राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ थरी विशेषज्ञ सेवाहरु (हेर्नुहोस के-के पाइन्छन् सेवा)

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ थरी विशेषज्ञ सेवाहरु (हेर्नुहोस के-के पाइन्छन् सेवा) 1

घोराही, २४  कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एकपछि अर्को गर्दै मेडिकल अफीसर सहीत नयाँ विशेषज्ञ डाक्टरहरु थपिदै गएका छन् । प्रतिष्ठानको सेवा सुधार हुँदै गएपनि केही नभएको प्रचार गरेर निजि क्लिनिकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सञ्चारमाध्ययमा समाचारहरु आइरहेको र यसले सही सुचना जनताले नपाएर भ्रम सिर्जना गर्न खोजिएको प्रतिष्ठानको दावि छ । प्रतिष्ठानको सेवा भए नभएको विषयमा आफै आएर चेकजाँच गर्न पनि सर्वसाधारणलाई प्रतिष्ठानले आग्रह गरेको छ । सर्वसाधारणलाई निजि क्लिनिकमा महङ्गो पैसा तिर्न वाध्य बनाउन नहुने भन्दै नभएका सेवा थप्न सञ्चारमाध्यमले सहयोग गर्नुको साटो भएका सेवा पनि नभएको भनेर सञ्चारमाध्यमले जनतामा गलत सुचना दिन नहुने प्रतिष्ठानकोतर्फवाट आग्रह गरीएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत झंकार लामीछानेले झन्डै एक दर्जन विशेषज्ञ सेवा सर्वसाधारणले पाइरहेको बताए । विषेशज्ञ डाक्टर नभएको भनेर गलत प्रचार गरीएको उनले बताए । प्रतिष्ठान गठन भए पश्चात सेवा प्रबाह थप सुधार हुँदै गएपनि यस वारेमा राजनितिक दलहरुको एकमत नहुदा थप सेवा विस्तार गर्न बजेट अभाव भएको छ । आइसियुका लागि बजेट आएमा थप सेवा विस्तार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

SPONSORED

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ थरी विशेषज्ञ सेवाहरु (हेर्नुहोस के-के पाइन्छन् सेवा) 2

प्रतिष्ठानका शाखा अधिकृत लामिछानेले सर्जरी, छाला रोग, हाडजोर्नी, नाककान घाटि, मानसिक रोग, बायोकेमिष्ट्री, प्रसुति रोग लगायतका विभागहरुमा जनशक्ति अहिले जनशक्ति रहेको र सर्वसाधारणले यो सेवा पाइरहेको जानकारी दिए । उनले प्रतिष्ठानमा अनुभवि,राम्रा९राम्रा डाक्टरहरु रहेको र उपकरण र ल्यावहरुहरु पनि अत्याधुनिहरु रहेको बताए । उनले अहिले साना तथा ठुला अप्रेसनहरु भइरहेको पनि जानकारी दिए । उनले अतिरीक्त सेवा दिन थालेपछि सर्वसाधारणलाई थप सहजता भएको छ । प्रतिष्ठानका डाक्टरहरु अस्पताल परीसरमै जतिवेला पनि भेटिन्छन् । शाखा अधिकृत लामीछानेले सर्जरीमा डा.इश्वरी भुसाल, हाडजोर्निमा निर्देशक डा सागर पन्थि, डा. रिसिश्वर श्रेष्ठ, डा. लक्ष्मण सिग्देल, प्रसुति रोग विशेषज्ञमा डिन डा. बसन्त लामिछाने, डा. श्रीषिमा पोख्रेल, नाक,कान घाटि विशेषज्ञमा डा. विक्रम बुढाथोकि, मानसिक रोग विशेषषज्ञमा डा. सुनयना यादव, छाला तथा यौन रोग विशेषज्ञमा डा.जेम्स मर्हजन, जनरल प्रयाक्टीसनरमा डा. अमित लाम्गादे रहेको जानकारी दिए । डा. अमितले मेडिसिन, फीजीसियन, वालवालिकाको उपचारका लागि आउने विरामिको स्वास्थ्य जाच गर्दै आएका छन् । प्रतिष्ठानले फीजिसियन, वाल रोग विशेषज्ञमा डाक्टरहरु थप गर्ने तयारी पनि गरेको छ ।

SPONSORED

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ थरी विशेषज्ञ सेवाहरु (हेर्नुहोस के-के पाइन्छन् सेवा) 3

लामीछानेका अनुसार बायोकेमिष्ट्रीमा विनित शर्मा, पोषण तथा आहार विज्ञमा मदन पाण्डे, दन्त रोग विशेषज्ञमा डा. एन्जिलीका कार्कि, भिडियो एक्सरेमा डा. वोम विसि रहेका छन् । नाक कान घाटिमा आफै पनि प्रतिष्ठानकि भिसि प्राडा संगिता भण्डारीले पनि विरामि हेर्दै आएकि छिन् । प्रतिष्ठानले स्थापना दिसको अवसरमा अत्याधुनिक ल्याव र दन्त् रोगको वारेमा सेवा दिन सुरु गरेको हो । त्यस्तै प्रसुतिका लागि आउने महीलाहरुलाई प्रतिष्ठानले सुत्केरी भत्ता समेत दिदै आएको छ ।

SPONSORED

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ११ थरी विशेषज्ञ सेवाहरु (हेर्नुहोस के-के पाइन्छन् सेवा) 4

साउन महिनामा ओपिडिमा ७ हजार २ सय ५३ विरामी अस्पताल पुगेका थिए भने भदौमा ३ हजार ८ सय ६४ र असोजमा २ हजार १ सय ६० जनाले सेवा लिएका छन् ।

त्यसैगरी साउनमा ५ सय १३, भदौमा २ सय १० र असोजमा ९९ जनालाई भर्ना गरेर उपचार गराईएको प्रतिष्ठानले जनाएको छ । साथै साउनमा २ सय २० जना अस्पतालमा पुगेर सुत्केरी भएका छन भने भदौमा ७२ र असोजमा ४६ जना सुत्केरी भएका छन् ।

यसैबिच साउनमा २ सय ८४, भदौमा १ सय ३३ र असोजमा ९८ जनाको बिभिन्न अप्रेशन भएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए । अहिले प्रतिष्ठानमा पोष्टमार्टमसमेत हुदै आएको छ ।