घोराही, असोज १५ । साविक सौडियार गाविस हाल घोराही ६ फचकपुरमा रहेको जागृति महीला बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।

सहकारी संस्थाकी अध्यक्ष हिरा योगिको अध्यक्षता एंव घोराही उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रेवबहादुर बुढाथोकिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि बुढाथोकिले सहकारी संस्थावाट नै मुलुकले समृद्धि हासिल गर्न सक्ने भन्दै सहकारी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको बताउनु भयो । उहाले महीलाहरुलाई संगठित गरेर स–सानो पुजिलाई एकिकृत गरेर सहकारी संस्था स्थापना गरेर नमुना योग्य काम गर्न जागृति महीला बचत तथा ऋण सहकारी संस्था सफल भएको चर्चा गर्दै स्थानिय जनप्रतिनिधि भएको हिसावले सहकारी क्षेत्रको विकासका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

सहकारी क्षेत्रलाई ऋण लिने र दिनेमा मात्र सिमित नगराई सहकारी संस्थामा संकलित पुजि प्रयोग गरेर विभिन्न नमुना योग्य काम गरेर महीलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन उहाले संस्थालाई सुझाव दिनु भयो । साधारण सभामा सहकारी संस्थाकि सचिव देवा चौधरीले वार्षिक प्रगति प्रतिवेदन, ब्यवस्थापक प्रभा गौतम र कोषाध्यक्ष मिना पोख्रेल १५ लाख ७७ हजार ५ सय १० रुपैयाँ वराबरको आयब्यय प्रतिवेदन तथा लेखा समिति संयोजक हेमन्ता योगिले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

ब्यवस्थापक गौतमका अनुसार सहकारी संस्थामा ८० लाख ३१ हजार ९९ रुपैयाँ निक्षेप, शेयर पुजि १९ लाख ६५ हजार ४ सय रुपैयाँ र लगानी रकम १ करोड २४ लाख २० हजार ५ सय २ रुपैँया रहेको छ । ७ सय ५५ शेयर सदस्य रहेको जागृति महीला वचतमा आथिर्क वर्षमा २०७३÷७४ मा १ लाख ३५ हजार ५ सय ६३ रुपैयाँ खुद नाफा भएको ब्यवस्थापक गौतमले जानकारी दिनु भयो । सो अवसरमा सहकारी संस्थामा आवद्ध ६५ वर्ष पुगेका बृद्ध महीलाहरुलाई नगदसहीत दोसल्ला ओढाएर स्वागत गरीएको थियो ।

सम्मानित हुनेहरुमा सौडियार अघराकि कृष्णा देवि उपाध्याय, कनरीयाकि यमा पौडेल, सौडियारकि खुमादेवि भण्डारी, बेसाहिकी चिजमानी चौधरी, सोही ठाउकी जानका नगरकोटि र वचाहकि गोमा चौधरी रहनु भएको छ । त्यस्तै साधारण सभा असल ऋणिकारुपमा घोराही ६ घपालिकि सावित्रा वलि, गुरुवागाँउकि सुन्तलि चौधरी, लखुवारकि राजमनि चौधरी, वचाहकी शुशिला घर्ति, जवरपुरकि कमला केसि, वेसाहीकी जयाँ योगि, डवरगाँउकि कल्पना चौधरी,सुक्रवारकि निर्मला चौधरी, कनरीयाकि सुर्यागि चौधरीलाई पुरस्कृत गरीएको थियो ।

यसैगरेर साधारण सभामा निम्न आय भएका जनप्रावि कल्याण लखुवारका कक्षा ३ का विद्यार्थि निसान चौधरी, जयशेर मावि रावतगाँउका कक्षा १० का विद्यार्थि सुवास नेपालि, मावि सौडियाका कक्षा ६ का विद्यार्थि सुष्मा चौधरी, सोही विद्यालयका कक्षा ३ का विद्यार्थि प्रतिज्ञा विकलाई शैक्षिक सामग्री सहयोग गरीएको थियो भने सुस्तमनस्थिती किशोरीहरु घोराही ७ सुक्रवारकि जुनु चौधरी र सोही ठाउकि सुनिता चौधरीलाई कपडा प्रदान गरीएको थियो । साधारण सभाको उद्घाटन कार्यक्रममा पशु कार्यालय घोराही ६ का प्रमुख श्रीधर अधिकारी, जागरण अनलाइनका सम्पादक निशानदाजु भट्टराई, नविल वचत तथा ऋण सहकारी संस्थाका अनिल चौधरी, घोराही ६ का वडा सदस्य कुन्ता सेजवाल, घोराही ७ का वडा सदस्य गोमा नेपालि लगायतकाले संस्थाको गतिविधिलाई अझै बढाउन आग्रह गर्नु भएको थियो । साधारण सभाको सहजिकरण सचिव देवा चौधरी र सामाजिक परीचालिका कमला थापाले संयुक्तरुपमा गर्नु भएको थियो ।