नेकपाले दाङमा राजधानी ल्याउछौ भनेर भोट मागे, तर, राजधानी आएन्–धवल समशेर राणा

नेकपाले दाङमा राजधानी ल्याउछौ भनेर भोट मागे, तर, राजधानी आएन्–धवल समशेर राणा 1

दाङ भन्दा पूर्व राजधानी भए स्वीकार्न सकिदैन, बुटवल राजधानी भए ठुलो आन्दोलन हुन्छ – धवल समशेर राणा

दाङ,कात्तिक २० । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणाले दाङ भन्दा पूर्व राजधानी भए कुनैपनि हालतमा स्वीकार्न नसकिने बताएका छन् । दाङको तुलसीपुरमा बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै राप्रपाका नेता समेत रहेका मेयर राणाले नेपालगञ्ज वा दाङ मध्य एक ठाउँलाई प्रदेश राजधानी बनाउनु पर्ने माग गरे ।

 

SPONSORED

नेकपाले दाङमा राजधानी ल्याउछौ भनेर भोट मागे, तर, राजधानी आएन्–धवल समशेर राणा 2

बुटवल अपाई पर्ने हुँदा पुरानो मध्यपश्चिमका जनतालाई स्वीकार्य नहुने बरु त्यो भन्दा सुर्खेत जान सहमत हुने धारणा व्यक्त गरे । मेयर राणाले यसअघि पनि बुटवल राजधानी बनाइए बाँके र बर्दिया ५ नम्वर प्रदेशवाट अलग हुने चेतावनी दिदै आएका छन् ।

SPONSORED

नेकपाले दाङमा राजधानी ल्याउछौ भनेर भोट मागे, तर, राजधानी आएन्–धवल समशेर राणा 3

 

SPONSORED

नेकपाले दाङमा राजधानी ल्याउछौ भनेर भोट मागे, तर, राजधानी आएन्–धवल समशेर राणा 4

दाङसम्म राजधानी भएमा बाँके बर्दियाका जनतलाई चित्त बुझाउन सजिलो हुने तर्क गरेका उनले दाङ भन्दा पूर्व राजधानी अर्थात अझैं टाढा बुटवल लगियो भने त्यो सहन नसक्ने स्थितिहुने तर्क गरे । बुटवला भन्दा बर्दिया, बाँके र दाङका सबै सम्वन्धहरु कर्णाली प्रदेशसंग गाँसिएको उनले उल्लेख गरे । ‘बरु हामीलाई कर्णाली प्रदेशमा गाभिन सजिलो हुन्छ,तर,बुटवल त कुनैपनि हालतमा स्वीकायर्न हुनै सक्दैन,’ राणाले भने ।

 

बुटवल राजधानी भए बाँके र बर्दियाले ठूलो आन्दोलन गर्ने चेतावनी दिएका मेयर राणाले त्यसमा दाङले पनि सहयोग गर्नुपर्ने बताए । बरु सुर्खेतलाई स्वीकार गर्न सजिलो हुने तर बुटवल जान बडा नसकिने उनको जिकिर गरे । ‘यो कुरालाई गाँठो बानेर राख्नुहोस,’ मेयर राणाले भने ‘ हामी त्यो निर्णयको प्रतिक्षामा छौं । केही गरेर बुटवलमा राजधानी भयो भने बाँके र बर्दियाले ठूलो आन्दोलन गर्ने छन्।’

नेकपाले दाङलाई राजधानी बनाउँछौं भन्दै भोट मागेको भएपनि आजसम्म त्यो काम नगरेको भन्दै उनले रोष प्रकट गरे ।