नेकपालाई घोराही १६ मा उम्मेद्वार छान्न सकस, ओलि र नेपाल पक्षको आ–आफ्नै लविङ

नेकपालाई घोराही १६ मा उम्मेद्वार छान्न सकस, ओलि र नेपाल पक्षको आ–आफ्नै लविङ 1

 उम्मेद्वार चयनमा कतिपय पुर्व माओवादिहरु पनि ओलि पक्षमा देखीए

घोराही, कार्तिक २३ । नेकपाले घोराही १६ मा हुने वडा अध्यक्षको निर्वाचनमा पार्टिवाट उम्मेद्वार अझै टुंगो लगाउन सकेको छैन् । नेकपा दाङको जिल्ला कमिटिको बैठक पटक–पटक बैठक बसेर उम्मेद्वार टुंगो लगाउने प्रयास गरेपनि जिल्ला कमिटिभित्रै उम्मेद्वार चयनमा विवाद उत्पन्न भएपछि त्यसको टुंगो लाग्न नसकेको हो । जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरु नै उम्मेद्वारको पक्ष विपक्षमा उभिएका छन् । जिल्ला कमिटिको बैठकले टुंगो लगाउन नसकेपछि पार्टिले बैठकसमेत स्थगित गर्यो ।

तर, फेरी उम्मेद्वार मनोनयनको मिति नजिकिदै गर्दा उम्मेद्वार चयनमा नेताहरु जुटेका छन् । अनौपचारीक छलफलमा सहभागि हुन थालेका छन् । नेकपा घोराही १६ ले वडावाट ७ जनाको नाम उम्मेद्वारकोरुपमा सिफारीस गरेको थियो । जिल्ला कमिटिभित्रै विरामि भई निधन भएका तत्कालिन घोराही १६ का वडा अध्यक्ष स्व.लछिन बुढाकि श्रीमति लालमति बुढा वा पुराना नेता गजेन्द्र खड्कालाई दिने भन्ने विषयमा मत वाझीएपछि उम्मेद्वार चयनको काम थप पेचिलो बनेको छ ।

SPONSORED

नेकपालाई घोराही १६ मा उम्मेद्वार छान्न सकस, ओलि र नेपाल पक्षको आ–आफ्नै लविङ 2

जिल्ला कमिटिभित्रै योगदान हेरेर जित्ने उम्मेद्वार हेरेर अघि सानुपर्ने धेरैजसो नेताहरुको सुझाव छ । पार्टिभित्र केही नेताहरु भने कुनै विवाद नगरेर लछिनकि श्रीमति लालमतिलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने पक्षमा देखीएका छन् भने अर्का थरी नेताहरु पुराना, योगदान गरेका नेताकोरुपमा स्थापित गजेन्द्रलाई वडा अध्यक्षको टिकट दिनुपर्ने चर्को लविङमा छन् । उम्मेद्वार चयन गर्न बसेको हालै बसेको जिल्ला कमिटि बैठकमा पनि वहुमत सदस्यहरु गजेन्द्रको पक्षमा उभिएपनि निर्णय हुन सकेन् । कतिपय पार्टिका नेताहरुले नै आफै उम्मेद्वार वोकेर हिडेका कारण उम्मेद्वार छान्न सकस भएको हो । जिल्ला कमिटिमा विवाद भएपछि अव यो उम्मेद्वार चयनको विषय पदाधिकारी बसेर टुङ्ग्याउने नेकपा दाङको तयारी छ । उम्मेद्वार चयनमा नेकपाभित्र पुर्व माओवादिका केही नेताहरु र केपि ओलि पक्षका नेताहरु लालमतिलाई टिकट दिनुपर्ने पक्षमा छन् भने माधव नेपाल पक्षका र केही पुराना नेताहरुसहीत पुर्व माओवादि नेताहरु गजेन्द्रलाइृ वडा अध्यक्षको टिकट दिनुपर्ने बताउदै आएका छन् ।

SPONSORED

नेकपालाई घोराही १६ मा उम्मेद्वार छान्न सकस, ओलि र नेपाल पक्षको आ–आफ्नै लविङ 3

SPONSORED

नेकपालाई घोराही १६ मा उम्मेद्वार छान्न सकस, ओलि र नेपाल पक्षको आ–आफ्नै लविङ 4