मुख्यमन्त्री शंकर पोख्रेलले भने- राम्रो कुरा मात्र लेख्नुहोस, निरासा पैदा गर्ने समाचार प्रकाशन गर्न बन्द गर्नुहोस्

२०७६ आश्विन २०, सोमबार १२:५६ मा प्रकाशित

दाङ, असोज २० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । दाङबाट सञ्चालित सञ्चारमाध्यमका सम्पादकहरुसँगको भेटका क्रममा मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘सञ्चारमाध्यमहरुले सकारात्मक समाचार प्रवाह गर्नुपर्दछ । जनतामा आशा प्रवाह गर्ने कार्यमा सञ्चार माध्यमहरुले भूमिका निर्वाह गर्नुपर्दछ ।’

तीन तहका सरकारले मुलुकको समृद्धिका लागि योजना बनाइरहेको भन्दै मुख्यमन्त्री पोख्रेलले सञ्चार माध्यममा आउने नकारात्मक समाचारले जनतामा निरासा पैदा भइरहेको बताउनुभयो । सञ्चारमाध्यमले विकासमा पैरवी गर्नुपर्ने बताउँदै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘सञ्चार माध्यमले विकासका मुद्दामा पैरवी गर्नुपर्दछ । जनतामा आशा जगाउने जिम्मेवारी सञ्चार माध्यमले वहन गर्नुपर्दछ । निरासा पैदा गर्ने समाचार प्रकाशन गर्न बन्द गर्नुहोस् ।’

SPONSORED

दाङको विकासका लागि आफू लागिपरेको भन्दै मुख्यमन्त्री पोख्रेलले माडी डाइभर्सन र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी अन्तिम चरण पुगेको बताउनुभयो । ‘माडी डाइभर्सन र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ’, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘यसका अलावा दाङमा विभिन्न योजनाहरु निर्माणको क्रममा छन् । जसले जिल्लाको विकासमा ठूलै उपलब्धी हासिल गर्नेछन् ।

SPONSORED

SPONSORED