कांग्रेस पुर्ब सभापती गेहेन्द्र गिरिले भने- कांग्रेसले सिनियर उम्मेद्वार दिएको छ, यसपाली चुनाब जितेपछि आगामी अवसर सबैलाई आउछ!

कांग्रेस पुर्ब सभापती गेहेन्द्र गिरिले भने- कांग्रेसले सिनियर उम्मेद्वार दिएको छ,  यसपाली चुनाब जितेपछि आगामी अवसर सबैलाई आउछ! 1

घोराही, कार्तिक २२। नेपालि कांग्रेस दाङका पुर्ब सभापती गेहेन्द्र गिरिले दाङ ३ ख र घोराही १६ मा कांग्रेसले सक्षम उम्मेद्वार दिएको बताएका छन  ।

पार्टीले सबैलाई मान्य हुने सिनियर नेतालाइ उम्मेद्वार बनाएर पार्टीमा योगदान पुर्याउनेलाई सम्झिने बाताबरण बन्दै गएको भन्दै पुर्ब सासद गिरिले पार्टीले उठाएको उम्मेद्वारलाई जिताउन कांग्रेस नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन । कम्युनिष्ट सरकारले जनतालाइ राहत भन्दा आहत बढि दिएकाले यो उपचुनाबलाइ जनताले भरपुर उपयोग गर्नु पर्ने बताए ।

SPONSORED

कांग्रेस पुर्ब सभापती गेहेन्द्र गिरिले भने- कांग्रेसले सिनियर उम्मेद्वार दिएको छ,  यसपाली चुनाब जितेपछि आगामी अवसर सबैलाई आउछ! 2

कांग्रेसमा बलियो एकता रहेको भन्दै राजनितीमा लामो समय योगदान दिएको, सक्षम, बलियो, इमान्दार, नैतिकवान र जन पक्षिय नेतालाइ कांग्रेसले उम्मेद्वार दिएकाले कांग्रेसवाट उम्मेद्वार भएका केशब आचार्यले भारीमतले चुनाब जित्ने दाबी गरे । जुनियरलाई पार्टीले टिकट नदिएर सिनियर नेतालाई टिकट दिएकै कारण कांग्रेस झन एकताबद्ध भएको बताए । कांग्रेस एकताबद्ध भएपछि कसैले हराउन नसक्ने भन्दै यसपालीको चुनाब कांग्रेसका लागि प्रतीष्ठाको बिषय बनेको बताए । आफू सभापती हुदा कांग्रेसबाट उम्मेद्वार बनेका केशब आचार्य उपसभापती भएको भन्दै जेलनेल खाएको योग्य उम्मेद्वार कांग्रेसले चयन गरेको बताए ।

SPONSORED

कांग्रेस पुर्ब सभापती गेहेन्द्र गिरिले भने- कांग्रेसले सिनियर उम्मेद्वार दिएको छ,  यसपाली चुनाब जितेपछि आगामी अवसर सबैलाई आउछ! 3

अहिलेको चुनाब जसरि पनि जित्नुपर्ने कांग्रेसलाई दबाब रहेको भन्दै कम्युनिष्टले राजधानी बनाउने कुरामा जनतालाइ झुटाे आस्वासन दिएको पनि बताए । सडक, पुलपुलेसाको निर्माणको अबस्था सार्है दयनिय रहेको भन्दै दाङकै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई बजेट नदिएर झनै समस्यामा पारेको बताए । स्वास्थ्यजस्तो सम्बेदनशिल क्षेत्रमा सत्तारुढ पार्टीको हातपातसहितको राजनितीले दाङको बिकासका लागि कांग्रेस नै उपयुक्त रहेको भनेर जनताले भन्ने गरेको बताए ।  जनताको जिबन मरणको सबाल रहेको प्रतिष्ठानमा आइसियुसहितको सुबिधा सम्पन्न ब्यबस्थापन गर्न बजेट दिनुपर्नेमा राजनिती गरेर बजेट नदिएर सत्तारुढ पार्टीले अलपत्र पारेको आरोप लगाए ।

SPONSORED

कांग्रेस पुर्ब सभापती गेहेन्द्र गिरिले भने- कांग्रेसले सिनियर उम्मेद्वार दिएको छ,  यसपाली चुनाब जितेपछि आगामी अवसर सबैलाई आउछ! 4

नेता गिरिले भने- काग्रेसले सक्षम उम्मेद्वार दिएको छ, यसपालीको चुनाब कांग्रेसको प्रतिष्ठाको बिषय हो, यसपाली चुनाब जितेपछि मात्रै सबैका लागि अवसर खुल्छ, सबैको चासो र चिन्ता रहेको यसपालीको निर्बाचनमा जनताले कांग्रेस नै रोज्छन, पार्टीले सिनियर नेतालाइ उम्मेद्वार बनाएकाले हाम्रो पार्टी भित्र कुनै बिबाद छैन, म सभापती हुदा उप सभापती भएको केशब आचार्य, जो पार्टी भित्र र बाहीर लोकप्रिय हुनुहुन्छ, पार्टीका सबै नेता, कार्यकर्ताहरु चुनाबमा खटिएपछि कांग्रेसले चुनाब जित्छ, ब्यक्ति गौण कुरा हो, पार्टी पहिलो कुरा हो, त्यसैले राजनितीमा समर्पित, त्यागी, इमान्दार नेता आचार्यलाई जिताएर कांग्रेसले देशभर नया शन्देश दिनुपर्छ ।