दाङ, असोज २० । । दाङ प्रवेशसंगै जिल्लामा हुने गुन्डागर्दी र प्रहरीभित्रको आर्थिक अनुशासनसंगै गैरकानुनी कार्य नियन्त्रणमा ल्याउने प्रतिवद्धता जाहेर गर्नु भएका दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्मा पोख्रेलले आाफ्नो पूर्व प्रतिवद्धता अनुसार काम कारवाही अगाडि बढाइरहनु भएको छ ।
प्रहरीको भुमिकालाई लिएर नागरिकले आंशका ब्यक्त गरिरहेको बेला नागरिकको आंशका चिर्नका लागि उहाँले गुन्डागर्दी, अवैध धन्दा र प्रहरीभित्रको आर्थिक पारदर्शितालाई संगठनको मुख्य कार्यक्रम बनाएर जिल्लाब्यापी रुपमा कार्यक्रम समेत गरिरहनु भएको छ ।

यसैक्रममा एसपी पोख्रेलले आफैले गैरकानुनी रुपमा मानिसहरुलाई विदेश पठाइरहेका म्यानपावर ब्यवसायीलाई खोजि गरी पक्राउ गर्न प्रहरीको विशेष टोली परीचालन गरेपछि जिल्लाको म्यान पावर ब्यवसायको क्षेत्रमा फेरी छुट्टै तरङ्ग उत्पन्न भएको छ । यसअगाडि दाङका तत्कालिन एसपि धिरजप्रताप सिँहले म्यानपावर ब्यवसायमा भइरहेको ठगि नियन्त्रण गर्न म्यानपावर ब्यवसाय माथि प्रहरी अप्रेसन चलाउनु भएको थियो । धेरै म्यानपावर ब्यवसाय दर्ता विना चलेपछि प्रहरीले अप्रेसन चलाएको आएको छ । बैदेशिक रोजगारकाक्रममा ठगिएकाहरुले प्रहरीमा गएर गुनासो गरेपछी फेरी म्यानपावर ब्यवसाय माथि प्रहरीले अप्रेसन चलाएको छ । अहिले जनगुनासोका आधारमा ठगि धन्दा चलाउने म्यानपावर ब्यवसायिको ठगिएको प्रमाण भेटिए आफुले मुद्धा चलाउनेसमेत उहाले चेतावानि दिनु भयो ।

प्रहरी कार्यालयमा विदेश पठाउने नाममा बर्षौदेखि पासपोर्ट र पैसा झुलाएको आरोपमा धमाधम पीडितहरुले उजुरी दिन थालेपछि प्रहरीले म्यानपावर ब्यवसायलाई प्रहरी निशानामा राखेको छ । यसअगाडि प्रहरीले दिउसै ओभरसिजका कार्यालयबाटै सम्बन्धित ओभरसिजका सञ्चालकलाई धमाधम पक्राउ गरेपछि उनीहरु लामोसमय सम्म कार्यालय बन्द गरेर सम्पर्क विहिन भएका थिए । सुसुप्त अवस्थामा रहेको यसलाई पुन निरुत्साहीत गर्न अहिलेका एसपि पोख्रेल कस्सिनु भएको छ ।
एसपी पोख्रेलले बैदेशिक रोजगार विभागवाट लाईसेन्स खारेज भइसकेको अवस्थामा पनि गैर कानुनिरुपमा विदेश पठाएको भेटिएमा सम्बन्धित म्यानपावर ब्यवसायिलाई पक्राउ गरी आवश्यक कारवाहिका लागि वैदेशिक रोजगार विभाग काठमाडौं पठाइनेसमेत जानकारी दिनु भयो ।
अवैधरुपमा विदेश पठाइरहेका म्यानपावर ब्यवसायि माथि कडारुपमा प्रस्तुत भएको दाङ प्रहरीले वैदेशिक रोजगार विभागबाट लाइसेन्स खारेज भइसकेको म्यानपावर ब्यवसायलाई आफ्नो गैरकानुनी कारोवार नगर्न भनेको छ ।
एसपी पोख्रेलले अन्य अबैधरुपमा विदृेश पठाउने म्यानपावर ब्यवसायीहरुको खोजी कार्य चलिरहेको जानकारी दिनुभयो