घोराही,२६ भदौ । यामाहाको आधिकरिक बिक्रेता श्रेष्ठ अटो मोवाइल्स प्रालिले महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी स्कुटर सिरिजको नँया सँस्करण रे जेड आर ‘स्ट्रिट ¥यालि’ स्कुटी बजारमा ल्याएको छ । श्रेष्ठ अटो मोवाइल्स प्रालिका एम.डि राजेन्द्र श्रेष्ठले यो स्कुटि वलियो, आकर्षक र युवतिहरुको धेरै रोजाइमा पर्ने दावि गर्नु भयो ।

मंगलवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी श्रेष्ठ अटो मोवाइल्स प्रालिले यामाहाको रे जेड आर ‘स्ट्रिट ¥यालि’ स्कुटी लन्च गरेको छ । १ सय १३ सिसी रहेको रे जेडआर ‘स्ट्रिट ¥यालि’ स्कुटीले विश्वभरी सबैले रुचाएको र बेजोड तरीकाले बिक्री वितरण भैरहेको ड्रिमल्यान्ड प्रा.लिका एम.डी. दीपक श्रेष्ठले बताउनु भयो ।

साथै विभिन्न रंगहरुमा उपलब्ध रहेको र आकर्षक देखिने रे जेडआरको मुल्य २ लाख ८ हजार ९ सय रहेको र तुल्सीपुर लगतै मंगलबार घोराहीमा पनि उक्त स्कुटी लन्च गरीएको थियो । रे जेड आर ‘स्ट्रिट ¥यालि’ स्कुटीको लञ्चीङ कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रशाद भुसालले ढाकी राखेको कपड़ा हटाई उक्त स्कुटीको समुद्घाटन गर्नु भएको थियो भने रे जेड आर स्कुटीको बारेमा ड्रिमल्यान्ड प्रा.लि.का सञ्चालक दीपक श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।