उपनिर्वाचन- दाङ क्षेत्र नं. ३ ख मा कांग्रेसबाट आचार्य उम्मेदवार

उपनिर्वाचन- दाङ क्षेत्र नं. ३ ख मा कांग्रेसबाट आचार्य उम्मेदवार 1

दाङ, २० कार्तिक । नेपाली कांग्रेसले दाङको क्षेत्र नं। ३ ९ख० मा आफ्नो तर्फबाट पुराना नेता केशबकुमार आचार्यलाई उम्मेदवार बनाउने भएकोे छ ।

बुधबार दिउँसो कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरुको बैठकले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आचार्य पार्टीमा ‘सफरर’ नेताका रुपमा परिचित छन् । दाङ क्षेत्र नं। ३ ९ख० मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका केशबकुमार आचार्य दाङ कांग्रेसका पुराना नेता हुन् । पञ्चायतकालदेखि कांग्रेसको राजनीतिमा संलग्न भएर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका आचार्यले त्यस क्रममा पटक–पटक जेलजीवन बिताएका छन् ।
हाल पार्टीको महासमिति सदस्य रहेका उनी ०५४ को स्थानीय निकायको निर्वाचनबाट तत्कालिन जिल्ला विकास समितिको सदस्य भएका थिए । प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा परेर निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा नेकपाले वलीकी पत्नी विमला वलीलाई यसअघि नै उम्मेदवार घोषित गरिसकेको छ ।

SPONSORED

उपनिर्वाचन- दाङ क्षेत्र नं. ३ ख मा कांग्रेसबाट आचार्य उम्मेदवार 2

त्यस क्षेत्रमा २४ हजार ६८ नयाँ मतदाता थपिएपछि अहिले मतदाता संख्या ६८ हजार ७ सय १९ रहेको छ । त्यस क्षेत्रमा सफरर नेता आचार्य र उत्तर वलीकी पत्नी विमला वलीबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । त्यस्तै सो क्षेत्रमा राप्रपाबाट भूपाल रावत र साझा पार्टीबाट शिवकुमार चौधरी पनि उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । काग्रेसवाट शंकर डागीको सामाजिक सञ्जालमा प्रचार भएपनि अन्तिममा आचार्यले टिकट पाएका हुन् । टिकट नपाँउदै डाँगि सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

SPONSORED

उपनिर्वाचन- दाङ क्षेत्र नं. ३ ख मा कांग्रेसबाट आचार्य उम्मेदवार 3

SPONSORED

उपनिर्वाचन- दाङ क्षेत्र नं. ३ ख मा कांग्रेसबाट आचार्य उम्मेदवार 4