महायज्ञको आयव्यय सार्वजनीक, सुचना छपाइमा मात्रै एक लाख बढि खर्च, ३४ लाख आर्थिक संकलनमा १७ लाख बढि आम्दानि

२०७५ कार्तिक २८, बुधबार १९:२७ मा प्रकाशित

देवी भण्डारी,

घोराहीमा गत असोज १ गते देखि ९ गते सम्म सन्चालन भएको श्रीराम कथा धनधान्याञ्चल नमाह ज्ञान महायज्ञको आज आय व्यय सर्वजनिक गरीएको छ । प्रेरणाका लागी अभियान नेपाल दाङ,सत्संघ सेवा समितिको सयुतm आयोजनामा भएको महायज्ञमा कुल ३४ लाख २४ हजार ३ सय आर्थिक संकलन भएको छ ।

त्यस मध्य १६ लाख ४२हजार ७ सय ४ रुपैया खर्च भएको प्रेरणाका लागी अभियान नेपाल दाङका सचिव गुनाखर भुसालले जानकारी दिनु भएको छ । साथै महायज्ञवाट १७ लाख ,८१ हजार ५ सय ९६ रुपैया आम्दानी भएको छ ।

महायज्ञमा १ लाख ३५ हजारको जिन्सी सामान रहेको पनि सचिव भुसालले बताउनु भयो । मानसिक सन्तुलन गुमायका व्यतmीहरुका लागी घोेराहीको कुहिरेपानीमा निमार्णाधिन भवनको लागी महायज्ञ सञ्चालान गरिएको थियो ।

कुहिरेपानीमा ८ कोठे भवन निर्माण भईरहेको छ । उत्तः भवन निर्माणको लागी १ करोड ५० लाखको अनुमान गरिएको प्रेरणाका लागी अभियान नेपाल दाङका अध्यक्ष श्रीधर लम्सालले जानकारी दिनु भएको छ ।अहीले सम्म भवन निमार्णमा ६० लाख लगानी भएको र आगामी २०७६ बैशाख सम्म भवन निर्माण गरि मानसिक सन्तुलन गुमाएका व्यतिहरुलाई बसाल्न सुरु गरिने पत्रकार सम्मेलनमा लम्सालले जानकारी गराउनु भएको थियो ।
यस भवन निमार्णनमो लागी हाल सम्म घोराही उपमहानगारपालिकाले ५ लाख तथा घोराहीउपमहानगरपालिका वडा नं ४ बाट १ लाख ,जिल्ला समन्व्य समितिबाट १लाख सहयोग भएको छ । त्यस्ले अमेरिकास्थित नेपालिसंस्था हेल्थ पाउन्डेसनको २५ लाख सहयोग गरेको भोलानाथ योगीले जानकारी दिनु भएको छ ।

साथै मानसिक सन्तुलन गुमाएका व्यतिको लागी १ जना डाक्टर तथा नर्सको व्यबस्था गर्ने पनि हेल्थ फाउन्डेशनले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
यस्रैविच दाङमा अहिले २६ जना मानसिक रोगी भएको पनि त्यसअवसरमा जानकारी गराईएको थियो ।