दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला

दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला 1

दाङ – दाङमा प्रहरीले अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ ।

दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला 2दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट अत्याधुनिक हतियार एसएमजी पाँच थान बरामद गरेको जिल्ला प्रहरि कार्यालय दाङका प्रहरि प्रमुख जनक भट्टराईले जानकारी दिनु भयो । प्रहरिले शनिबार बिहान पत्रकार सम्मेलन गरेर बेवारिसे अबस्थामा ठुलो सख्यामा हातहतीयार तथा गोलि गठ्ठा सार्बजनिक गरेको हो ।

SPONSORED

दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला 3

बिप्लब समुहले हातहतीयार दाङ र कपिलबस्तुको सिमाना हुदै स्थानान्तरण गर्न लागेको बिशेष गोप्य सुचनाको आधारमा ५ न. प्रदेश प्रहरि कार्यालय, जिल्ला प्रहरि कार्यालय र इलाका प्रहरि कार्यालय गढवा समेतको सयुक्त बिशेष प्रहरि टाेलि परिचालीत भइ निरन्तर निगरानी र खोजतलास गर्दै जानेक्रममा हतियार फेला पारेको एसपि भट्टराईले बताउनु भयो ।

SPONSORED

दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला 4

शुक्रबार बेलुकि ६ बजे गढवा र कपिलबस्तु शिबनगर नगरपालीकाको सिमानामा रहेका ३/४ वटा बेवारिसे खाली गोठमध्ये शिबनगर नगरपालीका वडा न. १ तर्फको खाली गोठमा स्थानान्तरण गर्नको लागि सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा एस. एम. जि. राईफल ५ थान, उक्त राईफलको म्याग्नीन १३ थान र सोहि उक्त राईफलमा प्रयोग हुने गोलि ३९० राउण्ड फेला परेको जिल्ला प्रहरि कार्यालय दाङका प्रबक्ता बिनोद बिक्रम शाहद्वारा हस्ताक्षर गरिएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तिमा उल्लेख गरिएको छ । फेला परेको हतीतियार र गोलि गठ्ठा के- कुन प्रयोजनको लागि कहा नाग लागिएको थियो भन्ने थप अनुसन्धान भइरहेको एसपि भट्टराईले बताउनु भयो ।

SPONSORED

दाङ प्रहरिलाइ ठुलो सफलता, सुटकेसभित्र राखी पात पतीङ्गर र झारपातले छोपि लुकाइ राखेको अबस्थामा फेला 5

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरु हतियारसहित रहेको गोप्य सूचनाको आधारमा प्रहरी चेक गर्न पुग्दा उनीहरु हतियार छाडेर भागेको दाबी गरिएको छ ।