दाङ, २८ भदौ । राप्ती क्रसर व्यवसायी संघको प्रथम साधारण सभावाट निर्वाचित नयाँ कार्य समिति जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर उद्योगी मैत्रि वातावरण बनाइदिन र ब्यवसायिको सुरक्षालाई विशेष प्राथमीकता दिन आग्रह गरेका छन् । केही दिन अघि भैरहवामा सम्पन्न क्रशर ब्यवसायिहरुको साधारण सभाले मिनवहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो। अध्यक्षमा चयन भएपछि शाहीको नेतृत्वमा संघको पदाधिकारी तथा सदस्यहरुको टोलिले दाङका प्रहरी प्रमुख एसपि कृष्णहरी शर्मा पोख्रेललाई भेट गरेर जिल्लामा उद्योग मैत्रि वातावरण सिर्जना गर्न र ब्यवसायि र ब्यवसायको सुरक्षामा महत्वपुर्ण भुमिका खेलिदिन अनुरोध गरेका थिए ।

पछिल्लो समयमा दाङमा औद्योगिक क्षेत्र फस्टाउदै गएको भन्दै क्रशर ब्यवसायिहरुको टोलिले प्रहरी प्रशासनवाट ढुक्कसंग ब्यवसायीहरुले लगानि गरेर आफ्नो ब्यवसाय गर्ने वातावरण भए लगानिका ढोकाहरु अझै खुल्दै जाने बताएका थिए । भेटमा अध्यक्ष शाहीले प्रहरी र उद्योगि ब्यवसायिहरुको नङर मासुको जस्तै सम्वन्ध हुनुपर्ने भन्दै जिल्लालाई औद्योगिक क्षेत्रकारुपमा विकास गर्न प्रहरी प्रशासन र ब्यवसायिहरुले हातेमालो गर्दै जानुपर्ने विचार ब्यक्त गरे ।

भेटमा दाङका प्रहरी प्रमुख एसपि पोख्रेलले शाहीको नेतृत्वमा गठित नयाँ कार्य समितिलाई वधाई तथा शुभकामना दिदै ब्यवसायि मैत्रि वातावरण बनाउन आफ्नो तर्फवाट सहयोग गर्ने बताएका थिए । उनले सबैको सहयोगवाट जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम राख्न सहज हुने भन्दै कानुन विपरीतका कुराहरुमा आफुले सम्झौता नगर्ने बताए । उनले ब्यवसायिहरुको सुरक्षासंगै लगानि गर्ने सुरक्षित वातावरण बनाउन यहाँका प्रहरी सक्षम रहेको भन्दै ब्यावशायिक सुरक्षा र लगानि प्रवद्र्धन गर्ने वातावरण सुरक्षा दृष्टिकोणले तयार पार्न आफुले कुनै कसर वाँकि नराख्ने पनि बताए । ब्यवसायिहरुले बैधानिक कुराहरुमा आफ्नो पुर्ण सहयोग रहने र कानुन विपरीतका कुराहरुमा प्रहरीले कसैलाई नछाड्ने पनि बताए । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा शंकरनाथ योगी, उपाध्यक्ष लव अधिकारी, महासचिव अनोद देवकोटा र कोषाध्क्षमा दुर्गा जिएमलाई चयन गरिएको छ ।

जसको सदस्यहरुमा संजात धिताल, धनसिंह थापा, विदुर कार्की, सागर मरासिनी, कपिलदेव खनाल र लोकेन्द्र विसीलाई चयन गरेको थियो । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत अधिवत्ता निर्मल गौतमले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । २०७४ साल पुस ७ गतेका दिन जिल्ला प्रशासन कार्यालय कार्यालय दाङमा विधिवत दर्ता भएको संघले पहिलो अधिवेशन गरेको हो । साथै एसपि पोख्रेलले क्रशर ब्यवसायिहरुलाई आफुले भेट्नका लागि नवोलाएको र ब्यवसायिहरुले भर्खरै आफुहरुको नयाँ कार्य समिति चयन भएकाले आफुसंग भेटेर आफ्ना समस्या सुनाउने कार्यक्रम रहेको भनेपछि आफुले भेट दिएको पनि बताए ।