दाङ, १ असोज । मानसिक सन्तुलन गुमार्एका व्यक्तीहरुको आवास निर्माणकालागि सोमवारदेखी घोराहीमा सुरु भएको महायज्ञको पहिलो दिनमै दान दिने क्रम सुरु भएको छ ।

सिद्धि विनायक सत्संग समिति दाङ र प्रेरणाकालागि अभियान दाङको आयोजनामा सुरु भएको महायज्ञको उद्घाटनको दिन सोमवार ५१ हजार दान रकम संकलन भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ भैसाहीका अनन्तराज घिमीरेले स्वर्गीय वुवा अर्जुन घिमीरेको स्मृतिमा ५१ ह्जार रकम दान गर्नुभएको छ । पहिलो दिनमै दान गर्ने घिमीरे परिवारलाई महायज्ञ आयोजक मूल समितिले धन्यवाद दिएको छ ।