दाङमा १२ दल र २ स्वतन्त्र गरि १४ जनाको उम्मेदवारी

दाङमा १२ दल र २ स्वतन्त्र गरि १४ जनाको उम्मेदवारी 1

 बाजागाजा र झाँकी जुलुससहित मनोनय दर्ता

लिलाधर वली ÷ राजेश खत्री,
कार्तिक,२१ दाङ । आगामी मंसिर १४ हुने दाङ क्षेत्र नं.३ को (ख) मा प्रदेशसभा सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसलगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका छन । उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केशवकुमार शर्मा आचार्यले उम्मेदवारी दर्ता गराएका छन । उनले नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीको प्रस्तावक र क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन ।

त्यस्तै नेकपाबाट क्षेत्र नं. ३(ख) प्रदेशसभा सदस्यमा विमला कुमारी खत्री (वली)ले उम्मेदवारी दर्ता गराएकी छिन । उनले नेकपाका पुराना नेता शोभाराम बस्नेतको प्रस्तावक तथा मेघनाथ शाह समर्थकमा वलीले उम्मेदवारी दर्ता गराएकी छिन ।

SPONSORED

दाङमा १२ दल र २ स्वतन्त्र गरि १४ जनाको उम्मेदवारी 3

त्यसैगरी राप्रपाको तर्फवाट भुपाल रावत, साझा पार्टीबाट शिबकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फवाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीवाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीवाट झरेन्द्रबहादुर खत्री, नेपाली कांग्रेस (वीपी)बाट दीपककुमार धितालले उम्मेदवारी दर्ता गराएका छन ।

SPONSORED

दाङमा १२ दल र २ स्वतन्त्र गरि १४ जनाको उम्मेदवारी 4

त्यस्तै प्रदेशसभा सदस्यका लागि दुई जनाले स्वतन्त्र उम्मेदवारी गराएका छन । प्रदेशसभा सदस्यका लागि गोबिन्द विसी र टिकाराम आचार्यले उम्मेदवारी दर्ता गराएको मुख्यनिर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन । निर्वाचन तालिमका अनुसार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन ।

SPONSORED

दाङमा १२ दल र २ स्वतन्त्र गरि १४ जनाको उम्मेदवारी 5

पश्चिम दाङको विकासका लागि मेरो उम्मेदवारी ः आचार्य
आगामी मंसिर १४ गते हुने क्षेत्र नं. ३ (२) प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका उम्मेदवार केशवकुमार आचार्यले पश्चिम दाङको विकासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराईसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आचार्यले त्यस्तो बताएका हुन । ‘पश्चिम दाङमा विकासको जग काँग्रेसले बसालेको थियो, त्यो पुरा हुन सकेको छैन’,नेता आचार्यले भने,‘त्यो पुरा गर्ने अहिले अवसर आएको छ,त्यसैले मैले उम्मेदवारी दिएको छु ।’

 

आफु संसदमा निर्वाचन भए दाङको विकासका लागि काँग्रेस नेता तथा पूर्व मन्त्री दीपक गिरीले सुरु गरेको वृहत दाङ सिंचाई आयोजनालाई सफल बनाउन तथा दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि समेत पहल गर्ने आचार्यले दाबी गरे । त्यस्तै उनले कम्युनिष्ट सरकारको अन्याय अत्याचारसँगै महिला, दलित, जनजातिसँगै पछडिएको जातिहरुको मुक्तिका लागि पहल गर्ने बताएका थिए । आफु कुनै लाभ र पदका लागि प्रलोभनमा नपर्ने भन्दै पश्चिम दाङको समग्र विकासका लागि पहल गर्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस मनोनय दर्तागर्न दलवलसहित पुगेको थियो । त्यस अवसरमा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसदहरु सहित पुगेका थिए ।

श्रीमानका अधुरा विकास गर्न मेरो उम्मेदवारी ः वली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार बिमलाकुमारी खत्री (वली)ले पश्चिम दाङको विकासका लागि आफ्ना श्रीमान स्वर्गीय उत्तरकुमार वलीले थालेका अधुरा कामलाई पुरा गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएकी छिन । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार वलीले श्रीमानले देखेको विकासको सपनालाई पुरा गर्नका लागि आफुले उम्मेदवारी दिएको बताइन ।

‘मैले निर्वाचनमा जितेपछि पश्चिम दाङको विकासका लागि श्रीमानले थालेका अधुरा कामलाई पुरा गर्नमा ध्यान दिनेछ’, वलीले भनिन्–‘त्यसका लागि जनताले बिजयी गराउनुहुनेछ भन्ने विश्वस्वत छु ।’

उम्मेदवारी दर्ता गर्न वली ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी प्रदेश संयोजक ओनसरी घर्र्ती, राष्ट्रियसभा सदस्य कोमल वलीलगायतका नेताहरुसँग उम्मेदवारी दर्ता गर्न मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेकी छिन । उनी स्वर्गीय सांसद उत्तरकुमार वलीकी पत्नि हुन । सांसद वलीको सडक दुर्घटनामा निधन भएको थियो ।