महराकै क्षेत्रमा पुगेर प्रचण्डले भने, ‘महराजीले गल्ती गर्नुभएकै छ’

महराकै क्षेत्रमा पुगेर प्रचण्डले भने, ‘महराजीले गल्ती गर्नुभएकै छ’ 1

मरेको बाघसँग किन झस्किनु ? पूर्वराजा प्रति संकेत गर्दै प्रचण्डले मरेको बाघको संज्ञा दिए, लिपुलेक, कालापानिमा भारतिय हस्तक्षेप स्विकार्य नभएको प्रचण्डको स्पष्टोक्ती

महराकै क्षेत्रमा पुगेर प्रचण्डले भने, ‘महराजीले गल्ती गर्नुभएकै छ’ 2घाेराही, २० कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दाेस्राे तहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ति गरेको र त्यस विषयमा आफूलाई सही सूचना नदिएर झनै गल्ति गरेका बताएका छन् ।

‘महराजीले क्रिमिनल अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो’, दाङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठाए, तर उहाँले सही कुरा बताउनु भएन ।’

SPONSORED

महराकै क्षेत्रमा पुगेर प्रचण्डले भने, ‘महराजीले गल्ती गर्नुभएकै छ’ 3

उनले भनेका छन्, ‘त्यसपछि म आफै जाँदा पनि उहाँले सही कुरा बताउनुभएन यो उहाँको अर्को गंभिर गल्ति भयो ।’ पार्टी नेतृत्वले छानविन गर्न खोज्दा महराले साथ दिएनन् भन्ने प्रचण्डको प्रष्ट अभिव्यक्ति थियो ।

SPONSORED

महराकै क्षेत्रमा पुगेर प्रचण्डले भने, ‘महराजीले गल्ती गर्नुभएकै छ’ 4

महराको पक्षमा तपाई बोल्नु भएन भन्ने पत्रकारको जिज्ञासाको जवाफमा उनले भने, ‘अदालतले फैसला प्रक्रिया थालिसकेको विषयमा पार्टीको लिडरसीपले त्यसलाई राजनीतिकरण गर्नु उचित होइन ।’

SPONSORED

महराकै क्षेत्रमा पुगेर प्रचण्डले भने, ‘महराजीले गल्ती गर्नुभएकै छ’ 5

उनले अदालतलाई सघाउन महरालाई समेत आग्रह गरे । ‘महराजी थुनामा गैसक्नु भयो, अव उहाँलाई पनि मेरो गल्तिको सजाय पाउनुपर्छ भन्ने लागेको होला’, प्रचण्डले भने, ‘यो गर्नुभनेको राष्ट्रलाई पनि सघाउनु हो, समाजलाई सही दिशातर्फ लैजाने प्रक्रियालाई सघाउनु हो ।’

प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कुटनीतिक पहल शुरु गरिसकेको जानकारी दिए ।

‘मैले सबै बुझ्न पाएको छैन, बुझेर बोल्द राम्रो हुन्छ’, प्रचण्डले भने, ‘तर यो विषयमा सरकारले कुटनीतिक पहल गरिसकेको छ ।’ उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई यो विषयमा प्रष्ट कुरा भनेको स्मरण पनि गराए ।

प्रचण्डसंग पत्रकारहरूले बेलाबेलामा आन्दोलनको कुरा गर्नुहुन्छ किन ? भनेर सोधको थिए । जवाफमा प्रचण्डले भने, ‘परिवर्तन विरोधीहरू सलवलाउँदा, शान्तिप्रक्रिया बिरुद्ध निर्णयहरू हुँदा र जनतासंग जोडिएका सवालहरुमा उनीहरूको साथ दिदा फरक माहौल बनाउनका लागि त्यसो भनेको हुँ ।’ उनले कुनै राजनीतिक कारण र उकुस मुकुस भएर त्यस्तो नभनेको स्पष्टीकरण पनि दिए ।