घोराही, असोज १९ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्रि दिपक गिरिले मुटुको क्यान्सर पीडित कलसिङ केसिको उपचारमा आबस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बबई गाउपालिका २ स्थित क्यान्सर पीडित केसीलाइ प्रत्यक्ष भेट गरि पुर्ब मन्त्री गिरिले उपचारमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने केसि परिवारलाइ जानकारी गराउनु भएको हो । साथै उहाले १० हजार रुपैयाँ सहयोग समेत गर्नुभएको थियो ।

उपचारारत केसिको उपचारका लागि २० लाख भन्दा बढी खर्च लाग्ने भएकाले सहयोग गर्न परिवारजन तथा कलसिङ बचाउ अभियान्ता झुपु छेत्रीले जानकारी दिनु भयो । गत बैशाखबाट पीडित कलसिङ्को उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । पुर्ब मन्त्री गिरि संगै काङ्ग्रेस नेताहरु खिम बहादुर वलि, होम प्रकाश गौतम, जनक प्रसाद खराल, सुरेश हमाल, बिरेन्द्र केसि, झुपु छेत्री लगायतले क्यान्सर पीडित कलसिङको स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भएको थियो ।