घोराहीवाट वर्षमानले भने-महरा सरको नैतिक हिन काम हो, अव छिट्टै संसद वोलाएर नयाँ सभामुख चयन गर्छौ

घोराहीवाट वर्षमानले भने-महरा सरको नैतिक हिन काम हो, अव छिट्टै संसद वोलाएर नयाँ सभामुख चयन गर्छौ 1

प्रदेश ५ को राजधानि नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन, मुख्यमन्त्रि र सभामुख हामिसंग भएकाले राजधानि आउछ भन्नेमा विश्वस्त छौ

घोराही, कार्तिक २२ । उर्जामन्त्रि वर्षमान पुन अनन्तले पुर्व सभामुख कृष्णबहादुर महराको वलात्कार प्रकरणमा आफुहरुलाई जोड््नु बेठिक भएको बताएका छन् ।

प्रेस संगठन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्रि पुनले महराकै निर्वाचन क्षेत्र घोराहीमा आएर महराको नैतिकता हिन काम गरेको बताए । उनले महरा सरको विषय अपराधी नभई नैतिकतासंग जोडिएकाले यसलाई सोहीरुपमा हेरीनुपर्ने बताए । महरा माथिको वलात्कार प्रकरणमा उहा कारागार चलान भइसकेकाले अदालतले विवेक सम्मत निर्णय गर्ने पनि अपेक्षा गरेको बताए । महरा सरको वारेमा यसप्रकारका कुरा आउनु आफु चेला भएको हिसावले धेरै दुख लागेको भन्दै अदाप्रकरणलतमा गइसकेको मुद्धाका वारेमा त्यति धेरै वोल्नु उचित नहुने पनि बताए ।

SPONSORED

घोराहीवाट वर्षमानले भने-महरा सरको नैतिक हिन काम हो, अव छिट्टै संसद वोलाएर नयाँ सभामुख चयन गर्छौ 2

महरा वलात्कार प्रकरणमा तपाई र श्रीमति मुछिएका कुराहरु आएका छन् नि भन्ने सञ्चारकर्मिको जिज्ञासामा पुनले भने- पुर्ब सभामुख कृष्णबहादुर महरा सरको बलात्कार प्रकरणमा हामिलाइ जोड्नु बेठिक हो, आफुलाइ मुछेको भन्दै पुर्ब सभामुख ओनसरि घर्तिले पनि बिज्ञप्ति जारी गरेर खण्डन पनि गरि सक्नु भयो, महरा सरको अपराधीकरण भन्दा पनि नैतिकतासग जोडिएको कुरा हो, न्यायालयले बिबेक सम्मत निर्णय गर्छ नै, अदालतमा गइ सकेको बिषयमा बोल्दा फेरि अदालतलाई दबाब दियो भन्ने शन्देश जान सक्ने भएकाले यसमा त्यती धेरै बोल्नु उचित हुदैन, महरा सर कारागार चलान भइसकेकाले यसमा अदालतले सहि निर्णय दिनेछ भन्ने बिश्वास छ, धेरैलाई महरा सरको यो बिषय लुकाउछन कि भन्ने लागेको थियो, तर, त्यो भएन र हुदैन पनि, सबैलाई कानुन बराबरि लाग्छ भन्ने शन्देश पनि गएको छ ।

SPONSORED

घोराहीवाट वर्षमानले भने-महरा सरको नैतिक हिन काम हो, अव छिट्टै संसद वोलाएर नयाँ सभामुख चयन गर्छौ 3

आफ्नै श्रीमती ओनसरि घर्तिसगै आएका उर्जा मन्त्री पुनले महरा सरको यो विषयमा नैतिकतासंग जोडिएकाले यसमा धेरै कसैलाई खेद्ने काम नगर्न पनि आग्रह गरे ।नयाँ सभामुखको चयन प्रकृया छिट्टै सुरु हुने बताए । उनले अव संसद बैठक वोलाएर नयाँ सभामुख चयन प्रकृया अघि बढाइने उनले बताए । उनले नयाँ सभामुखका लागि पार्टिका नेताहरु लागि परेको भन्दै विगतमा महरा सरको थुन छेक वहसका कारण रोकिएपनि अव यसले गति लिने पनि जानकारी दिए ।

SPONSORED

घोराहीवाट वर्षमानले भने-महरा सरको नैतिक हिन काम हो, अव छिट्टै संसद वोलाएर नयाँ सभामुख चयन गर्छौ 4

महराकै निर्बाचन क्षेत्रमा आएर घोराहीमा बर्षमान पुनले भने-बलात्कार प्रकरणमा महरामाथीको कानुनि कारबाहिले जनतामा सबैलाई कानुन बराबर लाग्छ भन्ने शन्देश स्थापीत भयो, महरा सरको नैतिकताको कुरा हो, यसमा हामीलाई मुछ्नु बेठिक हुन्छ, अब छिट्टै ससद बोलाएर नया सभामुख चयनको प्रकृया अघि बढाउछौ, पार्टिका नेताहरु लागीरहनु भएको छ, राप्ती, लुम्बिनिमा नेकपाकै ठुला नेताहरु भएकाले प्रदेश ५ को राजधानी टुङ्गो लागेन, अब उचित र बिबेक सम्मत निर्णय हुन्छ

Posted by Daju Nishan Bhattarai on Thursday, November 7, 2019

मन्त्रि पुनले प्रदेश ५ को राजधानि नेकपाकै ठुला नेताहरु कारण चयन गर्न नसकिएको बताए । उनले राप्ती, लुम्विनि र भेरीमा नेकपाकै ठुला नेताहरु भएका कारण चयन गर्न नसकिएको बताए । राप्तीमा ठुला नेताहरु भएपनि प्रदेश ५ को राजधानि दाङ तोक्न नसक्दा तपाइहरुको दम देखीएन नि भन्ने सञ्चारकर्मिको जिज्ञासामा मन्त्रि पुनले भने- राप्तीमा ठुला नेताहरु त छदै छन्, त्यो भन्दा ठुला नेताहरु लुम्विनिमा छन्, अझ त्यो भन्दा ठुला नेताहरु वामदेव गौतमसहीतका भेरीमा भएकाले राजधानि टुगो लगाउन सकिएको छैन, त्यसैले ठुला नेताहरु भएका कारण त राजधानि तोक्न सकिएन्, विज्ञ टोलि प्रदेश सरकारले बनाएको छ, प्रदेश सरकारको दुई तिहाइले राजधानि तोक्ने भएकले यो प्रदेशको आन्तरीक विषय पनि हो, हामिसंग मुख्यमन्त्रि पनि हुनुहुन्छ, अझ त्यसमा सभामुख पनि हुनुहुन्छ, विज्ञ समितिको संयोजक पनि र हाम्रै हुनुहुन्छ, राजधानि उपयुक्त र विवेक सम्मत तरीकाले निर्णय हुन्छ भन्नेमा म विश्वस्त छु ।

साथै उनले विद्युतमा नेपाल आत्मनिर्भर वन्दै गएको बताए ।उनले दाङमा पुर्ण विद्युतिकरणको कार्यक्रम पनि सुरु भइसककेो भन्दै अव लो भोल्टेजका कारण हुने समस्या पनि समाधान भइसकेको पनि बताए । मन्त्रि पुनले माडि डायभर्सनको प्रकृया पनि अघि बढिसकेको र अध्ययन प्रकृयाले गति लिन थालेको पनि सुनाए ।मन्त्रि पुनले लिपुलेक, कालापानि नेपालको भएको भन्दै भारतसंग कुटनितिक पहल गरेर समाधान गरीने र त्यसका लागि काम सुरु भइसकेको बताए ।