जुवामाथी आक्रामक बन्दै दाङका एसपि भट्टराई

२०७६ आश्विन २४, शुक्रबार १७:४७ मा प्रकाशित

घोराही । दाङमा प्रहरिले जुवा खेलीरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उ.म.न.पा.६ बरुवा गाउस्थित बिरेन्द्रमान श्रेष्ठको घरमा तास खेलिरहेका अवस्थामा न १० गड्डी तास (७ गड्डी तास खोलेको ३ गड्डी तास नखोलेको )  ५२८३० (बाउन्न हजार आठसय तिस ) सहित पक्राउ गरी ई.प्र.का. तुलसीपुरमा ल्याईएको दाङका प्रहरि प्रमुख जनक भट्टराईले जानकारी दिनु भयो ।  पक्राउ परेकामाथि मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने एसपि भट्टराईले बताउनु भयो ।
पक्राउ पर्नेहरुमा तुलसिपुर उ.म.न.पा.६ बस्ने बर्ष ५० को नारायण के.सी.   सोहि ठाउकैै बर्ष  ४६ को ईन्द्र कुमार बुढाथोकी, बर्ष ३८ को सन्तोष के.सी., बर्ष ३८ को हेमराज अधिकारी, बर्ष ४१ को खड्क न्यौपाने, बर्ष ५५ को भिम ब.खड्का र
५ बस्ने बर्ष ५८ को चुर्ण ब.नेपाली रहेको प्रहरिले जनाएको छ ।

SPONSORED

SPONSORED