घोराही,२५ भदौ । घोराहीमा सुजुकीको एम.एस. अटो सञ्चालनमा आएको छ । सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरी घोराहीमा एम.एस.अटो सञ्चालनमा आएको हो ।

करिब १ करोड़ ५० लाखको लगानी रहेको उक्त अटोमा सुजुकीका छ ब्रान्डका विभिन्न मोटर साइकिल र स्कुटीहरु रहेका छन । सुजुकी विशाल ग्रुपको आधिकरिक दांगको बिक्रेता एम.एस अटोका सँचालक माधव योगीले आउँदै गरेको नेपालीहरुको महान चाड दशैं तथा तिहारका लागी प्रत्येक बाइक वा स्कुटी खरिदमा विशेष छुट रहेको बताउनु भयो ।

साथै नगद ८ हजार देखि १० हजार सम्मको छुट र स्क्र्याच कुपन तथा फाइनान्सको पनि व्यवस्था रहेको उँहाले जानकारी दिनुभयो । घोराहीको डीके पेट्रोल पम्प अगाडी रहेको सुजुकीको उक्त शोरुममा बाइक ,स्कुटीका साथै अटो पार्ट्स ,सेल्स र थ्री एस सर्भिसको पनि व्यवस्था रहेको सँचालक योगीले कार्यक्रम मार्फत बताउनु भएको हो ।