घोराही, असोज ५ । सिसा सगुन वचत तथा ऋण सहकारी संस्था घोराही १५ ले आफ्नो वार्षिक गतिविधि सार्वजनिक गरेको छ । सहकारी संस्थाले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरेर संस्थाको वार्षिक गतिविधि सार्वजनिक गर्दै सुझाव सल्लाह संकलन गरेको थियो । सहकारी संस्थाले शनिवार घोराहीमा हुन लागेको आफ्नो सातौ वार्षिक साधारण सभाको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन गर्दै साधारण सभाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष वाल चन्द्र शर्माको अध्यक्षता एंव नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सविन प्रीयासनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा शेयर पुजि १ करोड २६ लाख २३ हजार ३ सय, कोष हिसाव २० लाख ६२ हजार ५ सय ९२, निक्षेप हिसाव ४ करोड ११ लाख ४२ हजार ६ सय ३८ रुपैया, ऋण हिसाव २ करोड २४ लाख २९ हजार ४ सय ७७, भुक्तानि दिनुपर्ने ३ लाख १ सय ९३ र अन्य दायित्व ६ लाख ६७ हजार २ सय ६५ र चालु आर्थिक वर्षमा हालसम्मको नाफा १२ लाख ९४ हजार ६ सय १ रुपैयाँ गरेर जम्मा ८ करोड १५ लाख ९१ लाख ४ सय ४६ पुजि र दायित्व संस्थामा रहेको जानकारी दिइएको थियो ।

उक्त सहकारी संस्थामा ४ सय ७७ जना शेयर सदस्य रहेका छन् । सहकारी संस्थाले विभिन्न स्वरोजगारमुलक कार्यक्रमपनि सञ्चालन गरीरहेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । सहकारी संस्थाका अध्यक्ष वालचन्द्र शर्माले सहकारी क्षेत्रमा केही नमुना योग्य काम गर्ने सोच रहेको भन्दै संस्थाले अहिले नयाँमा पेन्सन वचत, उपदान वचत, संचय कोष वचत, दोब्बर वाल वचत र सगुन विशेष वचत पनि सुरु गरेको बताउनु भयो । संस्थाका प्रेस सल्लाहकार हेमराज शर्माको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गर्नु भएको थियो । सो अवसरमा पत्रकार शरद अधिकारी लगायतकाले सहकारी संस्थालाई सल्लाह, सुझाव दिनु भएको थियो ।