तुलसीपुर, असोज । तुलसिपुर उघोग वाण्ज्यि संघ अन्र्तगत किराना व्यावसायी उपसमितिले चार्डपर्वलाई लक्षित गदै किराना समानहरुको फुटकरमा विक्रि गर्दा दुई प्रतिशतले छुट दिने निर्णय गरेको छ ।उपसमितिको हालै तुलसीपुरमा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै वैठकले उपसमितिका संयोजक बसन्त कुमार खड्गीको संयोजकत्वमा ५ सदस्यिय सचिवालय समिति गठन गरेको छ । जसमा विष्णु भुसाल, होताराम आचार्य, कृष्ण पोख्रेल, दुर्गा प्रसाद भुसाल सदस्यमा चयन भएका छन् । संयोजक बसन्त कुमार खड्गीको अध्यक्षता एवं तुलसिपुर उघोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारि,सदस्य हेमराज गौतम, दुर्गा प्रसाद भण्डारी, सल्लाकार दुर्गा भुसाल, निरन प्रसाद भण्डारी र होताराम आचार्य लगाएतले बोलेका थिए । उपसमितिका उपसंयोजक बालकृष्ण डाँगिको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण सचिव विष्णु भुसालले गरेका थिए ।