तुलसीपुर
२४ भदौ/ प्रदेश नम्बर ५ ले दाङमा आवास तथा सहरी विकासका लागि ११ करोड बजेट बिनियोजन गरेको छ । सरकारले चालुआर्थिक बर्ष २०७५:०७६ का लागि सोही बजेट अनुसार योजनाहरु छनौट गरेको छ ।

जसमा घोराही र तुलसीपुर उपमहानगरको विकास सम्भाव्यता अध्यययन गर्न ५० लाख, घोराही उपमहानगरपालिकाको चक्रपथ सम्भाव्यता अध्ययन गर्न ५०  लाख,चक्रपथ निमार्ण योजनाका लागि तीन करोड , अम्बापुर जग्गा एकीकरण आयोजना पुर्वाधार विकासका लागि ५ करोड र शव दाह स्थल तयार गर्न दुई करोड बजेट छुट्याएको छ ।