसमितिले निर्णय गरेर गोवा भ्रमणमा निस्किएको थियो ।

‘जाने नै भए नेपालका औद्योगिक क्षेत्रको अध्ययन अवलोकनमा जाँउ भनेर मैले भनेको हुँ’, संघका पूर्वअध्यक्ष चन्द्रराज पन्तले भने, ‘तर उहाँहरू भारत भ्रमणमा जानुभए छ ।’

संघका उद्योग उपाध्यक्ष खडग बुढाथोकी, सचिव सुशील प्रकाश आचार्य र अन्य दुई सदस्य बाहेक कार्यसमितिका सबै पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य र कर्मचारीहरू भ्रमणमा गएका थिए ।

भ्रमणका क्रममा बहुउद्देस्यीय सभागृह बनाउने भनी संकलन गरिएको पैसा टोलीले सिध्याएको छ । टोलीले करीव १२ लाख बराबर रकम भारत भ्रमण गरेर सिध्याएको आरोप छ ।

संघका तर्फबाट प्रतिव्यक्ति २५ हजार र र अन्य खर्च व्यक्तिगत रुपमा व्यहोर्ने गरी खर्च गरिएको हो । सभागृह निर्माण गर्ने भनेर संकलन गरिएको करीव ५ लाख बराबरको रकम भ्रमणका क्रममा सिध्याइएको छ । सभागृह निर्माणका लागि अन्य क्षेत्रबाट रकम संकलन गरिरहेको संघको कार्यसमिति आफैले व्यक्तिगत नै भएपनि रकम खर्च गर्नु उपयुक्त नभएको व्यवसायीहरूको भनाई छ । ‘ सभागृह निर्माणका लागि अरु क्षेत्रमा हात फैलाउँदै हिँडनुपर्ने स्थिति छ’, एक व्यवसायीले भने, ‘संघको कार्यसमिति भने घुमघाम भन्दै पैसा सिध्याइरहेको छ ।’

संघले २०६५ सालदेखि वर्षेनि भ्रमणका नाममा यसरी रकम सिध्याउँदै आएको छ । तर यसपटक पहिलो पटक भारत भ्रमणमा गएर आलोचित भएको हो ।

बहुउद्देस्यीय सभागृह निर्माणका लागि संघले २ पटक बृहत औद्योगिक तथा व्यापारिक महोत्सव सम्पन्न गरिसकेको छ । पहिलो पटक २०६९ सालमा आयोजना गरिएको महोत्सवबाट ५१ लाख र गतवर्ष फागुनमा आयोजना गरिएको महोत्सवबाट २३ लाख संकलन भएको थियो ।

महोत्सवमा उल्लेख्य रकम संकलन गरेपनि बचतभन्दा खर्च बढी गरेको भन्दै व्यवसायीहरूले नेतृत्वको आलोचना गरेका थिए ।

करीव २ महिना स्थानीय बजारमा व्यापार ठप्प पारेर पुँजी भारत पलायन गराएको भन्दै व्यवसायीहरूले महोत्सवको आलोचना पनि गरेका थिए । ‘फेरि पनि व्यवसायी तथा महोत्सवबाट उठेको रकम भ्रमणका नाममा भारत पलायन गराइएको छ’, एक व्यवसायीले गुनासो गर्दै भने, ‘विना उद्देस्यले गरिने भ्रमणले पैसा मात्रै सकिन्छ । दाङलाई कुनै फाइदा पुगाउँदैन ।’

दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसालले आफूहरू सभागृहको पैसा खर्च गरेर भारत भ्रमण नगरेको दाबी गरे । उनले भने, ‘हामीविरुद्ध गलत प्रचार भइरहेको छ ।’ उनले भारतको गोवामा रहेका उद्योगहरूको अवलोकन गर्न गएको दाबी गरे ।