जीवन नेपाली
दाङको बंगलाचुली गाउँपालिका ५ सुधामावी झेलनेटामा प्राविधिक शिक्षालय स्थापनका लागि जारी महायज्ञको छैठौं दिन आईतबार मात्रै ३९ लाख ५१ हजार २५ आर्थिक संकलन भएको छ ।

महायज्ञ मुल समारोह समितिका अनुसार अहिलेसम्म महायज्ञबाट १ करोड ४ लाख ३७ हजार ९ सय ६१ बराबरको आर्थिक संकलन भएको छ । आईतबार बंगलाचुली ५ मुर्कुटी घर भई हाल घोराही निवासी भिम बहादुर ओलीले सबैभन्दा धेरै २५ लाख ११ हजार १ सय ११ दान गर्ने वचन दिनु भएको छ ।

शिक्षा,धर्म संस्कृतिको जगेर्ना हाम्रो अभियान,संगीतमय ,लिलामय,महायज्ञमा सहभागी भक्त जनहरुको सम्मान भन्ने मुलनाराका साथ दाङको बंगलाचुली गाउँपालिकाको सुधा मावी झेलनेटामा प्राविधिक शिक्षालय स्थापनका गर्नका लागि महायज्ञ सुरुगरीएको हो ।

यहाँका अधिकासं विद्र्थी उच्चशिक्षा तथा प्राविधिक शिक्षा आर्जन गर्नकालागि बाहिरी जिल्ला एवं सदरमुकाम जानु पर्ने बाध्यता रहेको छ । सोही बाध्यतालाई हलगर्न अहिले यहाँका सरोकारवालाहरुले महायज्ञमार्फत प्राविधिक शिक्षालय स्थापना गर्न लागेका हुन् ।

महायज्ञमा दिन प्रतिदीन दानवीर तथा भक्तजनहरुको संख्यामा वृद्धि भएको छ ।

महायज्ञको प्रमुख कथा बाचक वाल योगेश्वर महाज रहनु भएको छ । सुधामावी झेलनेटामा प्राविधीक शिक्षलय स्थापना गर्नकालागि सुरु गरीएको माहायज्ञबाट ५कारोड बढि आर्थिक संकलन गर्ने लक्ष्य राखीएको छ ।