ब्यवसायि रोम वलिले वावु आमाको सम्मानमा परीवार नियोजन संघमा बनाइदिए प्रेक्षालय

ब्यवसायि रोम वलिले वावु आमाको सम्मानमा परीवार नियोजन संघमा बनाइदिए प्रेक्षालय 1

 शिशु वालवालिका लिएर सेवा लिन आउने महीलाका लागि वस्नका निमित्त अव सहज हुन्छ -ब्यवसायि वली

घोराही, कार्तिक २० । सफल ब्यवसायि, समाजसेवि तथा दाङ इटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले आफ्नो आमाबुवाको सम्मानमा परिवार नियोजन दाङशाखाको प्राङ्गणमा प्रेक्षालय निर्माण गरेका छन् । करिव साढे तीन लाखको लागतमा उनले शाखाको सेवा कक्षा अगाडी पक्की प्रेक्षालय बनाउनुभएको छ ।

ब्यवसायि रोम वलिले वावु आमाको सम्मानमा परीवार नियोजन संघमा बनाइदिए प्रेक्षालय 2उहाँले केही पहिले संचार माध्यम र सामाजिक संजालमा परिवार नियोजनमा सेवा लिन आउने, खोप लगाउन आउने शिशु सहितका अभिभावकले बाहिरै घण्टौ उभिएर पालो कुर्नु परेको दृश्यले आफुलाई खिन्न बनाएको हुदाँ आफुले प्रेक्षालय निर्माणमा सहयोग गरेको बताउनुभएको छ । बुवा दलबहादुर वली र आमा गोमा वलीको नाममा उहाँले प्रेक्षालय निर्माण गर्नुभएको हो ।
ब्यवसायि रोम वलिले वावु आमाको सम्मानमा परीवार नियोजन संघमा बनाइदिए प्रेक्षालय 3यसैबीच आफुले व्यक्तिगत लगानीमा निर्माण गरेको प्रक्षालयको वलीले आज परिवार नियोजन दाङ शाखालाई हस्तान्रण गर्नुभएको छ । उहाँले परिवार नियोजन दाङ शाखाका अध्यक्ष तिर्थ सन्तोषि, केन्द्रिय सदस्य गणेशराज श्रेष्ठ, शाखाका प्रबन्धक बसन्त खनाललाई प्रेक्षालय हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक काममा सबैले हातेमालो गर्न उहाँले सबैमा अनुरोध गर्नुभयो ।

SPONSORED

ब्यवसायि रोम वलिले वावु आमाको सम्मानमा परीवार नियोजन संघमा बनाइदिए प्रेक्षालय 4

SPONSORED

ब्यवसायि रोम वलिले वावु आमाको सम्मानमा परीवार नियोजन संघमा बनाइदिए प्रेक्षालय 5