१८ करोड बैँक हिनामिनामा अनुसन्धानका लागि पक्राउ तिन जना छुटे

२०७६ भाद्र २३, सोमबार २१:५४ मा प्रकाशित

तिन जना खातावालको फेक आइडि बनाएकाले छोड्यौ, अन्यमाथि अनुसन्धान जारी, ठूलै सञ्जालको मिलेमतो–दाङ प्रहरी

घोराही,भदौ २३ । तत्कालिन वेयष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा अनुसन्धानका लागि पक्राउ परेकामध्ये तिन जना सोमवार छुटेका छन् । बैंकका शाखा प्रमुख सहित १२ जना खातावाल प्रहरी हिरासतमा थिए । जसमा नारायणपुरका उज्वल आचार्य, बसन्त बुढाथोकि र टोपेन्द्र पोख्रेल छुटेका छन् । हिनामिनामा समातिएका नारायणपुरका व्राञ्च म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी खडा गरेर बैंकको रकम अन्य व्यक्तिको खातामा हालिदिने गरेको देखिएको छ। उनका अनुसार नक्कली ऋणी खडा गर्ने र ऋणका लागि भन्दै अन्यका खातामा रकम पठाउने गरिएको छ।

बैंकबाट हिनामिना भएको रकम धेरैजनाको खातामा जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको छ। यो प्रकरणमा प्रहरीले घोराही–१०, नारायणपुरका बसन्तबहादुर बस्नेत, अर्जुन बस्नेत, झगबहादुर बस्नेत, उज्ज्वल आचार्य, मतकुमार पौडेल, बसन्त बुढाथोकी, कोइलावास स्थायी घर भई हाल घोराहीमा बस्दै आएकी बन्धना गुप्ता, विरेन्द्रकुमार गुप्ता, सक्टुराम गुप्ता, घोराहस–१४ का विजयकुमार गुप्ता र घोराही–१०, नारायणपुरका टोपेन्द्रकुमार पोख्रेललाई नियन्त्रणमा लिएको थियो। आचार्यका वुवा नारायणपुर निवासी नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक लेखनाथ आचार्यलाई पनि वैँक हिनामिना प्रकरणमा प्रहरीले पक्राउ गर्न खोजेपनि फरार रहेको बताएको छ । आचार्यले भने–आफूले सेवा निबृत्त हुदा प्राप्त गरेको १४ लाख रकम वेष्टर्न बैंकको नारायणपुर शाखामा मुद्दति खाता खोलेर जम्मा गरे,तर अहिले त्यसरी खाता खोल्नु नै मलाई अभिशाप बन्न पुगेको छ। मुद्दती खाता खोल्दाका कागजपत्रहरुलाई आधार बनाएर त्यहा“का शाखा प्रमुख समिर बुढाथोकीले उहा“को नाममा नक्कली लोन खाता तयार गरे। अनि नक्कली खाताबाटै ३० लाख रुपैया“को कारोवार तिनै शाखा प्रमुख बुढाथोकीले नै गर्न पुगे। ’ यसैगरी नारायणपुरकै अर्का प्रतिष्ठित व्यवसायी एवं समाजसेवी भरतमणि खनालले सो बैंकमा १६ लाख मुद्दती खातामा जम्मा गर्नुभएको थियो। उहा“को नाममा पनि नक्कली लोन खाता तयार गरियो र ४५ लाख रुपैया“ लोन लिएको देखिने गरी रकम निकालियो। ‘न जग्गा धितो छ न जमानी छ, न रोक्का छ। अनाहकमा बैंकका कारण पीडित बन्नु परेको छ’– खनालका छोरा काशी खनालले युगबोधलाई बताउनुभयो। यी त उदाहरण मात्रै हुन्। नारायणपुर क्षेत्रमा बसोबास गर्ने दर्जनौं व्यक्तिहरु अहिले बैंकका शाखा प्रमुखसहित केही व्यक्तिहरुको बदमासी र किर्ते जालसाजीका कारण बिलखबन्द एवं किंकर्तव्यविमूढ अवस्थामा छन्। वेष्टर्न डेभलपमेन्ट बैंक देवः विकास बैंकमा गाभिनुअघि यो घटना भएको हो।

SPONSORED

अनुसन्धानका लागि भन्दै प्रहरीले केही दिन अघि पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये तिन जना छुटेको र आवश्यक परे अनुसन्धानका लागि फेरी पनि वोलाउन सकिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेकामध्ये तिन जना छुटेकाले वाँकि अन्यमाथि अहिले अनुसन्धान चलिरहेको जिप्रका दाङका निर्मल क्षेत्रीले बताए । फेक आइडि बनाएर व्राञ्च म्यानेजरले तिन जनाको हकमा आफै पैसा हिना मिना गर्ने काम गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएकाले कागज गरेर छाडिएको र कुनै संलग्नता देखीए फेरी पनि अनुसन्धान गर्न सकिने प्रहरीले जानकारी दिएको छ । दाङ प्रहरीले वैँक हिनामिनामा बैंकका उच्च तहका कर्मचारी सहित ५० बढी खातावाल व्यक्ति अनुसन्धानमा तानिने बताउदै आएको छ ।
गएको असार अन्त्यमा देवः विकास बैंकमा मर्ज भएको वेयष्टर्न डेभलपमेन्ट बैंकका म्यानेजर समिर बुढाथोकीको नेतृत्वमा १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना भएको देखिएको छ ।

SPONSORED

उक्त रकम हिनामिना बैंकका शाखा प्रमुख समीर बुढाथोकीले मात्रै गर्न नसक्ने भन्दै तत्कालिन वेयष्टर्न बैंकका प्रमुख कार्यकारी अधिकृत, लोन फाँटका प्रमुख र लेखा प्रमुख सहितको समिति र अन्य खातावाल ५४ जना व्यक्तिहरुको मिलेमतो देखिएको प्रहरी स्रोतले बताएको छ ।

SPONSORED

बैंकिङ कसुर मुद्धामा ६० दिन सम्म अनुसन्धान गर्ने अधिकार प्रहरीलाई रहेको भन्दै अनुसन्धान जारी रहेकाले त्यसमा दोषि देखिने सबै तानिने प्रहरीको भनाई छ । अहिले जसमा अहिले तिन जना छुटि

नारायणपुर शाखालाई २ लाख सम्मको मात्रै लोनमा ऋण दिन सक्ने अधिकार भएको र त्यस भन्दा माथीको रकमका लागि तत्कालिन केन्द्रिय कार्यालय घोराहीलाई अधिकार थियो ।

तर १८ करोड रकम हिनाबिना हुदाँ समेत केन्द्रीय कार्यालय घोराहीले थाहा नपाउनु, २ लाख भन्दा बढि रकम लोनमा ऋण दिदाँ केन्द्रले सोधखोज नगर्नु, लोन दिने उच्चस्तरको समितीले चासो नराख्नु, बैङ्कको आन्तरिक र बाह्य लेखा परिक्षकले थाहा नपाउनुले रकम हिनाबिनामा ब्यापक मिलोमतो भएको बिज्ञहरुले बताएका छन् ।

यसैविच खातावाल सेवाग्राहीले दुख गरेर कमाएको पैसा बैंकमा राख्दा अहिले अनाहकमा दुख पाईरहेको भन्दै गुनासो गरेका छन् ।